2026 August 21/ 07:33: 09am

    धुलिखेल/जिल्ला अदालत धुलिखेलको परिसरबाट भाद्र ९ गते बकपत्रका लागि लगिएको अवस्थामा हत्कडी खुकुलो बनाउन लगाएर फरार भएका थुनुवालाई भक्तपुरबाट प्रहरीले पक्राउ गरेको छ । 
    भदौ १६ गते दिउसो भक्तपुर जिल्ला मध्यपूर ठिमी नगरपालिका वडा नम्वर ५ भिमसेन चोक भन्ने स्थानमा दस लाख पचास हजार रुपैया बराबरको मदिरा खरिद गर्न डिल गर्दा गर्दै पक्राउ परेका थिए । प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले फरार थुनुवा पक्राउ गर्न प्रहरीले नियमित अनुसन्धान र खोजी गरिरहेको बताउनु भयो । ठगि गर्ने मनसायले केहि मदिरा व्यवसयीहरुसँग कुरा गरिरहेको भन्ने सूचना महानगर प्रहरी वृत्त ठिमी भक्तपुरलाई प्राप्त भए पश्चात वृत्तबाट खटिएको प्रहरी टोलीले सूचित गतिविधिमा फरार थुनुवा सुनिल वाईवा लामा हुन सक्ने सतर्कता अपनाई सुक्ष्म रुपले निगरानी गरी नियन्त्रणमा लिएको थियो । अदालतबाट फरार भएका सुनिल प्रहरीलाई छलेर धुलिखेलको बेईजिङ्ग प्लान्ट हुँदै चौकोट श्रीखण्डपुरबाट साँगा हुँदै पलासँे पुगेर सोहि दिन बस चढी काठमाडौ पुगेका थिए । उनी नियमित पेशेवर हुन् । अपराधिक विश्वासघात ततथा ठगी मुद्दामा भत्तपुरबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएका खानिखोला ६ घर भएका सुनिलले यस अघि ठगी अभियोगमा बौद्ध प्रहरी बृत्त, बानेश्वर र काभ्रेमा मुद्दा खेपिरहेका छन् । काभ्रेको पाँचखालमा ठगी गरेका लामा ६ महिना अघि पक्राउ परी पुर्पक्षका लागि थुनामा थिए । कारागारमा रहँदा पनि उनि पेशा नै ठगी भएकाले निस्किए पछि पनि त्यहि ब्यवसाय गर्ने सुनाउँथे । सिन्धुपाल्चोकको एक संचारमाध्यममा फोन ईन कार्यक्रममा कुराकानी गरी जिल्ला र क्षेत्रको बस्तुस्थिती बुझी पछि तिनै ब्यक्तिहरुलाई अथार्त महिलाहरुलाई ब्लाकमेलिङ्ग समेत गर्दै आएको खुलासा भएको छ । प्रहरीले लामा सहित उनको गिरोहलाई समेत खोजी गरी अनुसन्धान गरिरहेको छ । प्रहरी अनुसन्धानको ७ दिन पछि उनि भक्तपुरमा ठगिरहेको अवस्थामा पक्राउ परेका थिए । कानुनले उनलाई तोकिएको सजायँको डेडी थप हुने ब्यवस्था गरेको छ । प्रहरी प्रवक्ता डिएस्पी हरि खतिवडाले कारागार कार्यालयमा लामा सँगै बस्ने अन्य थुनुवाहरुसँग निजको गतिविधिको बारेमा जानकारी लिई थप अनुसन्धान गरेको बताउनु भयो । २०७८ भदौ १० गते बिहान कारागार कार्यालयमा लामाले प्रयोग गरेको फोन विवरण, आगन्तुक रेकर्ड, निजको डायरी, हस्तलिखित पुस्तिका बरामद गरी सुक्ष्म अध्ययन पश्चात प्राविधिक विश्लेषण गरिएको डिएस्पी खतिवडाले बताउनु भयो । उनको विगतको अपराधिक पृष्ठभुमी र आपराधिक कार्यविधि अध्ययन गरी यस भन्दा अघि नयाँबानेश्वर र बौद्धमा मदिरा चोरी र ठगी कसूरमा संलग्न रहेको, उनका साथीसंगतीहरु संग सम्पर्क गर्न सक्ने र निज सोहि प्रकृतिको अपराधमा पुनः संलग्न हुन सक्ने भएकाले काठमाण्डौ, ललितपुर, भक्तपुर लगायतका छिमेकी जिल्लाहरुलाई हुलिया परिपत्र गरी सोहि क्षेत्रका प्रहरीहरुसँग समन्वय गरी खोजतलास गरिएको थियो ।