2026 August 22/ 03:30: 15am

यसरी छानिन्छन् प्रतिनिधि र पर्यवेक्षक, यस्तो छ अधिबेशनको तयारी

लक्ष्मण तिमल्सिना
बनेपा

    नेकपा एमाले काभ्रे जिल्लाको दशांै जिल्ला अधिबेशन आगामी पौष २३ गते शुक्रबार सदरमुकाम धुलिखेलको रंगशाला खेलमैदानमा हुने भएको छ । उद्घाटन सकिए लगत्तै शुरु हुने बन्द सत्र पौष २४ गते समापन हुनेछ । बन्द सत्र धुलिखेल नगरपालिकाको सभा हलमा हुनेछ । अधिबेशन सम्पन्न गर्न मुल ब्यवस्थापन कमिटी अध्यक्ष अशोक ब्याञ्जुको अध्यक्षतामा गठन गर्दै आठ वटा उप–समिति गठन गरिएको छ । 
    पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने जिल्ला अधिबेशनमा १३ वटा पालिकाको १ सय ३५ वडा कमिटी र जनबर्गिय संगठनबाट प्रतिनिधिहरुको सहभागिता रहनेछ । प्रतिनिधि चयन सबै क्षेत्रमा पौष १० गते शनिबार एकै पटक हुनेछ । पुष ३ गते शनिबार बसेको जिल्ला कमिटीको बैठकले अधिबेशन भब्य र सभ्य रुपमा सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरी तयारी शुरु गरेको अध्यक्ष अशोक ब्याञ्जुले जानकारी दिनुभयो । तयारी स्वरुप गठन गरेका समितिका बैठकहरु धमाधम बसिरहेका छन् । मंगलबार उप सचिव इन्द्र तामाङको संयोजकत्वमा बसेको बैठकले प्रचार प्रसारको योजना सहितको जिम्मेवारी बाँडफाँड गरेको छ । जिल्ला कमिटीको बैठकमा पार्टी पोलिटब्युरो सदस्य गोकुल बास्कोटाको प्रमुख आतिथ्यता रहेको थियो भने केन्द्रीय सदस्यहरु रेशम लामा, नविना लामा, रुकमणी गुरुङ्ग, प्रदेश कमिटी उपाध्यक्ष रामहरी सुवेदी, सदस्यहरु, सल्लाहकार उद्धव केसी लगायतको सहभागिता रहेको थियो । बैठकमा पार्र्टीको राजनैतिक र सांगठनिक जीवनमा महत्व राख्ने विषयमा छलफल गरि निर्णय गरेको अध्यक्ष ब्याञ्जुले जानकारी दिनु भयो । 
    जिल्ला कमिटीको बैठकले पार्टी केन्द्रीय कमिटी र प्रदेश कमिटीमा निर्वाचित तथा मनोनित नेताहरुलाई बधाई तथा शुभकामना दिएको छ । बैठकले जिल्ला अधिवेशन मुल ब्यवस्थापन कमिटी तथा विभिन्न उपसमितिहरु गठन गरेको छ । अधिबेशन मुल ब्यवस्थापन कमिटीको संयोजकमा अध्यक्ष अशोक ब्याञ्जु रहनु भएको छ । कमिटीमा पार्टी जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरु रहेका छन् । त्यस्तै राजनीतिक तथा आर्थिक प्रतिवेदन लेखन उपसमितिमा संयोजक अध्यक्ष अशोक ब्याञ्जु रहनु भएको छ भने सदस्यहरु नारायण पाण्डे, ईन्द्र तामाङ, राजन भुर्तेल, रिता ढकाल, कुमार तिमल्सिना रहनु भएको छ । प्रतिनिधि ब्यवस्थापन उपसमितिमा संयोजक नारायण पाण्डे, सदस्यहरु हरिशरण दाहाल, हरि खतिवडा, पवित्रा भुर्तेल, प्रकाश रोक्का, सुन्दर खड्का, राजकुमार सापकोटा, हरिकुमार मैनाली, नवराज भुर्तेल, मान ब.गोले, निरोज पाण्डे, हरिशचन्द्र घिमिरे रहनु भएको छ । 
    त्यस्तै प्रचार प्रसार उपसमितिमा संयोजक ईन्द्रबहादुर तामाङ, सदस्यहरु राजकुमार श्रेष्ठ, मोतिराम तिमल्सिना, राजकुमार पराजुली, नवराज बजगाई, भुवन रायमाझी, हिरामान लामा, बिनोद न्यौपाने, केशवराज पौडेल, होमप्रसाद चौलागाई, रामसुन्दर आचार्य रहनु भएको छ । आर्थिक ब्यवस्थापन उपसमितिमा संयोजक अशोक ब्याञ्जु, सदस्यहरु श्याम पाण्डे, अमित लामा, प्रेम लामा, जेनिश लामा, रत्नकुश रञ्जित, उपेन्द्र घिसिङ, प्रल्हाद चौलागाई, नारायण बडाल, सरोज थापा, रामचन्द्र थापा, रबिन्द्र बैदार, दिलिप शर्मा, राधाकृष्ण बस्ताकोटी रहनु भएको छ । जनपरिचालन उपसमितिमा संयोजक कन्चन अधिकारी, सदस्यहरु सबै पालिका कमिटीका पदाधिकारी तथा सदस्यहरु, सबै पालिकाका पार्टीबाट निर्वाचित जनप्रतिनिधीहरु, काभ्रे काठमाडौं सम्पर्क मञ्च, जिल्लाका सबै जनसंगठनका जिल्ला कमिटिहरु, सबै पार्टी वडा कमिटीका पदाधिकारीहरु रहनु भएको छ । त्यस्तै स्वयंसेवक परिचालन उपसमितिमा संयोजक राकेश लामा, सदस्यहरु जेनिश लामा, विक्रम चौलागाई, सागर रायमाझी, श्याम चौलागाई, शालिकराम पराजुली, नवराज ढकाल, उपेन्द्र शर्मा, गोविन्द उप्रेती, निमा ब्लोन लामा, सविन ताम्राकार, सौगात बस्नेत, रत्न श्रेष्ठ, नवराज मानन्धर, रमेश लामा, प्रताप लामा, माधव लामा रहनु भएको छ । खाना तथा आवास ब्यवस्थापन उपसमिति संयोजक निराजन जंगम, सदस्यहरु दयाराम महत, निरज खड्का, विष्णु धिताल रहनु भएको छ । मञ्च ब्यवस्थापन उपसमितिमा संयोजक विनोद पराजुली, सदस्यहरु विक्रम प्रजापति, विकास श्रेष्ठ, गणेश आचार्य, सिवि लामा, अमित कोजु, आनन्दसागर श्रेष्ठ रहनु भएको छ । 
    प्रतिनिधि तथा पर्यवेक्षक छनौट मापदण्ड र क्षेत्र अधिवेशनमा पार्टीले भुगोल र जनसंगठनको मापदण्ड अलग अलग तोकेको छ । भूगोलतर्फ पालिकाका वडामा रहेका संगठित सदस्यहरुबाट वडा तहमा प्रतिनिधी छनोट गर्ने निर्णय गरेको छ । प्रतिनिधी छनोट गर्दा वडामा रहेका संगठित सदस्यबाट दलित संगठित सदस्य छुट्याई कायम रहेका सदस्यमध्ये पहिलो ४५ जनासम्म संगठित सदस्यबाट १ महिला सहित ३ जना प्रतिनिधी निर्वाचित गर्ने र त्यस भन्दा बढि प्रत्येक ४५ जना सम्मले थप १÷१ जना प्रतिनिधी निर्वाचित गर्ने निर्णय गरेको छ । त्यसरी प्रतिनिधी निर्वाचित गर्दा हरेक ३ जनामा कम्तीमा एक जना महिला अनिवार्य हुनुपर्ने अर्थात वडामा छनौट हुने कुल प्रतिनिधी संख्याको कम्तिमा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने मापदण्ड तय गरेको छ । वडामा रहेका दलित संगठित सदस्य मध्ये २० जना सम्म संगठित सदस्यबाट १ महिला सहित २ जना प्रतिनिधी निर्वाचित गर्ने र सो भन्दा बढी प्रत्येक २० जना सम्मले थप १÷१ जना प्रतिनिधी निर्वाचित गर्ने निर्णय गरेको छ । त्यसरी प्रतिनिधी निर्वाचित गर्दा हरेक ३ जनामा कम्तीमा एकजना महिला अनिवार्य हुनुपर्ने अर्थात वडामा छनौट हुने कुल दलित प्रतिनिधि संख्याको कम्तिमा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने ब्यवस्था गरिएको छ । 
    सबै पालिका कमिटीबाट कम्तिमा ३ महिला सहित ७ जना प्रतिनिधी निर्वाचित गर्ने मापदण्ड तय भएको छ । जनसंगठन तर्फको अलग्गै मापदण्ड तोकिएको छ । अनेरास्ववियू, अनेमसंघ, युवासंघ, अनेकिमहासंघ, मुक्ति समाज, जिफन्ट र पेशागत महासंघबाट कम्तिमा २ महिला सहित ५ जना प्रतिनिधी निर्वाचित गर्ने मापदण्ड तोकेको छ । राजसाँ महासंघ, नेपाल खेलकुद महासंघ, प्रेस चौतारी, नेपाल बुद्धिजिवी परिषद्, प्रगतिशील पेशागत कानून ब्यवशायी संगठन, नेपाल राष्टिय भुतपूर्व प्रहरी तथा सैनिक संगठन, नेपाल राष्ट्रिय उद्योग ब्यवसाय महासंघ, आदीवासी जनजाति महासंघ, मानव अधिकार एलाएन्स, राष्ट्रिय स्वास्थ्यकर्मी संघ र प्रगतिशील ईन्जिनियर्स एसोसिएसनका जिल्ला कमिटीबाट कम्तिमा १ महिला सहित ३ जना प्रतिनिधी निर्वाचित गर्ने निर्णय भएको छ । त्यस्तै जिल्ला कमिटीका सबै पदाधिकारी तथा सदस्यहरु प्रतिनिधि रहनेछन् भने जिल्ला निर्वाचन कमिटीका पदाधिकारी तथा सदस्यहरु, जिल्ला लेखा समितिका पदाधिकारी र सदस्यहरु, जिल्ला सल्लाहकार परिषद्बाट छनौट हुने १५ जना प्रतिनिधीहरु, पार्टीको जिल्ला तहका प्रत्येक विभागबाट १ जनाका दरले प्रतिनिधि रहनेछन् । प्रतिनिधि बाहेकका जिल्ला सल्लाहकार परिषद्का पदाधिकारी तथा सदस्यहरु पर्यवेक्षक रहनेछन् । काभ्रे–काठमाण्डौ–सम्पर्क मञ्चबाट प्रत्येक प्रदेश सभा क्षेत्रबाट ४ जनाका दरले १६ जना पर्यवेक्षकको ब्यवस्था गरिएको छ । 
    
यी हुन मूल ब्यवस्थापन कमिटी तथा उप–समिति 
मुल ब्यवस्थापन कमिटी
संयोजक– अध्यक्ष अशोक ब्याञ्जु, कमिटीमा पार्टी जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरु सबै । 

राजनीतिक तथा आर्थिक प्रतिवेदन लेखन उपसमिति
संयोजक–अध्यक्ष अशोक ब्याञ्जु । सदस्यहरुः नारायण पाण्डे, ईन्द्र तामाङ, राजन भुर्तेल, रिता ढकाल, कुमार तिमल्सिना 

प्रतिनिधी ब्यवस्थापन उपसमिति
संयोजक–नारायण पाण्डे । सदस्यहरुः हरिशरण दाहाल, हरि खतिवडा, पवित्रा भुर्तेल, प्रकाश रोक्का, सुन्दर खड्का, राजकुमार सापकोटा, हरिकुमार मैनाली, नवराज भुर्तेल, मानब.गोले, निरोज पाण्डे, हरिशचन्द्र घिमिरे ।

प्रचार प्रसार उपसमिति
संयोजक–ईन्द्रबहादुर तामाङ । सदस्यहरुः राजकुमार श्रेष्ठ, मोतिराम तिमल्सिना, राजकुमार पराजुली, नवराज बजगाई, भुवन रायमाझी, हिरामान लामा, विनोद न्यौपाने, केशवराज पौडेल, होमप्रसाद चौलागाई, रामसुन्दर आचार्य । 

आर्थिक ब्यवस्थापन उपसमिति
संयोजक–अशोक ब्याञ्जु । सदस्यहरुः श्याम पाण्डे, अमित लामा, प्रेम लामा, जेनिश लामा, रत्नकुश रञ्जित, उपेन्द्र घिसिङ, प्रल्हाद चौलागाई, नारायण बडाल, सरोज थापा, रामचन्द्र थापा, रबिन्द्र बैदार, दिलिप शर्मा, राधाकृष्ण बस्ताकोटी । 

जनपरिचालन उपसमिति
संयोजक–कन्चन अधिकारी । सदस्यहरुः सबै पालिका कमिटीका पदाधिकारी तथा सदस्यहरु, सबै पालिकाका पार्टीबाट निर्वाचित जनप्रतिनिधीहरु, काभ्रे काठमाडौं सम्पर्क मञ्च, जिल्लाका सबै जनसंगठनका जिल्ला कमिटिहरु, सबै पार्टी वडा कमिटीका पदाधिकारीहरु । 

स्वयंसेवक परिचालन उपसमिति
संयोजक– राकेश लामा । सदस्यहरुः जेनिश लामा, विक्रम चौलागाई, सागर रायमाझी, श्याम चौलागाई, शालिकराम पराजुली, नवराज ढकाल, उपेन्द्र शर्मा, गोविन्द उप्रेती, निमा ब्लोन लामा, सविन ताम्राकार, सौगात बस्नेत, रत्न श्रेष्ठ, नवराज मानन्धर, रमेश लामा, प्रताप लामा, माधव लामा । 

खाना तथा आवास ब्यवस्थापन उपसमिति
संयोजक– निराजन जंगम । सदस्यहरुः दयाराम महत, निरज खड्का, विष्णु धिताल । 

मञ्च ब्यवस्थापन उपसमिती
संयोजक–विनोद पराजुली । सदस्यहरुः विक्रम प्रजापती, विकास श्रेष्ठ, गणेश आचार्य, सिवि लामा, अमित कोजु, आनन्दसागर श्रेष्ठ । 

काभ्रेका ६ नेता केन्द्रीय सल्लाहकारमा 
    एमालेको केन्द्रीय सल्लाहकार कमिटीमा काभ्रेपलाञ्चोक जिल्लाको भुगोलमा राजनीति गरिरहनु हुने ६ जना नेता पुनः सल्लाहकार कमिटीमा चयन हुनु भएको छ । अन्य थप सदस्यहरुका लागि केन्द्रीय सल्लाहकार कमिटीको बैठकले निर्णय गर्नेछ । ३ सय १ सदस्यीय सल्लाहकार कमिटीमा यस अघि सल्लाहकार भई काम गरिरहनु भएका कुलचन्द्र अधिकारी, उद्धव केसी, यादव थापा, केपी बञ्जारा, शिला कतिला र तिर्थमाया प्रधान रहनु भएको छ । 
    पुष १ गते महासचिव शंकर पोखरेलद्वारा जारी गरिएको अन्तर पार्टी निर्देशन १ मा उल्लेख भए अनुसार केन्द्रीय कमिटी, केन्द्रीय निकायका पूर्व सदस्यहरुलाई समावेश गर्ने गरी सल्लाहकार कमिटीमा समामेश गरी सल्लाहकार परिषद् गठन गर्ने नीतिगत निर्णय भएको उल्लेख छ । उक्त निर्णय अनुसार यसअघि केन्द्रीय सल्लाहकार कमिटीमा रहनु भएका काभ्रेका ६ जना नेता स्वतः केन्द्रीय सल्लाहकार कमिटीमा पर्नु भएको हो । यस अघि केशव बडाल उक्त परिषद्को अध्यक्ष रहनु भएको थियो । अहिले उहाँ अनुशासन आयोगको अध्यक्ष भए पछि सल्लाहकार कमिटीमा काभ्रका ६ जना नेता पर्नु भएको हो । अन्य नेताहरुलाई पनि केन्द्रीय सल्लाहकार परिषद्मा लैजान पहल भईरहेको छ । केन्द्रीय कमिटीमा जिल्लाबाट चार नेता परिसक्नु भएको छ । 

अखिलको १३ वटै पालिकामा अधिबेशन
    एमाले निकट अनेरास्ववियु काभ्रेले जिल्लाका १३ वटै पालिकामा प्रथम अधिबेशन सम्पन्न गरेको छ । जिल्ला अध्यक्ष गोविन्द उप्रेतिका अनुसार केन्द्रीय नीति अनुरुप जिल्लाका १३ वटै पालिकामा एकै पटक हिजो बुधबार अधिबेशन सम्पन्न भएको हो । अधिबेशनका लागि १३ वटै पालिकामा अखिलका केन्द्रीय नेताहरु, जिल्ला नेताहरुको सहभागिता रहेको थियो । 
    एमाले आक्रामक रुपमा संगठन सुदृढीकरण, पार्टीका अभियानहरु संचालन गरिरहेको छ । पार्टी फुटको असर कार्यकर्ता र जनतामा पर्न नदिन एमालेले महाधिबेशन पछि तय गरेका अख्तियारीहरु कार्यान्वयन गर्न जनवर्गिय संगठनहरु सबै सक्रिय भएका छन् ।