दुई सिर्जनशिल र जाँगरिला युवाहरुले ईन्टरनेट र प्रविधिलाई समय विताउने थलोको रुपमा मात्र नलिएर व्यवसायकै रुपमा रुपान्तरण गरेका छन् । फोन एव सामाजिक संजालहरु फेसबुक र इस्टाग्रामको प्रयोग बाट खाजाका विभिन्न परिकारहरु अनलाईन बाट सिधै घरमै डेलिभरी गर्ने उदेश्यले “साक्क फुड फ्याक्ट्री” नामक अनलाई व्यवसाय दर्ता गरी गत २०७७ मंसिर पहिलो साता बाट युवाहरु द्धयले आफ्नो सेवा सुचारु गरेका छन् । मानव जिवनलाई सहज र छिटो बनाउने आविष्कारहरु नै बास्तवमा प्रविधि हुन । पछिल्लो आधा शताब्दीको सबै भन्द्या ठूलो मानव आबिष्कार नै ईन्टरनेट हो । र यसैलाई आफ्नो व्यवसायको मुख्य हतियार बनाउदै आशालाग्दो तवरले धुलिखेल ६ का ३० बर्षिय युवा निल्सन बरुण श्रेष्ठ र बनेपा ६ का ३१ बर्षिय युवा विवके न्यौपान्येको सयुक्त प्रयासमा “साक्क फुड फ्याक्ट्री” नामको अनलाई व्यवसायले सार्थकता पाएको हो । र सो व्यवासय हाल धुलिखेल ७ स्थित सरस्वती बजार बाट संचालन हुदै आईरहेको छ ।
- साक्कको तीन चरणको सेवा
पहिलो चरणमा ग्राहकले हालेको गरेका भेरिफाई गर्न ग्राहकलाई फोन गरिन्छ या ग्राहक स्वयम आफैले खाजा अर्डर गरिन्छ ।
दोस्रोमा ग्राहककोलाई दिएको समय र अर्डर अनुशार ताजा खाजा तयार गरिन्छ
तेस्रो तथा अन्तिम चरणमा ग्राहकले दिएको लोकेशनमा “साक्क फुड फ्याक्ट्री”का कर्मचारीद्धारा गई खाना पुर्याउने काम गरिन्छ ।
- साक्क मःम/साक्क बिर्यानी/साक्क गोछुजाँग्ज लोकप्रिय
विभिन्न खाजाका परिकारहरु मध्येमा पनि मःम,बिर्यानी र कोरियन स्वादको चिकेन डिक साक्क गोछुजाँग्ज ग्राहकहरुले बढी रुचाउने गरेको साक्क का संचालकद्धय विकेक न्यौपान्ये र निल्सन बरुण श्रेष्ठ बताउछन् । पछिल्ला दिनहरुमा साक्कद्धारा चिकेन डाईनामाईट ,आलु डाईनामाईट ,स्टीक फुडहरु सँगै बर्थडे केक र नेवारी खाजा सेटका परिकारहरु पनि डेलिभरी गर्दे गईरहेको छ ।
- भावी योजना
आगामी दिनहरुमा ब्यवसायलाई थप बिस्तार गर्दे लाने योजना छ र विवेक न्यौपाने भन्छन् ।
नेपालमा मोबाईल फोन र ईन्रनेटको सहज उपलब्धता र अति व्यस्थ जिवनशैलीका कारण यो व्यवसायको संभावना र आवश्यकता महशुस गरेको बताउदै हाललाई धुलिखेल, बनेपा, पनौती आसपासका क्षेत्रलाई लक्षित गरियता पनि निकट भविष्यमा अन्य नगर र जिल्लाहरुमा यस्को शाखा विस्तार गर्ने महत्वकाक्षी योजना रहेको संचालनकहरु बताउछन् ।





