2026 August 23/ 05:51: 41am

    धुलिखेल/“असमानता हटाऔं, एड्स अन्त्य गरांै” भन्ने नाराका साथ धुलिखेल नगरपालिकामा ३४ औं विश्व एड्स दिवसको सन्दर्भ पारी अन्र्तक्रिया तथा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ । धुलिखेल नगरपालिकाका विभिन्न स्थानको परिक्रमा गरी प्रभातफेरीमा सहभागि भएको ¥याली नगरपालिकामा आयोजित अन्र्तक्रिया कार्यक्रममा सहभागि भएको थियो । 
    धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धुलिखेल सञ्जिवनी क्याम्पस तथा धुलिखेल क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरु, स्वंसेविका र स्वास्थ्य संस्थाहरुका प्रतिनिधिहरु सहभागि थिए । जनचेतना फैलाउँदै एड्सलाई अन्त्य गर्न विद्यालय तह देखिकै शिक्षालाई प्रभावकारी बनाउनु पर्ने सहभागिहरुले जोड दिएका थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख ब्याञ्जुले धुलिखेललाई स्वस्थ शहर निर्माण गर्ने अभियान संचालन भएकाले एड्स रोग लाग्नै नदिन बालबालिका तथा समुदायमा जनचेतना फैलाउने कार्य गरिरहेको तथा संक्रमण भए नभएको नियमित परिक्षण गर्ने, संक्रमण भएकाहरुलाई सरकारले उपलब्ध गराएको सेवालाई अझै प्रभावकारी बनाउन नगरपालिकाको तर्फबाट निरन्तर कार्यक्रम गरिरहने बताउनु भयो । समाजमा एड्स लागेका ब्यक्तिहरुलाई सम्मान गर्नु पर्ने र उनिहरुको उपचारमा परिवार र समुदायले ध्यान दिनु पर्नेमा नगर प्रमुख ब्याञ्जुले जोड दिनु भयो । 
    कार्यक्रममा स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोत्तम सेढाँईले विश्वमा फैलिएको एचआईभी र एड्सलाई अन्त्य गर्न सबै पक्षको तदारुकता आवश्यक पर्ने बताउनु भयो । विद्यालय तहका बालबालिकाहरुले लागु औषध तथा अन्य पदार्थहरुको सेवनबाट बच्नु पर्ने उहाँले बताउनु भयो । विश्वमा ७ करोड ९३ लाख ब्यक्तिहरुलाई एचआईभी एड्स लागिरहेको तथ्याङ्क सार्वजनिक भएको छ । ३ करोड ६३ लाख ब्यक्तिहरुको त्यहि रोगका कारण मृत्यु भएको छ । कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले नगरपालिका भित्र यस्ता रोगहरु नियन्त्रण गर्न अभियान शुरु गरिएको बताउँदै रोग लागेका ब्यक्तिहरुको उपचारमा नगरपालिकाले समन्वय गर्ने बताउनु भयो । सुईद्वारा लागुपदार्थ प्रयोग गर्नेहरु, यौनकर्मी, पुरुष समलिंगी तथा तेस्रोलिंगीहरु र रोजगारीका लागि विदेशिनेहरुबाट संक्रमण फैलन थालेको छ । सक्रिय प्लस नेपालका अध्यक्ष अमिर खड्काले जिल्लामा १ सय ५० जनाले एचआईभी एड्सको औषधी सेवन गरिरहेको भए पनि नियमित औषधी सेवन गर्नेहरुको संख्या ८२ रहेको बताउनु भयो । संक्रमितहरुलाई एआरभी औषधी लिने स्थानमा गोपनियता नभएको, अस्पतालमा हुने भिडभाडका कारण पटक पटक स्थान परिवर्तन भएको, परिक्षण तथा उपचारमा समस्या भएकाले तीनै तहको प्राथमिकतामा नपरेको अध्यक्ष खड्काले बताउनु भयो । एआरभी औषधी सेवन गरेका ब्यक्तिहरुबाट एचआईभी नसर्ने अध्यक्ष खड्काले बताउनु भयो । 
    कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुईटेल, स्वास्थ्य शाखाका अधिकृत सरोज थापा, नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतीराम तिमिल्सना, जनप्रतिनिधि तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।