2026 August 22/ 03:56: 26am

    बनेपा/पतंजली योग समिती काभ्रेको योग भवन निर्माण सम्पन्न भई विश्व विख्यात योग ऋृषि स्वामी रामदेव महाराज तथा आयुर्वेद शिरोमणी आचार्य बालकृष्ण महाराजबाट समुद्घाटन भएको छ । 
    भवन उद्घाटनसँगै पतञ्जली योग समिति काभ्रेले जग्गादाता, भवन निर्माण समितिमा रहेर कार्य गर्ने र सहयोग गर्ने संघ संस्था तथा ब्यक्तिहरुलाई सम्मान गरेको थियो । पूर्व मन्त्री गोकुल बास्कोटा, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादे, उपप्रमुख रेखा सापकोटा दाहाल, धुलिखेल उपप्रमुख विमला शर्मा, वडा अध्यक्षहरु तथा अन्य जनप्रतिनिधिहरु, नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य सुरकृष्ण बैद्य, राष्ट्रिय यातायात ब्यवसायी महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य लगायतका ब्यक्तिहरुले सहयोगिहरुलाई सम्मान गर्नु भएको थियो । कार्यक्रममा पतञ्जली योग समिति बागमती प्रदेशका अध्यक्ष ग्रुवेन तौजले तथा विभिन्न योग साधकहरुको सहभागिता रहेको थियो । 
    पतञ्जली योग समिति काभ्रेका अध्यक्ष हरिशरण श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा योग मार्फत ब्यक्तिको जीवन र स्वास्थ्य सहज बनाउन महत्वपूर्ण भूमिका खेलिरहेको बताएका थिए । २०६१ साल श्रावण महिनामा बनेपाको अरनिको सभा भवनबाट शुरु भएको यो अभ्यासलाई निरन्तरता दिन्दै पतंजलि योग पीठमा अवद्ध पश्चात योग साधकहरुले आफ्नै भवन निर्माण गरि सोहि भवनमा योग अभ्यास गर्न पाए निकै सहज हुने महसुस गरि तत्कालिन योग साधक स्व.चक्रमान बैदार, राम प्रसाद बैदार, राम बैदार, तुल्सीदास बैदार, घनानन्द बैदार, गणेशलाल रंजित तथा बनेपा नगर पालिकाबाटप्राप्त जग्गामा भवन निर्माण गर्न भवन निर्माण समिति गठन गरिएको अध्यक्ष हरिशरण श्रेष्ठले बताउनु भयो । जग्गा प्राप्त पश्चात काभ्रे जिल्लामा योग अभ्यास गर्ने हेतुले जिल्लाको बनेपा, पनौती, धुलिखेल, मण्डनदेउपुर, चौतारा मेलम्ची तथा भक्तपुरमा गरि २५ भन्दा बढी योग साधना केन्द्र संचालन गरि दैनिक हजारौं जनाले योग कक्षा तथा योग शिविर संचालन गरि योग स्वास्थ शरिर, स्वस्थ समाजको निर्माण गरि राष्ट्रप्रति नै योगदान पु¥याउँदै आएको छ । बनेपामा निर्माण भएको योग भवन जन सहभागितामा निर्माण भएको नेपाल भरकै पहिलो योग भवन हो । २०७८ मंसिर ४ गते शनिबारका दिन स्वामी रामदेव तथा आचार्यबाट समुद्घाटन हुने भवन निर्माणको लागि ५ सय भन्दा धेरै संघ संस्था ब्यक्तिहरुले ४२ रुपैया देखि लाखौं रुपैंयासम्म स्वत स्फुर्त अर्थिक सहयोग प्रदान गर्नु भएको छ । जसमध्ये बनेपा नगरपालिकाले १३ लाख ८ हजार ८ सय ३८, ॐ बचत (योग साधकहरुको समूह) बाट १३ लाख, ग्रुवेन तौजलेबाट १० लाख १ रुपैया, अरनिको योग केन्द्रबाट १० लाख ४० हजार ३० रुपैया, गणेशदास उलकबाट ४ लाख ४९ हजार १ सय ७६ रुपैया, सरिता शाक्यबाट ३ लाख ६० हजार, उद्धव तिमील्सीनाबाट ३ लाख १ हजार १ सय ११, दमन कुमार श्रेष्ठबाट २ लाख ३२ हजार १ सय ११, पुर्णदेवी कायष्थबाट २ लाख १० हजार, सुरकृष्ण बैद्यबाट २ लाख ६ हजार ५ रुपैया, शम्भू दाहालबाट २ लाख १ हजार, अमृतलाल पलांचोकेबाट १ लाख १० हजार २ सय, अशोक भँडेलबाट १ लाख, भक्तिदेवी श्रेष्ठबाट १ लाख ४५ हजार ५ सय ११ रुपैया, बैजन्ती तौजलेबाट १ लाख, स्व.बद्रि रत्न शाक्यबाटबाट १ लाख २० हजार, बनेपा क्षेत्र विकास कोष (कंचन चन्द्र वादे) बाट १ लाख १० हजार १ सय ६७, हरिशरण श्रेष्ठबाट १ लाख ५५ हजार ५ सय ५५, हिटलर शाक्यबाट १ लाख २९ हजार, हिमानी शाहबाट १ लाख, जिल्ला विकास समिती काभ्रेबाट १ लाख ७० हजार, कान्छाकुमार श्रेष्ठबाट १ लाख २० हजार १ सय २१ रुपैया, प्रकाशमान शाक्यबाट १ लाख १५ हजार ७ सय २०, मोहन बैद्यबाट १ लाख २१ हजार १ सय १२, पतंजलि आयुर्वेद केन्द्र प्रा.लि.बाट १ लाख ५० हजार, राम गोपाल कायस्थबाट १ लाख, डा.सुरेन्द्र बहादुर वादेबाट १ लाख ३२ हजार २ सय ३३, श्यामकुमार श्रेष्ठबाट १ लाख २१ हजार १ सय ११ र सुर्यरत्न शाक्यबाट १ लाख रकम उपलब्ध भएको छ । 
    दान तथा सहयोगबाट भवन निर्माणका लागि १ करोड ४३ लाख ५० हजार २ सय ५ आर्थिक सहयोग संकलन भएको छ । योग भवन निर्माण गर्न १ करोड ५६ लाख ८० हजार २ सय ५३ खर्च भई निर्माण कार्य सम्पन्न भएको छ । बनेपा नगर पालिका, जग्गा दाता, संघ÷संस्था तथा जनसहभागिताबाट भवन निर्माणका लागि सहयोग गर्ने दाताहरुको नामावली योग भवनको शिलापत्रमा लेखिएको छ ।