2026 August 22/ 04:59: 40pm

बनेपा/नेकपा एमालेलाई कसैले हरउन नसक्ने र एमालेले नहाने पुर्व मन्त्री तथ नेकपा एमाले केन्द्रिय सदस्य एवं काभ्रे ईन्चार्ज गोकुल बास्कोटाले बनेपा नगर अखिल महिला सघंको कार्यक्रममा बताउनु भयो । 
बास्कोटाले आफुलाई लागेको ट्याग जनताको अदालमा गएर फैसला गर्ने तर प्रचण्डले क्यान्टोनमेन्टनको हिसाब र माधब नेपालले बालुवाटारको हिसाब बुझाउन चुनौती दिनु भएको छ । माधब नेपाल पाटीको लोभि पापी, पदको लोभी भएकाले उहाँ पाटीको नभई ब्यपारी विनोद चौधरीको मामुली कार्यकर्ता भएको वताउनु भयो ।  एमाले पार्टि बाट जितेर तबलब भत्ता खाएर एमालेलाई नै  गाली गर्न नैतिकताले नदिने बास्कोटाले बताउनस भयो । केपि ओली सरकारका पालामा भएका विकासका काम देखेर अहिलेको सरकोले १४ सय योजना काटेको बताउनु भयो । महिलाहरुलाई अधिकार कानुनमा लेखि सकिएकाले आ आफु सक्षम र नेतृत्व लिन सम्ने बन्नु पर्ने पाटीमा पनि वडा देखी नै ३३ प्रतिशत महिला अनिवर्या गरेको बास्कोटाले वताउनु भयो । 
कार्याक्रममा प्रतिनिधी सभा सदस्य शिला कतिला, अनेम सघं केन्द्रिय सदस्य वागमती प्रदेश सभा सदस्य गोमा भुर्तेल, केन्दिय सदस्य एवं काभ्रे ईन्चार्ज अम्भु भवानी कार्कि नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष तथा धुलिखेल नगरपालिका प्रमुख अशोक ब्यान्जु, नेकपा एमाले सचिबालय सदस्य राम शरण दाहाल, जिल्ला कमिटी सदस्य तथा बनेपा नगर सह ईन्चार्ज कुमार तिमल्सिना, अनेम सघं जिल्ला अध्यक्ष कमला काफ्ले बनेपा नगरपालिका उप प्रमुख रेखा सापकोटा दाहाल लगाएका ।ब्यक्तिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रम अनेम सघं नगर कमिटी अध्यक्ष राजन कुमारी बैदारको सभापतित्वमा सम्पन्न भएको थियो । सम्मेलनको बन्द सत्रले राजन कुमारी बैदारको अध्यक्षतामा कार्य समिती चयन गरेको छ ।