बनेपा/नेपाली काँग्रेस काभ्रेको सभापति पदमा अत्याधिक मत ल्याई सिटौला देउवा समुहका उम्मेदवार तिर्थ लामा विजयी भएका छन् । रामचन्द्र पौडेल, विमलेन्द्र निधी र प्रकाशनमान सिंह समुहबाट उम्मेदवार बनेका अच्युत पौड्यालले झिनो मत प्राप्त गरी पराजय भए । सिटौला समुहमा केन्द्रिय सदस्य शिव हुमागाई, देउवा समुहमा तीर्थ लामा सहभागि छन् भने पौडेल समुहमा पार्टी सभापति मधु आचार्य, निधी समुहमा महेश खरेल छन् भने सिंहको समुहमा कञ्चनचन्द्र बादे सहभागि छन् ।
पार्टी सभापति समेत रहेका आचार्य समुह जिल्लामा कमजोर देखिएको छ । प्रतिनिधि सभा क्षेत्र नम्वर २ को सभापतिमा महेश खरेल र सोहि प्रदेशको ख मा रामहरी श्रेष्ठ बाहेक अधिकाशं पदमा सिटौला देउवा समुह विजयी भएको छ । जिल्ला समितिमा सर्वसम्वत भएका दुई सदस्य बाहेक बाँकी ६१ पदमा सिटौला देउवा समुहका विजयी भएका छन् । फराकिलो मतान्तरले विजयी भएका उम्मेदवारहरुले परिणाम आए लगत्तै पार्टी भित्रकै एकाधिकार अन्त्य हुने बताएका थिए । सोहि समुहबाट उपसभापतिमा रमेशप्रसाद हुमागाई र ठाकुर न्यौपाने, सचिवमा गुणराज मोक्तान र माधव ढकाल, सह सचिवमा समिर ब्याञ्जु श्रेष्ठ र रविन्द्रनाथ सिग्देल विजयी भएका छन् । उनिहरुले उपसभापतिमा शंकरदास लामा, गोविन्दबहादुर थापा, सचिवमा कमलबहादुर तामाङ र दिनेश भुर्तेल, सह सचिवमा रञ्जिव श्रेष्ठ र विनोद गौतम पराजित भएका थिए । स्वतन्त्र उपसभापति पदमा उम्मेदवार दिएका देवराज लामा पनि पराजित भएका छन् । खसेको मत मध्ये १६४६ तीर्थ लामाले प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी अच्युत पौडेलले ७७० मत प्राप्त गरेका छन् । २५४४ मतदाता मध्ये ७६ मत खसेन । २४६८ मतदाताले खसालेको मतमा ५२ मत बदर भएको हो । मतदान राति भएकाले एक जनाले ३० मत सम्म राखेको प्रतिनिधिहरुले बताएका छन् । निर्वाचनमा काँग्रेसमा समाहित भएको फोरमका अधिकांश नेताहरु पराजित भएका छन् । निर्वाचित भएकाहरु मध्येबाट कोषाध्यक्ष पदमा मनोनयन हुनेछ ।
माओवादीको पालिका अधिबेशन
नेकपा माओवादी केन्द्रले जिल्लाका १३ वटै स्थानीय तहमा अधिबेशन गरेको छ । अधिकांश स्थानीय तहमा नेतृत्व सर्वसम्वत छनौट गरिएको छ । माओवादीले आगामी स्थानीय तहको निर्वाचनको तयारीको लागि अधिबेशनलाई सर्वसम्वत बनाउन कसरत गरेको हो । यस अघि माओवादीले जिल्लाका अधिंकाश वडामा अधिबेशन आयोजना गरेको थियो । विवादका कारण केहि पालिकामा अझै नेतृत्व चयन भएको छैन ।
माओवादीका पालिका अध्यक्षहरु
खानिखोला– अविरल जिम्बा
महाभारत – कान्छालाल जिम्बा
पाँचखाल– चेतप्रसाद गौतम (मणी)
रोशी– डिल्लीराम रेग्मी
बेथान्चोक– ताना राना तिमल्सिना
तेमाल– लालध्वज लामा तामाङ
चौरीदेउराली– तेज पन्त
नमोबुद्ध– मिठु तामाङ
भुम्लु– प्रेम भुजेल
मण्डनदेउपुर– निरञ्जन विष्ट
बनेपा–सुरेन्द्र सिं श्रेष्ठ
पनौती र धुलिखेलमा कमिटी गठन हुन सकेको छैन









