2026 August 18/ 05:38: 44pm

धुलिखेल/काभ्रेपलाञ्चोक जिल्लामा एक वर्षको अवधीमा ५ सय ५७ वटा अपराधिक घटना भएका छन् । आर्थिक वर्ष २०७६÷०७७ मा जिल्लामा भएका घटनामा ५ सय ८२ जना अभियुक्त पक्राउ परेका छन् । 
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लाभर भएका घटनामा संलग्न ब्यक्तिहरुलाई मुद्दा चलाएको जानकारी दिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाका अनुसार अपराध न्यूनिकरणका लागि विभिन्न प्रयास गरिएको छ । अपराध मध्ये अपहरणको घटना एउटा भएको छ । अपरहण उद्योगमा ३ जना ब्यक्ति पक्राउ परेका छन् । हत्यासम्वन्धी ८ वटा घटनामा १३ जना पक्राउ परेका छन् । हातहतियार खरखजना सम्वन्धी मुद्दा ३ वटा भएका छन् । जसमा ३ जना पक्राउ परेका छन् । 
जिल्लामा एक वर्षको अवधीमा १ सय ९७ वटा दुर्घटना भएका छन् । जसमा ५७ जनाले ज्यान गुमाएका छन् । २ सय २० जना घाईते भएका थिए । घाईते मध्ये केहि दीर्घकालीन अपाङ्ग भएका छन् । लागु औषध नियन्त्रण अपराधमा १४ जना ब्यक्ति पक्राउ परेका छन् । पक्राउ परेका ब्यक्तिहरुबाट १८ केजी गाँजा, डाईजील्याब २३, फेनाएम ७६, नुर्फिन ७५, डाईजिपाम ५१, नाईट्रोभेट २ सय ७९ चक्की बरामद गरेको छ भने १ लाख ६६ हजार १ सय ८५ वटा गाँजाको बोट नष्ट गरिएको छ । लागु औषधमा ९ वटा मुद्दा दर्ता भएका छन् । 
असार मसान्तसम्ममा जिल्ला कारागार कार्यालय काभ्रेपलाञ्चोकमा कर्तब्य ज्यानका ४६ जना ब्यक्तिहरु रहेका छन् । जसमध्ये ३७ जना कैदी र ३ जना थुनुवा रहेका छन् । डाँका मुद्दाका १५ जना, जर्बजस्ति करणीमा ८१ जना, ज्यान मार्ने उद्योगमा ३ जना, लागु औषधमा २१ जना, चोरी अभियोगका १३, सवारी ज्यान÷सवारी अङ्गभङ्गमा १३ जना कारागार भित्र रहेका छन् । अभद्र ब्यवहारमा ४ जना, मानव अपहरण तथा शरीर बन्धक मुद्दामा ३ जना, सरकारी छाप किर्ते ठगी र बैदेशीक ठगीमा ३ जना, मानव बेचविखन÷जिउ मास्ने बेच्ने अभियोगमा ५ जना, बहुविवाहमा २ जना, अप्राकृति बाल यौन दुराचार ४ जना, बैकिङ्ग कसुर ऐनमा ७ जना, जर्बजस्ति करणी उद्योगमा ७ जना गरी २ सय २७ जना कारागारमा रहेका छन् । जस मध्ये ८३ जना बन्दी र १ सय ४४ जना कैदी छन् । जिल्लामा सबै भन्दा धेरै ब्यक्ति र मुद्दा जर्बजस्ति करणी र उद्योगका छन् । यौनसँग जोडिएर ९२ जना ब्यक्ति मुद्दा खेपिरहेका छन् । 
कोभिड नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाको संयोजकत्वमा कमाण्ड पोष्टको बैठक २३ पटक, जिल्ला संकट ब्यवस्थापन कमिटीको बैठक ३२ पटक गरिएको छ । नागरिकहरुलाई सचेतना गराउँदै कोभिड १९ बाट बच्न जिल्लामा भएका प्रयास, अस्पतालमा आईसोलेन वार्ड, पालिकाहरुमा क्वारेन्टाईन बेडको निर्माण गरिएको छ ।