2026 August 22/ 04:59: 41pm

    धुलिखेल/तत्कालिन नेकपा एमाले नेतृत्वको सरकारले विकट क्षेत्रका सुत्केरी महिलाहरुको उद्धारका लागि शुरु गरेको राष्ट्रपति सुत्केरी महिला उद्धार कार्यक्रम प्रभावकारी बन्दै गएको छ । चौरीदेउराली, महाभारतमा उक्त कार्यक्रम लागु भए पनि विकट क्षेत्र खानीखोलामा उक्त कार्यक्रम लागु गरिएको छैन । स्थानीय सरकारले भुम्लु र खानीखोला क्षेत्रलाई समेत दुर्गम क्षेत्रमा समावेश गर्न लिखित अनुरोध गरेका छन् । 
    जिल्लाको महाभारत गाउँपालिकाबाट ५ जना महिलाको उद्धार गरिएको छ । सरकारले निःशुल्क ब्यवस्था गरेको उक्त सेवाले महिलाहरुको ज्यान जोखिमबाट बचेको छ । स्थानीय स्तरमा रहेको प्रसुती सेवाबाट असफल भए पछि चिकित्सकहरुको सिफारिसमा गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय मार्फत गृह मन्त्रालयले हेलिकप्टर ब्यवस्थापन हुनेछ । हेलिकप्टर मार्फत महिलाको उपचार निशुल्क गरिनेछ । ओली नेतृत्वको सरकारले गरेको यो महत्वपूर्ण कदम हो । जसका कारण विकट क्षेत्रबाट एम्बुलेन्स तथा अन्य सुविधा पु¥याउन नसकेको अवस्थामा हेलिकप्टर मार्फत उद्धार गरिनेछ । काभ्रेपलाञ्चोक जिल्लामा एकै वर्ष महाभारत, खानीखोला र चौरीदेउराली गाउँपालिकाबाट ५ जना महिलाको उद्धार गरिएको छ । 
    २०७६ पुष ३ गते महाभारत ४, २०७७ बैशाख २ चौरीदेउराली २, २०७७ बैशाख ५ खानिखोला ४, २०७८ असार १५ महाभारत ८, २०७८ असार १६ महाभारत ८, २०७८ भदौ २५ महाभारत ५ र २०७८ कार्तिक ७ महाभारत गाउँपालिकाबाट सुत्केरी हुन नसकेका महिलाहरुको उद्धार गरिएको छ ।