2026 August 22/ 03:59: 22am

    बनेपा/नेकपा एमाले काभ्रेले सर्वसम्वत महाधिबेशन प्रतिनिधि चयन गरेको छ । उम्मेदवारी दिएका १ सय ५ प्रतिनिधिबाट सबै क्षेत्र र समुदायको प्रतिनिधित्व हुने गरी सर्वसम्वत रुपमा ३४ जना प्रतिनिधि जिल्लाको तर्फबाट छनौट गरिएको अध्यक्ष अशोक ब्याञ्जुले जानकारी दिनुभयो । 
    एमाले काभ्रेले खुल्ला तर्फ अध्यक्ष अशोक ब्याञ्जु, सचिव नारायण पाण्डे, प्रदेश कमिटी सदस्य कुमार थापा, पुर्व राज्य मन्त्री रेशमबहादुर लाामा, जिल्ला सदस्य राजन भुर्तेल, बागमती प्रदेशका पुर्व मन्त्री चन्द्र लामा, कञ्चन अधिकारी, विदुर प्रसाद सापकोटा, केशव बडाल, दिलिप तामाङ, चुडामणी गौतम, रामशरण दाहाल, जेनिश लामा, प्रेम लामा, दिलिप घिसिङ्ग, कृष्णबहादुर खुलाल, नकुलप्रसाद पराजुली, राधाकृष्ण बस्ताकोटी, राजकुमार सापकोटा, बेदप्रसाद तिमल्सिना, रिता गौतम ढकाल, श्यामसुन्दर श्रेष्ठलाई छनौट गरेको छ भने महिलातर्फ गोमा भुर्तेल, निर्मला शाही, कमला काफ्ले, गिता बञ्जारा, शान्ता न्यौपाने, विमला शर्मा, सुभद्रा अधिकारी, विमला सापकोटा, भक्तकुमारी लामालाई छनौट गरेको छ समाबेशी तर्फ तेज नेपाली, विष्णु मिजार र गिता सुनारलाई छनौट गरेको छ । 
    एमाले काभ्रेले संगठित सदस्यका आधारमा ३४ जना प्रतिनिधि छनौट गर्न पाउने ब्यवस्था थियो । जिल्ला समन्वय समिति प्रमुख उद्धव केसी जिफन्टको तर्फबाट यसअघि प्रतिनिधि छनौट भईसक्नु भएको छ भने रामहरी खड्का क्यानाडाको तर्फबाट छनौट हुनु भएको छ । केन्द्रिय सदस्य गोकुल बास्कोटा स्वतः प्रतिनिधि हुनुहुन्छ । केहि विभाग र जनबर्गिय संगठनका तर्फबाट प्रतिनिधि छनौट भएका छन् । मनोनिततर्फ पनि काभ्रेबाट संविधान सभा सदस्य रामहरी सुवेदी लगायतको चर्चा छ । नेकपा एमाले काभ्रेमा २२ हजार १ सय ६३ जना संगठित सदस्य छन् । ९ हजार संगठित सदस्यको संख्या २२ हजार पुगेपछि केन्द्रिय मापदण्ड र विधान अनुसार महिला, दलित र खुल्लाबाट ३४ जना सहभागी भएका हुन् ।