महिला प्रहरी कर्मचारीहरुसंग अन्तरकृया
लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियान अन्तर्गत ‘घरैबाट शुरु गरौ, महिला हिंसा अन्त्य गरांै’ भन्ने नारालाई ब्यवहारमा उतार्न जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा कार्यरत महिला प्रहरी कर्मचारीसँग अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको छ । प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्र बहादुर खत्रीले अन्र्तक्रिया कार्यक्रममा समाजमा हुने विभिन्न घटनाहरु मध्ये महिला हिंसाका घटनाहरुलाई प्राथमिकतामा राखेर अध्ययन, अनुसन्धान तथा संरक्षण गर्नु पर्ने अवस्थामा त्यसको तयारीका बारेमा ध्यान दिन अनुरोध गर्नु भयो । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेकी प्रमुख प्रहरी निरीक्षक प्रमिला श्रेष्ठ र जिल्ला प्रहरी कार्यालय काभ्रेमा कार्यरत प्रहरी निरीक्षक संजिता श्रेष्ठले लगायतले महिला प्रहरीहरुले गर्नु पर्ने अतिरिक्त दायित्व तथा जिम्मेवारीका बारेमा जानकारी गराउनु भएको थियो । अन्र्तक्रियामा कार्यालय तथा मातहत प्रहरी कार्यालयहरुमा कार्यरत महिला प्रहरी अधिकृत तथा जवान ३९ जनाको उपस्थिती रहेको थियो ।
महिला प्रहरी कर्मचारीहरुबाट उठेका गुनासा तथा समस्याहरुको सम्बोधन र लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियानमा महिला प्रहरी कर्मचारीको भुमिका लगायतको बिषयमा समेत प्रस्ट्याउदै डिउटीमा खटिदाँ महिला प्रहरी कर्मचारीहरुलाई पर्ने असहजता तथा संगठनबाट गरेको अपेक्षाहरुको सम्बोधन हुने गरी आउने दिनमा कार्यालयले महिला प्रहरी कर्मचारीको बृत्ती बिकास र व्यक्तिगत विकासको लागि थप योजनाहरु संचालनमा ल्याउने एसपी भुपेन्द्र खत्रीले बतायनु भयो । कार्यक्रममा प्रहरी नायव उपरिक्षक हरि खतिवडा तथा प्रहरी निरिक्षक र अन्य प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो । जिल्लामा विभिन्न संघ संस्था तथा स्थानीय तहहरुमा लैङ्गिक हिंसा विरुद्धको अभियानमा जनतेतनामुलक कार्यक्रम भईरहेका छन् ।









