2026 August 21/ 09:45: 11am

महामन्त्री शंशाकले भने–‘काँग्रेस हराउने काँग्रेस नै’
    महाभारत/नेपाली काँग्रेस महाभारत गाउँ कार्य समितिले विजया दशमी, शुभ दिपावली, छठ तथा नेपाल सम्वत्को अवसरमा पार्टीका केन्द्रिय महामन्त्री डा. शशांक कोईरालाको प्रमुख आतिथ्यतामा शुभकामना आदान प्रदान गरेको छ । 
    गाउँ समितिका सभापति सागर मोक्तानको अध्यक्षतामा सम्पन्न कार्यक्रमा बोल्दै पार्टी महामन्त्री डा. शशांक कोईरालाले आगामी महाधिबेशनबाट पार्टी सभापति शेरबहादुर देउवालाई विदा गरी नयाँ नेतृत्वमा युवाहरुलाई अवसर दिईने बताउनु भयो । ‘नेपाली काँग्रेसलाई अरु पार्टीहरुका कारण भन्दा आफ्नै पार्टीका कारण संकट रहेकाले आफ्नो पार्टी बनाउन कृयाशील हुनु जरुरी छ’–नेता शशांक कोईरालाले भन्नुभयो –‘काँग्रेसलाई एमाले र माओवादीले नभई आफ्नै पार्टीका नेताहरुलाई पराजय गर्नेछन ।’ कार्यक्रममा केन्द्रिय सदस्य शिव हुमागाईले डाँडापारीको विकासका लागि काँग्रेसको नेतृत्व आवश्यक रहेको बताउनु भयो । उहाँले सडक निर्माण र अन्य पूर्वाधारहरुको विकासका लागि सरकार र पार्टीका ध्यानाकर्षण गराउँदै केहि योजना बताए पछि पार्टीका महामन्त्री शशांक कोईरालाले महाभारतको विकासका लागि तत्कालै पहल गर्ने बताउनु भएको थियो । कार्यक्रममा केन्द्रिय सदस्य दिपक गिरी, जिल्ला सभापति मधु आचार्य, उप सभापति गोविन्द थापा, महासमिति सदस्य सार्किमान लामा, क्षेत्रिय सभापति तिर्थ लामा, जिल्ला सचिव दिनेश लामा, पुर्व सांसद् ललिता किङ्गरिङ्ग, उम्मेदवार सिवी लामा, गणेश लामा, तिर्थ पसखल, ईश्वरी ओझा, शंखबुद्ध लामा, सलासिं लामा, रमेश हुमागाई, राम योञ्जन, रकमसिं घलान, विष्णुमाया पुलामी, जीवन वाईवा लगायतका नेताहरुले सम्बोधन गरेका थिए । 
    सोहि अवसरमा विभिन्न पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्नेहरुलाई नेताहरुले सदस्यता वितरण गरेका थिए । तत्कालिन नेकपा माओवादी केन्द्रका वडा नम्वर ७ का अध्यक्ष पदका उम्मेदवार इन्द्रबहादुर लो, माओवादीका कमाण्डर बुद्धिलाल योञ्जन लगायतका दर्जनौं ब्यक्तिहरु नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । सोहि अवसरमा बोल्दै सोहि क्षेत्रका नेताहरु राम योञ्जन र रकम सिं घलानले गाउँपालिकाका कार्यहरु पारदर्शी नभएको, पार्टीका कार्यक्रममा गाउँपालिकाको रकम दुरुपयोग गरेको, उपभोक्ता समितिमा सौदाबाजी गरेको, मेशिनहरुको दुरुपयोग गरेको लगायतका विषयमा पार्टीले खबरदारी गर्ने बताएका थिए । गाउँपालिकाले डोजर किनेर थन्क्याएको, सडकहरु निर्माण गर्दा अनियमितता गरेको तथा उपभोक्ता समिति गठनमा माओवादी भए मात्रै सहभागि गराएको, शिक्षक नियुक्तिमा राजनीतिक गरेको जस्ता आरोप लगाएका थिए ।