धुलिखेल/विजया दशमीको अवधिमा जिल्लामा विभिन्न घटना भएका छन् । दुर्घटना, हत्याको प्रयास, आत्महत्या तथा अन्य घटना भएको प्रहरीले जानकारी दिएको छ । सामाजिक सञ्जालका कारण महिलाहरुलाई परेको मानसिक दबाबको उजुरी पनि प्रहरीमा दर्ता भएको छ । केहिले आत्महत्या गरेका छन् भने केहिको दुर्घटनामा निधन भएको छ । प्रहरी निगरानीका कारण जिल्लामा दशैको अवधिमा चोरीका घटना नभएको प्रहरी प्रवक्ता डिएस्पी हरि खतिवडाले जानकारी दिनुभयो ।
असोज ३० गते विहान ११.१५ बजे कोशिपारीबाट काठमाडौं जाँदै गरेको माईक्रो दुर्घटनामा परेको छ । माईक्रोमा सवार केहि यात्रु गम्भिर घाईते भए भने केहि सामान्य घाईते भएका थिए । केहि दिनअघि कोशिपारीमै टिपर दुर्घटनामा परेर सह–चालकको निधन भएको थियो । बेथान्चोक गाउँपालिका वडा नम्वर ३ मा आफ्नै बाबुलाई छोराले भरुवा बन्दुक प्रहार गरी घाईते बनाएका छन् । दशैंको टिकाको अघिल्लो दिन बाबुलाई बन्दुक प्रहार गरी घाईते बनाए पछि स्थानीयले छोरालाई नियन्त्रणमा लिएका थिए । प्रहरीले छोरालाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ । दशैंको अवधीमा बनेपा नगरपालिका वडा नम्वर ६ मा डेरा गरी बस्ने २१ बर्षिया सुस्मिता मल्लले झ्यालको ग्रिलमा घाँटीमा पासो लगाई झुण्डी आत्महत्या गरिन् । असोज २९ गते बनेपा नगरपालिका वडा नम्वर ६ बुडोल स्थित अरनिको राजमार्ग सडक खण्डमा सवारी दुर्घटना भएको थियो । धर्मलाल श्रेष्ठले चलाएको प्रदेश ३–०२–०१९ प.५९०८ नं.को स्कुटरलाई छेडुप लामाले चलाएको बा.३.ख.५५४९ नं. को बसले ठक्कर दिएको विषयलाई लिएर वादविवाद भएको थियो । दुबै सवारी साधनको कागजपत्र माग गर्दा बा.३.ख.५५४९ नं.को बस चालक छेडुप लामाले किन मेरो कागजपत्र दिने म कागजपत्र दिन्न स्कुटर सामान्य क्षति भई चालकलाई सामान्य चोट मात्र लागेको हो म गाडी लिएर जान्छु भनि मादक पदार्थ सेवन गरेको सुरमा वादविवाद झै–झगडा गरी सवारी आवागमनमा समेत बाधा अवरोध पु¥याई शान्ति भङ्ग हुने जस्तो क्रियाकलाप गरेकाले अभद्र व्यवहारमा मुद्दा दर्ता गरिएको छ । मादक पदार्थ सेवन गरी बस चलाउने चालकलाई कारवाही गरे पछि थप दुर्घटना हुन पाएन ।
४७ बर्षीया ठूली माया राई २०७८ भदौ १० गते आफ्नै घरबाट हराई खोज तलास गरी आई रहेको अवस्थामा २०७८ असोज १५ गते मण्डनदेउपुर नगरपालिका वडा नम्वर ७ रातमाटे सामुदाईक जंगलमा शवको कंगाल फेला परेको छ । ५२ बर्षिय धनबहादुर तामाङ असोज १७ गते दिउसो देखि धुलिखेल नगरपालिका वडा नम्वर ८ को पकुचा स्थित आफ्नै घरमा बिजुलीको सानो तारले घाँटीमा पासो लगाई घरको धुरी बलोमा झुण्डी आत्महत्या गरेका छन् । भूम्लु गाउाँपालिका ८ को माझी गाँउ बस्ने ४४ बर्षीय शंखर माझीले बिगत केहि महिना अगाडि देखि सेते भन्ने धनश्याम माझीले चलाएको बा ५ ख ५२०४ नं.को ट्रिपर गाडीमा सहचालकको काम गरी कमाई खाई आएकोमा उक्त ट्रिपर गाडी २०७८ असोज १८ गतेका दिन कार्तिके देउरालीबाट दोलालघाटतर्फ फर्की जाने क्रममा सोही दिन बिहानको रातीको अन्दाजी १ः४० बजेको समयमा भुम्लु गा.पा. वडा नम्वर ७ स्थित मध्य पहाडी लोक मार्गको सडक खण्डमा उक्त ट्रिपर गाडी एक्कासी आफै अनियन्त्रित भई सडकबाट तल खसी सवारी दुर्घटना भई सहचालक शंकर माझीको सोही टिपरले नै थिची किचि घटनास्थलमा नै मृत्यु भएको थियो ।
३० बर्षिय अर्जुन दनुवारको फुपुको छोरी बहिनी असोज २४ गते बिहानै आफ्नो घरबाट मामा घरमा आई बसी खाना खाई सकी बहिनीलाई घरमा पु¥याउन भतिज अर्जुन दनुवार र भाई बर्ष १७ को सविन दनुवार समेत भई बहिनी मिना दनुवारलाई आ–आफ्नो घरमा पु¥याई दिई बहिनी घरबाट आफ्नो घर फर्की आउन भनि हिडि आई पाँचखाल नगरपालिका वडा नम्वर ४ को तामाघाट स्थित सन्तोष खाजा घरमा खाजा खान गएका भतिज अर्जुन दनुवार र भाई सविन दनुवार होटलमा खाजा अडर गरी बसी रहेको अवस्थामा सोही दिनको बेलुकी १९ः३० बजेको समयमा अर्जुन दनुवारलाई कोकको सिसाको बोटलले र हातको मुक्काले एक्कासी टाउको र शरीरको भागमा प्रहार गरी बिभिन्न अपशब्द तथा अश्लील शब्द समेत बोली भागेका थिए । पाँचखाल पोलिक्लिनिकमा उपचारको लागी पु¥याईएको भए पनि पोलिक्रिनिकमा उपचार हुन नसकी थप उपचारको लागी धुलिखेल अस्पताल ल्याई उपचार भएको छ । प्रहरीले फुलपातीको दिन बनेपाबाट तास खेलिरहेको अवस्थामा ६ जनालाई नियन्त्रणमा लिएको थियो ।









