2026 August 21/ 09:45: 21am

    बनेपा/अन्तराष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाज र काभ्रे सेवा समाजले संस्थाका फरक फरक कार्यक्रम आयोजना गरी जिल्लाबासीहरु विभिन्न पदमा नियुक्ति, निर्वाचित तथा अवसर प्राप्त गरेको र योगदान पु¥याएको भन्दै सम्मान गरेको छ । 
    शनिबार धुलिखेलमा आयोजित अन्तराष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजको दोश्रो महाधिबेशनमा लोकसेवा आयोगका निवर्तमान अध्यक्ष उमेशप्रसाद मैनालीले विश्व रक्तदान अर्जुन मैनाली, समाजसेवी सुधा सिलवाल, बरिष्ठ संगितकार सुरेश अधिकारी, महिला उद्यमी कमला लामा, खेलकुद विद्याका राजन खत्री, प्राज्ञ गिता त्रिपाठी, चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष दयाराम दाहाललाई सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष दिपक खरेल, महासचिव मोहन विष्ट, कोषाध्यक्ष विजय बस्नेत लगायतका पदाधिकारीहरु, संरक्षक कपिलदेव थापा तथा काभ्रे सेवा समाजका अध्यक्ष नारायण महत लगायतले सम्मान गर्नु भएको थियो । सभामा उपाध्यक्ष संगम भण्डारी, नेपाल पत्रकार महासंघका निवर्तनमा अध्यक्ष मोतीराम तिमल्सिना, काभ्रे उद्योग बाणिज्य संघका उपाध्यक्ष कैलाश पलाञ्चोक, सम्मानित ब्यक्तिहरुले काभ्रे र अन्र्तराष्ट्रिय क्षेत्रको योगदानका लागि विशेष योजना सहितको सहभागिता रहनु पर्ने बताएका थिए । 
    त्यस्तै शुक्रबार आयोजीत काभ्रे सेवा समाजले राजधानीमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरी प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार जनार्दन नेपाल, नेपाली सेनाका सहायक रथी हिक्मतबहादुर विष्ट, शहरी विकासका इन्जिनियर नवराज प्याकुरेल, यातायात ब्यवस्था विभागका महानिर्देशक नवराज घिमिरे, काठमाडौ विश्वविद्यालयका एशोसिएट डिन प्रा.डा मनोज हुमागाई, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान बल, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिनालाई सम्मान गरेको थियो । 
    संस्थाका अध्यक्ष नारायणबहादुर क्षेत्री, लोक सेवा आयोगका निवर्तमान अध्यक्ष उमेशकुमार मैनाली, संस्थापक अध्यक्ष प्रल्हाद केसी, निवर्तनमा अध्यक्ष केशव थापा, संस्थाका पदाधिकारीहरु तथा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागितामा काभ्रे सेवा समाजले काभ्रेका लागि केहि गरौ भन्ने नाराका साथ उप समितिहरु गठन गरी कृयाशिलता रहेको बताएका थिए । महासचिव मधुसुदन गुरागाई, बरिष्ठ उपाध्यक्ष जीवन प्रकाश लामा, राघव सिं थापा, विश्वनाथ उलक लगायतका ब्यक्तिहरुको संयोजकत्वमा गठित समितिले अध्ययन गरी प्रस्तुत गरेको प्रतिवेदन र रणनीतिक कार्यशाला गोष्ठी आयोजना गरी थप कार्यक्रम गरिने अध्यक्ष महतले बताउनु भयो । कोभिडको महामारीका बीच पनि धेरै कार्यक्रम आयोजना गरिएको उहाँले बताउनु भयो । 

नयाँ कार्य समिति चयन
    अन्तर्राष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजको धुलिखेलमा सम्पन्न दोस्रो महाधिवेशनले नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । निर्वाचन संयोजक एवं काभ्रे सेवा समाजका संस्थापक अध्यक्ष प्रह्लाद केसीका अनुसार अध्यक्ष सहित कार्यसमितिका सबै पदाधिकारीहरु निर्विरोध निर्वाचित हुनु भएको हो । परिणाम अनुसार अध्यक्षमा दीपक खरेल (हाल स्पेन), उपाध्यक्षहरुमा दिनेश उप्रेती (बेल्जियम), शम्भु गौतम (यूके), सानु लामा (दक्षिण कोरिया) र सङ्गम भण्डारी (इटाली) रहनु भएको छ । यसैगरी महासचिवमा मोहन बिष्ट (यूएसए), कोषाध्यक्षमा यम श्रेष्ठ (दक्षिण कोरिया) र सचिवमा सिरी सत्याल (दक्षिण कोरिया) रहनु भएको छ । 
    यस्तै, मध्यपूर्व क्षेत्रिय संयोजकमा दिलकुमार लामा (युएई), यूरोप क्षेत्रिय संयोजकमा कान्छाराम बुढाथोकी (यूके), अमेरिका क्षेत्रिय संयोजकमा नविन सापकोटा (यूएसए), एशिया प्रशान्त क्षेत्रिय संयोजकमा प्रमोद खतिवडा (अष्ट्रेलिया) र अफ्रिका क्षेत्रिय संयोजकमा चिरञ्जिीवी थापा (सिसेल्स) चयन हुनु भएको छ । कार्य समितिका सदस्यहरुमा विजय बस्नेत (अष्ट्रेलिया), अशोक उप्रेती(इटाली) र उद्धवराज गौतम(बेल्जियम) चयन हुनु भएको छ । 
    निर्विरोध निर्वाचित पदाधिकारीहरुलाई भौतिक र भर्चुअल रुपमा संस्थापक अध्यक्ष एवं हालका संरक्षका कपिलदेव थापाले पद तथा गोेपनीयताको शपथ ग्रहण गराउनु भएको थियो । नवनिर्वाचित समितिले पहिलो सहयोग स्वरुप कार्यक्रमस्थलमै पाँचखाल–१३ स्थित बौद्धिक अपाङ्गता पुनस्र्थापना केन्द्रलाई १५ हजार रुपैंया सहयोग गरेको थियो ।