धुलिखेल/धुलिखेलमा आयोजना गरेको नेकपा एकिकृत समाजबादीको शुभकामना आदान प्रदान एवं चियापान कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एकीकृत माओवादी केन्द्र, राप्रपा लगायतका दलका नेता कार्यकर्ताको उपस्थिति बाक्लो थियो भने काठमाडौं विश्वविद्यालयका उपकूलपति डा. भोला थापा र पूर्व उपकूलपति डा. सुरेशराज शर्माले शुभकामना मन्तब्य राख्नु भयो ।
शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आफू नयाँ मन्त्री भएकाले बोल्ने भन्दा काम धेरै गर्ने बताउँदै पूर्व प्रधानमन्त्री केपी ओलीको विरोध गर्दै गठबन्धनको बचाउन गर्नु भयो । एमालेमा बसेर मुलुकको समृद्धि नदेखेकाले विद्रोह गरेको बताउँदै मन्त्री झाँक्रीले गीता मन्दिरलाई साक्षी राख्दै गठबन्धन मार्फत मुलुक अघि बढिरहेकाले त्यसको निरन्तरता कायम रहने बताउनु भयो । विकास शक्तिका पछाडि हुने गरेकाले त्यसलाई तोड्ने काम गर्ने बताउँदै झाँक्रीले केपी ओली नेतृत्वको सरकारले हावादारी विकासको कुरा गरेको आरोप लगाउनु भयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य लक्ष्मण लम्सालले राजधानी ल्याउन आफुले नभई अरुले नदिएको आरोप लगाउनु भयो । काभ्रेमा राजधानी ल्याउँछु भनेर भोट मागेका लम्सालले राजधानी ल्याउन नहुने पक्षमा मतदान गरेका थिए । प्रदेश सभा सदस्य बसुन्धरा हुमागाईले पनि एमालेबाटै निर्वाचित भएर एमालेका कारण मुलुक संकटमा फसेको बताएका थिए । दिपक गौतम, पासाङ डोल्मो लामा, पदम विक, काँग्रेसका रमेश हुमागाई, माओवादीका दिनानाथ सोँजु, समाजवादीका नगर अध्यक्ष दयासागर श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए । सोहि कार्यक्रममा जिल्ला अध्यक्ष, इन्चार्जहरुको सहभागिता थिएन । समाजबादीका नेता कार्यकर्ताहरुको पातलो उपस्थितिमा अन्य पार्टीका नेता कार्यकर्ताहरुले गीता मन्दिरको प्राङ्गण भरिएको थियो । समाजवादी पार्टीका जिल्लाका विभिन्न तहका नेता कार्यकर्ताहरु सहभागी थिए भने नेपाली काँग्रेसका जिल्ला, विभिन्न नगर र स्थानीय नेता कार्यकर्ता सहभागी थिए ।









