बनेपा/पिपुल्स बचत तथा ऋण सहकारी सस्था लिको १५ औं साधारण सभा संस्थाका अध्यक्ष निरन शाक्यको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष पवनराज कर्णजीतले राख्नु भएको थियो । कार्यक्रममा शुभकामना मन्तब्य संस्थाका प्रमुख सल्लाहकार नवराज के.सी. प्रबन्धक नवराज सापकोटा लगायतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
संस्थाका अध्यक्ष निरन शाक्यले संस्थाले सहकारीको उद्देश्य, सदस्य केन्द्रित निरन्तर सेवा, यस्तो विषम परिस्थितिमा पनि संस्थाले उपयुक्त लक्ष्य हासिल गर्न सफल रहेको र अझ भविष्यमा सफल हुने विश्वास ब्यक्त गर्नु भएको थियो । सहकारीको पनौती भेगका सदस्यका लागि संस्थाका सेवा केन्द्र, पनौतीबाट १० दिन सहभागिता दर्ता गर्ने व्यवस्था गरिएकोे साथै जेष्ठ नागरिक, अशक्त, अपाङ्ग एवं गर्भवती महिलाका लागि संस्थाको सेवा कार्यालय बनेपा–८, चाँदनीचोकबाट सेवा दिएको जानकारी दिनु भएको थियो । संस्थाको आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक प्रतिबेदन सचिब देवेन्द्र श्रेष्ठ आर्थिक प्रतिबेदन कोषाध्यक्ष सन्तोष कुमार घिमिरेले र लेखा तथा सुपरिबेक्षण समितिको प्रतिबेदन संयोजक रजिव श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो ।
संस्थाको रु.२,५७,८२,९००।– शेयर पूँजी, रु.२२,४०,३३,५००।०१ निक्षेप संकलन, रु.२०,१७,९४,६३७।– कर्जा लगानी, रु.१,७५,९१,१०६, विभिन्न कोषहरु र वासलात रु.२७,२०,१३,८३४।४५ रहेको जनाएको छ । कार्यक्रममा बार्षिक उत्कृष्ट विधा अन्र्तगत १० जना उत्कृष्ट कारोबार गर्ने सदस्यहरुलाई एवं उत्कृष्ट कर्मचारी एलिना सुवाललाईसम्मान गरिएको थियो । कार्यक्रम सञ्चालन कोषाध्यक्ष सन्तोष कुमार घिमिरेले गर्नु भएको थियो ।









