बल्थली/स्थानीय निर्वाचनमा आन्तरिक अन्र्तद्वन्द्वका कारण पराजय भोगेको नेकपा एमालेसँग साविकको पूर्व माओवादी समेत एकिकरण भए पछि आत्तिएको नेपाली कांग्रेसमा फेरी संकट निम्तिएको छ । शनिबार पुर्व मन्त्री एवं सांसद नेकपाका जिल्ला इन्चार्ज नेकपा केन्द्रिय सदस्य गोकुल बास्कोटाले पार्टी प्रवेश गराउनु भयो ।
‘केहि समय अघि नेपाली कांग्रेसले पार्टी परित्याग गरेर बसिसकेका एक जना ब्यक्तिलाई बुढानिलकण्ठ पु¥याएर काँग्रेस प्रवेश गराउँदै नेकपा तथा मेरो हात छिनालेको फुर्ति लगाए’–नेता बास्कोटाले भन्नुभयो–‘नेपाली काँग्रेसकै सभापतिको घर आँगनबाट काँग्रेस छाडेर नेकपा प्रवेश गर्नेहरुलाई स्वागत, बधाई र शुभकामना ब्यक्त गर्दछु ।’ पार्टी भित्र गुटको राजनीतिमा रमाउन थालेको समयमा पार्टी सभापति समेत रहेका सभापति मधु आचार्यलाई आफ्नै घर छेउका अधिकांश नेकपा भए पछि आच्छु आच्छु परेको हो ।
पनौती नगरपालिका वडा नम्वर ११ बल्थलीबाट विगतमा नेपाली काग्रेंसमा सकृय राजनीति गर्ने यूवा राजनीतिमा नयाँ पाइला राख्ने जोसिला यूवा सहित ९९ जना यूवा नेकपामा प्रवेश गरेका हुन् । नेकपा वडा संयोजक नवराज थापाको सभापतीत्वमा भएको कार्यक्रमा नेकपाका नेताहरु रामहरी सुवेदी, बसुन्धरा हुमागाँई, भिम न्यौपाने, गिता बन्जरा, दैबलाल घिसिङ अनुशिल कुमार थाप, सुरेश हुमागाँई, शान्ता न्यौपाने, बिपिन लामा लगायतको उपस्थिति थियो ।
कार्यक्रमपछि पूवै मन्त्री बास्कोटाले नेपाली काग्रेंसले एक जना कार्यकर्ता लाँदा आफ्नो बाँया हात नै काटेको जसरी प्रचार गरको भन्दै एउटै वडाबाट काग्रेंसका मात्रै ९९ जना कार्यकर्ता नेकपामा प्रवेश गरेको भन्दै ट्विट गर्नुभएको छ । नेता बाँस्कोटाले विज्ञप्तिका भरमा पार्टी नचल्ने बताएका छन् । पार्टीका नेता÷कार्यकर्ताको भावना सहित उनीहरुको क्रियाशीलताले पार्टी चल्ने बताए । पार्टी विज्ञप्ति जारी गरेर होइन, जनताको बीचमा गएर पार्टीका गतिविधि देखाउनुपर्छ, अनि मात्रै पार्टीले गतिशीलता पाउँछ’–उनले भने ।







