2026 August 20/ 11:08: 18am

लक्ष्मण तिमल्सिना
रोशी 

    रोशी गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकिय अधिकृत डम्बरु दाहाल दुई वर्षे कार्यकाल सकेर बिदाइ भएका छन् । प्रमुख प्रशासकिय अधिकृत दाहालको औपचारिक विदाई केहि दिनमा हुने रोशी गाउँपालिकाले जानकारी दिएको छ । 
    स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पदमा कार्यरत ब्यक्ति राजनीतिक ब्यक्तित्वहरुसँग  रहनुपर्ने भएकाले राजनीतिक मूल्य मान्यतासँग तालमेल नहुँदा धेरै बिषयमा नेतृत्वसँग ठाकठुक हुने र धेरै समय टिक्न नसकी सरुवा भएका धेरै उदाहरण छन् । यद्यपि प्रमुख प्रशासकिय अधिकृत दाहालले रोशी गाउँपालिकामा दुई पटकको कार्यकाल सुखद र अविश्मरणीउ रहेको बताएका छन् । स्थानीय तहको निर्वाचन हुँदाका समयमा पनि दाहाल रोशी गाउँपालिकामा कार्यरत थिए । उनै दाहालको कार्यकालमा डिबी लामा अध्यक्षमा निर्वाचित भएका थिए । त्यतिखेर नियमित सरुवा प्रकृयाबाट दाहाल अन्यत्र सरुवा भएका थिए । केहि समय पछि रोशी गाउँपालिकामा उप सचिव तहको दरवन्दी कायम भए पनि धेरै समय टिक्न सकेन । केहि समय पछि दाहालको नयाँ नियुक्ति पुनः रोशी गाउँपालिकामै हुन पुग्यो । 
    पालिका अध्यक्ष डिबि लामासँगको समन्वय र सहकार्यले दाहाल पुनः रोशी गाउँपालिकामा सरुवा भएका थिए । सिद्धान्तत कर्मचारी नीति कार्यान्वयनकर्ता मात्रै हो तर स्थानीय तहको हकमा यो पद नीति निर्माता सल्लाहकार तथा समन्वय कर्ता समेत हो भन्न रुचाउँछ अध्यक्ष लामा । दाहालको कार्यकालमा केहि स्मरणीय कामहरु रोशी गाउँपालिकामा भएका छन । भुगोल स्रोत साधन तथा जनसंख्या धेरै भएको पालिकामा पर्दछ रोशी । खानी तथा क्रसरहरु एबम बोधिचित्त मालाको लफडा राष्ट्रिय स्तरमा चर्चामा छ । स्थानीय तहको निर्वाचन पछि नेपाली काँग्रेसको नेतृत्व छ भने एमाले,  माओबादी, वैद्य, नयाँ शक्ती, राप्रपा, फोरम समेतको प्रतिनिधित्व रहेकोले बहु दल सँगको समन्वय समेत चुनौती पूर्ण छ । रोशी गाउँपालिका मात्रै यस्तो पालिका हो जहाँ निर्वाचित भएका सबै प्रतिनिधिहरुमा सबै दलको सहभागिता छ । महालेखा परिक्षणको प्रतिबेदनमा कम बेरुजु भएको गाउपालिकाको रुपमा रोशी गाउँपालिका देखिएको छ । यो कार्यमा प्रमुख प्रशासकिय दाहालको कडा स्वभाव तथा लामो अनुभवका कारण सम्भव भएको कर्मचारी तथा जनप्रतिनिधिहरुको बुझाई रहेको छ । 
    आर्थिक मसान्तको अन्तिममा देउसी खेले झै कुनै कल्याणकारी बिज्ञापनका कागज देखाउँदै रकम माग्न आउनेहरुलाइ दाहालले दिने गरेको जबाफ र गर्ने गरेको प्रश्नले अवाक तुल्याउने गरेको कर्मचारीहरुले बताए । त्यस्ता विषयले ब्यक्तिगत नाफा भन्दा पनि सस्थाको हितका निम्ति हुन्थ्यो ।  प्रमुख प्रशासकिय अधिकृत दाहाल कै अगुवाईमा बजेट नीति कार्यक्रममा नयाँ नयाँ नारा सहितका कार्यक्रमहरु समावेश भएका थिए । मन हुनेलाइ रकम सदुगयोग गर्ने कार्यक्रम ‘जसको मन त्यसको संरक्षण’, ‘घर घरमा गर्भवती महिलाको भिडियो एक्स रे’ ‘उत्कृष्ट करदाताको तस्बिर सार्बजनिक’, बाबू आमा स्याहार्नेलाई सम्मान, बेरुजु भएका ब्यक्तिहरुलाई कालो सुचिमा राखी नामावली सार्बजनिक गरी बेरुजु असुल गर्ने लगायतका कार्यक्रम उनका सफल कार्यक्रम हुन् । बोधीचित्त मालामा हुने गरेको बहु खरिद बिक्री नियन्त्रणका निम्ति तयार गरिएको कार्य बिधी होस या युबाहरुलाई दिइने ब्याज अनुदान कार्यक्रम जनस्तरमा फरक महत्व राख्न सफल भएका छन । जिल्ला स्तरीय कार्यालयहरुमा समन्वय र सहकार्य गरिरहेका दाहालले रोशी गाउँपालिकालाई पहिलो प्राथमिकतामा राखेका थिए । अरु पालिकामा केन्द्र तथा प्रदेशबाट परेका कायक्रम रोशिमा छुटाउन हुन्न भन्ने भावमा दाहालले अथक मेहनत गरिरहेका थिए । दाहालकै सकृयतामा रोशिमा रकम थप आउँछ भने एक दिन बढी खट्दा के हुन्छ भन्ने सोचका साथ सक्रियता बढाएका थिए । कतिपय पालिकाले रकम माग्न छुटाएका कारण रकम आएको छैन भने रोशिमा माग्दा पाइने कुनै पनी कार्यक्रम छुटेको छैन । रोशीको नेतृत्वमा एउटा पार्टी, केन्द्र तथा प्रदेशमा फरक पार्टीको सरकार भएका बखत समन्वय गरेर अगाडी बढ्नु चुनौती थियो । त्यहि चुनौतीका बीच समन्वय र सहकार्यमा रोशी गाउँपालिकालाई सफल र समृद्ध बनाउन दाहाल सक्रिय भए । 
    डम्फु संग्राहालय, ओद्योगिक ग्राम, गाउँपालिका भवन, अस्पताल भवन निर्माणका लागि युद्ध स्तरमा निर्माण भै रहेको तथा तिनधारे झरना जस्ता ठुला पुर्बाधार निर्माणको लागि समेत सम्झौता भै सकेको छ । कार्यपालिका सदस्यहरु बिच ध्रुबिकरण भई बैठक बस्न नसकेको शुरुवाती अबस्था होस या गाउपालिका भवन बनाउन ठाउँ सारी गर्न भएका मुद्दाहरुमा पनि दाहालको समन्वयकारी भूमिका महत्वपूर्ण रह्यो । सम्भवत देश भरमा नै कार्यपालिकाले सहकारी संस्था खारेज गरेको अबस्था, हुकुमबासीहरुले जग्गा ओगटेको अवस्थामा खाली गरेर गाउपालिकाका संरचना निर्माणमा दाहालले खेलेको भुमिका कर्मचारीको जिम्मेवारी भन्दा धेरै माथी रहेको जनप्रतिनिधिहरुले बताए । स्थानीय तहमा लामो समय काम गरेको अनुभव तथा काभे जिल्लाका विभिन्न पालिकाहरुमा धेरै समय  कार्यरत रहँदा पप्त अनुभवका आधारमा रोशी गाउँपालिकाको पहिलो स्थानीय सरकारले गर्ने काममा जग बसाउन दाहालले महत्वपुर्ण भूमिका खेलेका छन् । 
    रोशी गाउँपालिकाका नागरिकहरुले दाहालसँग बिहान देखि बेलुकी सम्म नागरिकहरुले भौतिक अवस्थामा तथा फोनमा सहजताका साथ साक्षात्कार गर्ने अवसर पाएका थिए । कर्मचारीहरुलाई दण्ड र पुरस्कार सँग जोड्दै अघि बढेका दाहालले गाउँपालिका स्थापना देखि करारमा कार्यरत कर्मचारीलाई वार्षिक बिमा प्रिमियम तिरी दिने तथा तलबको १० प्रतिशत करारमा रहुन्जेलका लागि थप गरि नागरिक लगानी कोषमा जम्मा गराइदिने प्रबन्धको शुरुवात गर्नु भएको थियो । कर्मचारीलाई सुचक सहितको कार्य सम्पादन सम्झौताले समेत कर्मचारीले दाहालसँग काम गर्दा आनन्द लाग्ने गरेको बताएका थिए । गाउँपालिका अध्यक्ष अध्यक्ष डिबि लामाले प्रमुख प्रशासकिय अधिकृत दाहालको सरुवाले गाउपालिकालाई अपुरणिय क्षति पुगेको बताउनु भयो । रोशी गाउँपालिकामा जिल्ला समन्वय समितिमा कार्यरत परशुराम थापा प्रमुख प्रशासकिय अधिकृतका रुपमा सरुवा भई जानु भएको छ । 

कनिष्ठ हाकिम हुँदा र बरिष्ठको रुवाबासी
    मुलुक संघीय संरचनामा गई सके पश्चात् आम चासो बनेको विषय थियो कर्मचारी व्यवस्थापन । यसरी सङ्घीय संरचनामा कर्मचारीको व्यवस्थापन गर्न बनेको तत्कालीन सरकारले कर्मचारी अध्यादेश २०७५ जारी ग¥यो । यसको कर्मचारीस्तरबाट विरोध पनि भयो । तर मन्त्रिषरिषद्ले प्रशासन सेवा, सामान्य प्रशासन समूहको दरबन्दी ह्वात्तै बढाएसँगै विरोध एकाएक सेलायो । तर कर्मचारी समायोजनमा पीडित बने प्रशासन सेवा, लेखा समूह र शिक्षा सेवा जसमध्ये अधिकृत कर्मचारीहरू अझ बढी मारमा परेको कर्मचारीहरुले गुनासो गरेका छन् ।
    समायोजनका बखत सानो समूहले गरेको विरोध कहीँ कतैबाट सम्बोधन भएन, बरु उल्टै मन्त्रालयबाट धम्कीपूर्ण रूपमा रोज्नु पर्ने तह नरोजेमा जुनसुकै तहमा समायोजन गर्ने सूचना जारी गर्दै कर्मचारीलाई समायोजन फारममा धेरै भन्दा धेरै तहहरू रोज्न बाध्य बनाइयो । यसरी समायोजित भएका अधिकृत कर्मचारीहरुमध्ये गाउँपालिकामा समायोजन भएका अधिकृत कर्मचारीलाई आफूभन्दा जुनियर सङ्घको अधिकृत हाकिम भएर आउने समस्याले पिरोल्न थालेको छ । रोशीमा त्यहि घटना दोहोरिएको छ । यस्तो समस्या हुनेमा काभ्रे जिल्लाको रोशि गाउँपालिका रहेको छ । उक्त गाउँपालिकामा २०७४ सालमा खुला प्रतिस्पर्धाबाट लेखा अधिकृतमा स्थायी नियुक्ति हुनु भएका लेखा अधिकृत सुमित्रा पौडेल अधिकृत स्तर सातौँ तहमा समायोजन भई २ वर्षदेखि कार्यरत हुनुहुन्छ भने त्यसै गाउँपालिकामा २०६९ सालमा शिक्षा सेवाको शाखा अधिकृत नियुक्ति हुनु भएका रामबहादुर तामाङ समायोजन पश्चात् अधिकृत स्तर आठौँ तहमा कार्यरत हुनुहुन्छ तर हाल उक्त पालिकामा २०७७ असार ९ गते नायब सुब्बाबाट ज्येष्ठ तथा कार्यसम्पादनका आधारमा बढुवा भई अधिकृत हुनु भएका अधिकृत परशुराम थापालाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७८ साउन १ गतेको मितिमा प्रमुख प्रशासकीय अधिकृतको कामकाजका लागि पठाएको छ ।
    समायोजनका बखत हामीलाई जबरजस्ती स्थानीय तहमा पठाइयो । कर्मचारीको वृत्ति विकासको अधिकारलाई कुण्ठित गरिएको कर्मचारीहरुको गुनासो छ । जुनियर अधिकृत हाकिम बनाएर पठाउँदा सिनियर अधिकृतहरुको मनोबल खस्केको छ । सिनियर अधिकृतहरुले हीनताबोध महसुस गरेको बताउन थालेका छन् । यो व्यवस्थाले खरिदार पदको कर्मचारी शाखा अधिकृतमा बढुवा भई हाकिम बनेर आउने अवस्था सिर्जना भयो किनकि त्यो तहमा समायोजन भएका अधिकृतहरुको उपसचिव पदमा बढुवा हुने कुनै माध्यम नै छैन र सघंमा दरबन्दी नै कम छ । मन्त्रालयको यो व्यवहारबाट सिनियर अधिकृतहरु मर्माहत भएको बताएका छन् ।