2026 August 19/ 03:32: 04pm

नेकपाका वडा भेलाहरु धमाधम हुदै 
बनेपा/नेकपा बनेपा नगर वडा नम्बर १० बृहत्त वडा भेला पूर्व सुचना संचार तथा शहरी विकास मन्त्री गोकुल प्रसाद बास्कोटाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । 
कार्यक्रममा प्रमुख आतिथी बाँस्कोटाले काम गर्न नदिए पछि संसद् विघटन गरिएको र उक्त कदम सहि भएको बताउनु भयो । कार्यकर्ताहरुलाई निर्देशन दिदै बास्कोटाले ब्यक्तिको पछि नलागि संगठन र राष्ट्रको हितका लागी लाग्न अनुरोध गर्नु भएको थियो । पार्टी अध्यक्ष तथा प्रधान मन्त्री केपी ओलीले देशको विकास र पार्टी बनाउनका लागि एकता गरिएको तर उल्टै प्रचण्ड र माधब नेपालले देशद्रोही, देशका धमिरा, पार्टी घाती, राष्ट्रियता विरोधी, विकास विरोधी रहेको बताउनु भयो । कालापानी लिपुलेक र नेपालको नक्सा ल्याएको र नाकाबन्दीको डटेर सामना गर्दैमा पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट छोड्नु पर्ने हो बाँस्कोटाले प्रश्न गर्न गर्नु भएको थियो ? हामी चुनावमा विकासका बाँकी काम सम्पन्न गर्न र देशमा स्थायीत्व ल्याउनका लागि जनताका बिचमा जान लागेका हौ बास्कोटाले भन्नुभयो, देशघातीहरुलाई जनताले आगामी चुनावमा देखाईदिने समेत बताउनु भयो । 
जिल्लामा विकासको जग हालेकाले त्यसलाई पुरा गर्नका निमित्त नेकपालाई जिताउन समेत अपिल गर्नु भएको थियो, बृहत्त खानेपानी, करिडोर, विद्यालयका भवन, सडक लगाएतका विकासका कामहरु अधुरै भएकाले त्यसलाई सम्पन्न गर्न हामि जनताका बिचमा जानलागेको बास्कोटाले बताउनु भयो । कार्यक्रममा स्वागत मन्तब्य जिल्ला कमिटी सदस्य आत्माराम थापाले राख्नु भएको थियो । कार्यक्रममा शुभकामना मन्तब्य नेकपाका केन्द्रिय सदस्य एवं जिल्ला समन्वय समिती प्रमुख उद्धब केसी, जल्ला कमिटी सदस्य मुक्ति विष्ट, बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादे, पुर्व गाविस अध्यक्ष तथा समाजसेवी सानुभाइ बिष्ट नेकपा जिल्ला कमिटी सल्लाकार यादव थापा, जिल्ल कमिटी सदस्य  रविन्द्र देउजा ,रत्न कुस रंजित लगाएतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा पवन केसी अध्यक्ष, सुशिल थापा सचिब गरी ३१ जनाको वडा समिती चयन भएको छ । त्यसैगरी विमु केसी, अध्यक्ष जमुना केसी सचिब गरी २६ जना अनेम संघ गठन र युवासंघ अशोक विष्ट अध्यक्ष रामकुमार थापा सचिव गरी ३५ जनाको कमिटी गठन गरिएको छ । 
कार्यक्रममा नेपाली कांग्रेस लगायत अन्य पार्टी परित्याग गरी ८५ जना नेकपामा प्रवेश गरेका छन् । कार्यक्रम नेकपा बनेपा नगर १० नम्बर वडा कमिटी संयोजक तथा वडा अध्यक्ष चन्द्र बहादुर खड्काको सभापतित्वमा सम्पन्न भएको थियो । 
त्यसै गरी बनेपा नगरपालिका वडा नम्बर ७ को बृहत्त वडा भेला पुर्व सञ्चार मन्त्री नेकपा केन्द्रिय सदस्य एवं काभ्रे ईन्चाज गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
कार्यक्रममा नेकपा जिल्ला कमिटी सदस्य एवं बनेपा नगर ईन्चार्ज कुमार तिमल्सिना, बनेपा नगरपालिका नगर प्रमुख लक्ष्मी नरसिं बादे, जिल्ला कमिटी सदस्यहरु रत्नकुश रन्जित, आत्माराम थापा, रामशरण दाहाल, रविन्द्र बैदार, लगायतका ब्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको भेलाले वर्ण शाक्य अध्यक्ष रोशनी उपाध्य उपाध्यक्ष र मुक्ती नाथ तौजले सचिव गरी ५१ सदसय वडा कमिटी गठन गरेको छ  । र्काक्रम बनेपा नगरपालिका वडा नम्बर ७का वडा अध्यक्ष वर्ण शाक्यको सभापतित्वमा सम्पन्न भएको छ । 
त्यसैगरी बनेपा नगरपालिका वडा नम्बर ६ को बृहत्त वडा भेला बनेपा नगरपालिका नगर प्रमुख लक्ष्मी नरसिं बादेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
वादेले नगरमा १५ वर्षमा हुन नसकेका विकासका कामहरु ३ वर्षमा भएको बताउनु भयो । नगरमा खानेपानि, सडक , पुराना धारा पोखरी मन्दिरहरुको संरक्षण, प्रत्येक वडाकार्यलयको भवनहरु निमार्ण सम्पन्न भईसकेको वताउनु भयो । विकासका कामहरु तिव्र गतिले भएकाले सबै नगरवासीहरुलाई विकासमा सहजीकरण गर्न आग्रह गर्नु भएको थियो । कार्यक्रममा नेकपा जिल्ला कमिटी सदस्य तथा बनेपा नगर ईन्चार्ज कुमार तिमल्सिना, जिल्ला कमिटी सदस्य रामशरण दाहाल, रत्नकुश रञ्जित, भैरब केसी लगाएतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । भेलाले राजेन्द्र थापा अध्यक्ष जयराम केसी सचिब रहेको ५१ सदस्य वडा कमीटी, कृष्णमणी कुईकेल अध्यक्षताामा  १५ जना युवा सघं र राजनकुमारी बैदार अध्यक्ष गोपिनी हुमागाई सचिब अनेमसघ गठन गरेको छ । कार्यक्रमको सभापतित्व जिल्ला कमिटी सदस्य एवं वडा संयोजक पिएन कोईरालाले गर्नु भएको थियो । 
त्यस्तै बनेपा नगरपालिका वडा नम्बर ५ को बृहत्त वडाभेला भेला पूर्व सञ्चार मन्त्री नेकपा केन्द्रिय सदस्य एवं काभ्रे ईन्चाज गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
वास्कोटाले सरकारले तोकेकै मितिमा निर्वानच हुने बताउनु भयो । सरकार दृढता पुर्वक निर्वाचन गर्न लागेको र नेकपा पार्टी निर्वाचनमा होमिसकेको बास्कोटाले वताउनु भयो । कार्यकर्ताहरुलाई बास्कोटाले निर्वाचन चिन्ह र सुर्य कस्को हुन्छ भनि भ्रममा नपरी निर्वाचनमा लाग्न आग्रह गर्नु भएको थियो । संस्थापन पक्षकै निर्वाचन चिन्ह सुर्य हुने भएकाले ढुक्कहुन कार्यकर्तालाई आग्रह गर्नु भएको थियो । कार्यक्रममा नेकपा जिल्ला कमिटी अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोक ब्यान्जुले विकाससँगै पाटी संगठन सुदृढ हुनुपर्ने बताउनु भयो । कार्यक्रमा अनेम संघ काभ्रेकी अध्यक्ष कमला काफ्ले, पूर्व सभासद् शिला कतिला, जिल्ला कमिटी सदस्य तथा बनेपा नगर ईन्चार्ज कुमार तिमल्सिना, बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादे वडा अध्यक्ष बलराम अधिकारी लगायतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रमको भेलाले समिता थापाको अध्यक्ष सागर मानन्धर उपाध्यक्ष सचिव सन्तोष दाहाल रहेको ५१ सदस्य वडा कमिटी गठन गरेको छ । त्यसै गरी अनेम संघ संयोजक माधुरी कर्मचार्य सचिब लिला कार्की युवा संघ संयोजक सबिन थापा सचिब मिलन थापा रहनु भएको छ । 
कार्यक्रम सञ्चालन जिल्ला कमिटी सदस्य साधुराम दाहालले गर्नु भएको थियो भने सभापतित्व जिल्ला कमिटी सदस्य एवं वडा संयोजक मनराज महतले गर्नु भएको थियो । 
त्यसैगरी नेकपा नपा वडा नं ४ को वडा भेला बाट रामगोपाल कर्माचार्य संयोजक, उप संयोजक नवराज श्रेष्ठ र सचिव श्रीधर पराजुली सहित ५१ सदस्यीय वडा संगठन कमिटी गठन गरिएको छ । 
भेलाको प्रमुख अतिथी संविधान सभा सदस्य नेकपा केन्द्रीय सदस्य रामहरि सुवेदीले गर्नु भएको थियो ।  कार्यक्रममा  जिल्ला कमिटी सदस्यहरु तुला प्रसाद दाहाल , रामशरण दाहाल, वडा अध्यक्ष तथा जिल्ला कमिटी सदस्य श्यामसुन्दर श्रेष्ठ, वडा अध्यक्ष तथा जिल्ला कमिटी सदस्य कृष्णप्रसाद दाहाल ,यादव कृष्ण श्रेष्ठ, पुराना कम्युनिस्ट नेता कृष्ण बहादुर कर्माचार्य लगायतको सहभागिता रहेको थियो । 
कार्यक्रम संचालन श्याम सापकोटाले सभापतित्व रामगोपाल कर्माचार्यले गर्नु भएको थियो ।