2026 August 22/ 04:00: 24am

    धुलिखेल/जिल्ला निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकले मतदाता नामावली सम्वन्धी विशेष कार्यक्रम दुई चरणमा गर्ने तयारी गरेको छ । जिल्लामा रहेका १३ वटा पालिकामा १०÷१० दिन कार्यक्रम संचालन गर्ने गरी तालिका सार्वजनिक गरिएको जिल्ला निर्वाचन अधिकारी उमेश राईले जानकारी दिनु भयो । 
    जिल्ला स्थित राजनीतिक दल र सरोकारवाला निकायसँग अन्र्तक्रिया गर्दै जिल्ला निर्वाचन कार्यालय काभ्रेले पहिलो चरणमा मंसिर १७ गते देखि २६ गतेसम्म बनेपा, पनौती, पाँचखाल, बेथान्चोक, खानीखोला र रोशी गाउँपालिकामा छुटेका मतदाताहरुको नामावली संकलन गर्ने तयारी गरेको छ । जसका लागि स्थानीय तह, राजनीतिक दल र छुटेका मतदाताहरुलाई जानकारी गराउने गरी सरोकारवालाहरुलाई जानकारी गराईएको निर्वाचन अधिकारी राईले जानकारी दिनु भयो । दोश्रो चरण मसिंर २८ देखि पुष ८ गतेसम्म भुम्लु, चौरीदेउराली, तेमाल, महाभारत, मण्डनदेउपुर र नमोबुद्ध नगरपालिकामा हुनेछ । अभियान अवधीभर धुलिखेल नगरपालिकाका नागरिकहरुहरुको हकमा जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा रहेका दुबै केन्द्रहरुमा मतदाताहरुको नामावली संकलन गरिनेछ । 
    आयोगले मतदातामा नामावली छुट भएका ब्यक्तिहरुलाई सक्कलै नागरिकता लिएर स्वंय उपस्थित हुन अपिल गरेको छ । नागरिकताको स्थायी ठेगाना र हाल बसोबास गरेको ठेगाना फरक रहेको अवस्थामा बसाई सराई सरेको कागज वा विवाह दर्ताको सक्कल कागज र एक प्रति फोटोकपी समेत साथमा लिएर आउन आयोगले अनुरोध गरेको छ । मतदाता छुट संकलन गर्ने अभियानका बीचमा पालिकाका केन्द्रहरुमा नामावली एक स्थानबाट अर्काे स्थानमा सार्ने कार्यक्रम नगर्ने तर आयोगमा आवश्यक कागजात सहित आएको अवस्थामा प्रकृया शुरु गर्ने आयोगले बताएको छ । मतदाता स्वंय वा निजको परिवारको सदस्यले मतदाता सार्न खोजेको अवस्थामा नागरिकता सक्कल, मतदाता परिचयपत्र, सार्नु पर्ने कारण सहितको निवेदन र सक्कल कागजात आवश्यक हुनेछ । आयोगले आफ्नो नाम मतदाता सूचीमा भए नभएको हेर्न सकिने गरी आयोगको वेभ साईट भभिअतष्यल।नयख।लउ  (इलेक्सन.जिओभी.एनपी) मा गएर खोज्न सकिने ब्यवस्था गरेको छ । वेभसाईटमा गई प्रदेश, जिल्ला, नगरपालिका, वडा र मतदान केन्द्र छानेर सबमिट गरेपछि आफ्नो नाम भेट्टाउन सकिनेछ । एकै पटक १० जनाको नाम भेट्टाउन सकिने आयोगले जानकारी दिएको छ । 
    काभ्रेपलाञ्चोक जिल्लामा २०७४ सालको निर्वाचनमा २ लाख ७२ हजार २ सय ९२ जना मतदाता रहेकोमा २३ हजार २ सय ८० थप भई २ लाख ९५ हजार ५ सय ७२ पुगेको छ । जसमा महिला १ लाख ४५ हजार २ सय ६२ र पुरुष १ लाख ५० हजार ३ सय ९, तेश्रो लिंगी १ जनाले मतदाता सूचीमा नाम समाबेश गरेका छन् । यो पटक थप केहि हजार मतदाताहरु थप हुने आयोगले अपेक्षा गरेको छ । अन्र्तक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, कार्यालय प्रमुखहरु, राजनीतिक दलका प्रतिनिधिहरु, संचारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरु सहभागी थिए । अधिकांशले पालिकाको केन्द्रमा भन्दा वडा केन्द्रमा पुगेर छुत मतदाताको नामावली संकलन गर्न सुझाव दिएका थिए । काभ्रेपलाचोक जिल्लामा १३ पालिका, २ वटा संघीय क्षेत्र र चारवटा प्रदेश निर्वाचन क्षेत्र छन् ।