बनेपा/जिल्ला अदालत काभ्रेपलाञ्चोकले हाडनाता भित्र जर्बजस्ति करणी अभियोगमा थुनामा रहेका युवकको कसुर कायम गर्ने फैसला सुनाएको छ । बनेपा नगरपालिका वडा नम्वर ४ स्थित उग्रचण्डी नाला घर भएका २१ बर्षीय युवकले ११ बर्षीया बहिनीलाई टिभी हेर्ने बाहनामा पटक पटक जर्बजस्ति करणी गर्दै आएका थिए ।
जिल्ला अदालत काभ्रेपलाञ्चोकका श्रेस्तेदार उपसचिव गोविन्द घिमिरेले जर्बजस्ति करणी गरेको अभियोगमा थुनामा रहेका २१ बर्षिय बनेपा ४ का युवकको कसुर ठहर्ने फैसला सुनाएको जानकारी दिनु भयो । ‘संहिता कानुनले गरेको ब्यवस्था अनुसार तीन वर्ष भन्दा माथी सजायँ हुने मुद्दाहरुको हकमा पहिले कसुर सम्वन्धी फैसला हुन्छ’–श्रेस्तेदार उप सचिव गोविन्द घिमिरेले भन्नुभयो–‘युवकले आफ्नै बहिनीलाई पटक पटक जर्बजस्ति करणी गरेको अदालतले ठहर गरेको छ । अब कार्तिक ३० गते सजाँय निर्धारण हुनेछ ।’ प्रमुख जिल्ला न्यायाधिश मोहनराज भट्टराईको इजलासले युवकलाई कसुर गरेको ठहर गरेको हो । पीडितको पक्षबाट जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधिवक्ता चन्द्रप्रसाद पोखरेल र सहायक न्यायाधिबक्ता सुदिप शाक्यले बहस गर्नु भएको थियो । पीडित बालिकाको वकपत्र, जाहेरी तथा तथ्य र प्रमाणका आधारमा युवकले जर्बजस्ति करणी गरेको पर्याप्त आधार भएकाले दोषिलाई हदैसम्मको कारवाहीको माग गरिएको थियो । जिल्ला न्यायाधिबक्ता चन्द्रप्रसाद पोखरेलले अदालतले पीडित बालिकालाई न्याय दिएको प्रतिक्रिया दिनु भयो ।
११ बर्षिया बालिकालाई टिभी हेर्ने बाहनामा नातामा आफ्नै दाजु पर्ने युवक जिस्किने, बालिकाको योनी जर्बजस्ति हेर्ने, लिङ्ग चुसाउने जस्ता अमानवीय र क्रुर ब्यवहार पछि एकान्त भए लगत्तै जर्बजस्ति करणी गर्दै आएका थिए । बालिकाले उक्त घटना कसैलाई भन्न नसकेका कारण पटक पटक जर्बजस्ति करणीमा परेकी थिईन् । घटनाका बारेमा भने परिवारका सबैलाई मारिदिने धम्कि समेत दिएका युवकका हर्कतबाट बालिका बेहोस भए पछि अभिभावकले उपचारका लागि अस्पताल लैजाने क्रममा आफ्नै दाजुबाट बलात्कृत भएको जानकारी पाएका थिए । नेपाल बनेपा पोलिटेक्निकल इन्ष्टिच्युटमा अध्ययनरत युवकले अन्य बालिकाहरुलाई पनि यौन दुब्र्यवहार गरेको रहस्य खुलेको थियो । बालिकाका अभिभावकले २०७६ चैत्र ३ गते ईलाका प्रहरी कार्यालय बनेपामा जाहेरी दर्ता गराएका थिए । सोहि दिन युवक पक्राउ परेका थिए । २०७६ साल चैत्र २८ गते सरकारी वकिलको कार्यालयका सहायक जिल्ला न्यायाधिबक्ता कपिल रोक्काले सोहि मुद्दा जिल्ला अदालतमा पेश गर्नु भएको थियो । अभियोगमा करणी सम्वन्धी कसुर (हाडनातामा जर्बजस्ति करणी) अभियोगमा हाडनाता, जर्बजस्ति करणीमा कारवाहीको माग गरिएको थियो । सरकारी वकिलको कार्यालय र जिल्ला न्यायाधिबक्ता चन्द्रप्रसाद पोखरेल, सहायक जिल्ला न्यायाधिबक्ताद्धय कपिल रोक्का र सुदिप शाक्यले मुलुकी अपराध संहिता २०७४ को दफा २१९(१) (२) र सोहि संहिताको दफा २२० (१) (२) (घ) बमोजिमको कसुर गरेकाले सोहि दफा सहित संहिताको दफा २१९(८) बमोजिम थप हुन मागदावी गरेका थिए ।
युवकले जर्बजस्ति करणी गरेको कसुर ठहर भएकाले उक्त दफा अनुसार कार्तिक ३० गते सजायँ निर्धारण हुने श्रेस्तेदार उप सचिव गोविन्द घिमिरेले बताउनु भयो । दफा अनुसार कसुर ठहर भएको अवस्थामा १० वर्ष वा दश वर्षभन्दा बढी १४ वर्षभन्दा कम उमेरकी बालिका भए १८ वर्ष देखि २० वर्षसम्म सजायँ हुने ब्यवस्था छ । बालिकाको उमेर ११ वर्षको मात्रै छ । त्यस्तै हाडनाता करणीमा एक वर्ष देखि ३ वर्षसम्म कैद र १० हजार देखि ३० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने ब्यवस्था छ । थुनामा राखेका युवकलाई निर्दाेष सावित गर्न नेपाल बनेपा पोलिटेक्निक विद्यालयका केहि कर्मचारीहरु, राजनीतिक दलका नेताहरु र अन्य केहि स्वार्थ समुह सक्रिय थियो । अदालतले पटक पटक पेशी र आदेश हुँदै आएको उक्त मुद्दा डेढ वर्ष पछि फैसला सुनाएको हो ।









