बनेपा/काँग्रेसको जिल्ला अधिबेशन सकिएको छ । जिल्ला अधिबेशनबाट सिटौला देउवा समुहका नेता तिर्थ लामा अत्याधिक मतले विजयी भए । काभ्रे काँग्रेसमा निर्वाचितहरु मध्ये केहि यसै वर्ष कृयाशिल सदस्य पाउने ब्यक्तिहरु छन् भने केहि युवा अवस्थामै महासमिति सदस्य हुने अवसर प्राप्त गरेका छन् ।
नेपाली काँग्रेसको विद्यानमा पहिलो पटक कृयाशिल प्राप्त गरेको ब्यक्ति निर्वाचनमा उम्मेदवार हुन नपाउने ब्यवस्था भए पनि निर्वाचन निर्देशिका परिवर्तन गरी सबै ब्यक्तिलाई उम्मेदवार हुन सक्ने अवसर प्रदान गरेसँगै नेपाली काँग्रेसको वडा, पािलका, क्षेत्रिय प्रतिनिधि, महाधिबेशन प्रतिनिधि र महासमिति सदस्यहरुमा युवाहरुको वर्चश्व रहेको हो । नेपाली काँग्रेसको अधिबेशनमा ३२ बर्षीय युवा पार्टीको महासमिति सदस्य निर्विरोध भएका छन् । १४ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा नमोबुद्ध नगरपालिका–११ निवासी ३२ बर्षीय रोशन तामाङ महासमिति सदस्य निर्विरोध भएका हुन् । कांग्रेसको विधान शंशोधन तथा विद्यानका बारेमा छलफल गर्न बस्ने महासमितिमा जिल्लाका र्विाचित मध्ये कान्छा कृयाशिल सदस्य रोशन निर्विरोध भएका हुन् । उनी मंसिर ६ गते भएको प्रनिनिधीसभा निर्वाचन क्षेत्र न १ को निर्वाचनमा उनी आदिवासी जनजाति कोटामा महाधिवेशन प्रतिनिधी निर्विरोध निर्वाचित भएका थिए । २५ जना महाधिवेशन प्रतिनिधीमध्येबाट छनोट हुने ११ महासमिति सदस्यमा पनि उनी सर्वसम्मत भएका हुन् ।
‘नसोचेको जिम्मेवारी प्राप्त भयो, प्राप्त जिम्मेवारीलाई पार्टीको हितमा कुशलतापूर्वक निर्वाह गर्छु,’ नवनिर्वाचित महासमिति सदस्य लामाले भने, ‘पदीय जिम्मेवारी अनुसार पार्टीलाई युवामैत्री बनाउन भुमिका खेल्छु ।’ पार्टीलाई विभिन्न तरिकाले सहयोग गरेका उनले पार्टीको कृयाशिल सदस्यता भने १४ औं महाधिवेशनमा मात्रै लिएका हुन् । वडा तहको अधिवेशनमा क्षेत्रीय प्रतिनिधी छनोट भएका उनी महाधिवेशन प्रतिनिधी र महासमिति पदमा पनि सर्वसम्मत भएका हुन् । जिल्लाका अन्य युवा पनि महाधिवेशन प्रतिनिधी निर्वाचित भएका छन् । तरुण दल काभ्रेका अध्यक्ष रहेका जितेन्द्रमान तामाङ (दावा), नेपाल विद्यार्थी संघका पूर्वसहमहामन्त्री माधव ढकाल, पूर्व केन्द्रीय सदस्य भोला नेपाल, नेपाल दलित संघका अध्यक्ष उस्पार सुनार, आदिवासी जनजाति संघ काभ्रेका अध्यक्ष रोशन लामा, बेलबहादुर तामाङ, सुन्दर तामाङ, विक्रम लामा, मञ्जु शाह ठकुरी, दुर्गामाया तामाङ लगायतका युवाहरु महाधिवेशन प्रतिनिधी चयन भएका छन् । ५० महाधिवेशन प्रतिनिधीमा युवाहरुको वर्चस्व छ । अधिकांश नयाँ कृयाशिल सदस्यहरुले जिम्मेवारी प्राप्त गरेका छन् ।









