2026 August 19/ 10:04: 13pm

मोतीराम तिमल्सिना
धुलिखेल

२०७६ चैत्र ११ गते शुरु भएको लकडाउनको अवधिमा जिल्लामा पहिलो पटक २०७७ जेष्ठ ३ गते काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ३ घर भएका २६ बर्षीय पुरुषलाई कोरोना संक्रमण देखियो । उनी काभ्रे जिल्लाका स्थायी बासिन्दा हैनन् तर पनि कार्यक्षेत्रका क्रममा उनमा देखिएको संक्रमण जिल्लाको पहिलो संक्रमण भएको ब्यक्तिका रुपमा दर्ता भएको छ । 
    जिल्लाबासीहरुमा पहिलो पटक बैदेशिक रोजगारबाट फर्किएका पाँच जनामा ब्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भयो । जसमा रोशी गाउँपालिकाका नागरिकहरु तीनजना छन् भने पाँचखाल नगरपालिकाका एक र पनौती नगरपालिकाको एकजना रहेका छन् । बैदेशिक रोजगारबाट फर्किएका नागरिकहरुलाई मात्रै देखिएको संक्रमण जेष्ठ २३ गते पनौती नगरपालिकाकी ३९ बर्षिया महिलामा देखियो । उनी घरबाट बाहिर गएकी थिइनन् । तर पनि उनमा देखिएको कोरोनाको श्रोत के हो ? पत्ता लाग्न सकेन । परिवारका सदस्य र सम्पर्कमा रहेका अन्य ब्यक्तिहरुमा समेत नदेखिए पछि स्वास्थ्यकर्मीहरुलाई त्यो चुनौतीको विषय बन्यो । असार २६ गते बनेपा १३ भैंसेपाटीका युवकमा देखियो । उनी काठमाडौमा कार्यरत थिए । बनेपा भैसेपाटी घर भई काठमाडौंमा कार्यरत उनीमा कोरोना देखिएको थियो । त्यहिदिन पनौती नगरपालिका वडा नम्वर २ की ४९ बर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भयो । पनौतीमा रहेका दुवैजना महिला अस्पतालबाट घर फर्किनु भएको थियो । सर्पले टोकेर टेकु अस्पताल पुग्नु भएकी कुशादेवीकी महिला र पनौतीकी अर्की महिला धुलिखेल अस्पतालबाट घर फर्कनु भएको थियो । बनेपा १३ का युवा काठमाडौं जाने आउने गरेका थिए । 
    समुदायमा कोरोना संक्रमण देखिएका ३० जना मध्ये १४ प्रहरी छन् । संघीय प्रहरी कार्यालय जनागालमा कार्यरत प्रहरी कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेमा कार्यरत भईं घर विदाबाट फर्किएका प्रहरी कर्मचारीमा संक्रमण देखिएको छ । उनलाई क्वारेन्टाईनमा राखिएको थियो । संघीय प्रहरीमा शुरुमा चालकलाई देखिएको कोरोना संक्रमण विस्तारै अन्य कर्मचारीहरुमा देखिएको हो । शिर मेमोरियल अस्पतालको आईसोलेसन वार्डमा कार्यरत एकजना कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ । सम्पर्कमा रहेका ब्यक्तिहरुको परिक्षण भईरहेको छ । 
समुदायमा रहेका मध्ये काठमाडौं घर भएका कागेश्वरी मनोहरा नगरपालिका ३ घर भएका २६ बर्षीय पुरुष नेपाली सेनामा कार्यरत छन् । महाभारत गाउँपालिका १ घर भएकी ५३ बर्षीया महिला पाटन अस्पतालमा उपचारका लागि पुगेकी थिईन् । भक्तपुरको क्यान्सर अस्पतालमा उपचारमा गएकी ३४ बर्षिया महिलामा कोरोना संक्रमण देखियो । मण्डनदेउपुर नगरपालिकाको क्वारेन्टाईनमा खाना पकाएर खुवाउने २९ बर्षिय पुरुषलाई कोरोना संक्रमण देखिएको थियो । धुलिखेल नगरपालिका वडा नम्वर ९ घर भएका ८२ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । आन्द्राको समस्या पत्ता लाग्न नसक्दा उनी बनेपाको कृष्णप्रसाद अस्पतालमा साउन १३ गते उपचारका लागि पुगेका थिए । सेनाको छाउनी अस्पतालमा साउन १२ गते पुगेका उनको समस्या पत्ता नलागे पछि पुनः उनी फर्किएका थिए । साउन १४ छाउनी अस्पतालमा भर्ना भएका उनको अप्रेसन भयो । अप्रेसन भएको केहि दिनपछि साउन २३ गते कोरोना संक्रमण पुष्टि भयो । उनि अहिले निको भईसकेका छन् । बनेपा नगरपालिका वडा नम्वर ७ गोदामचोकमा सिरक डस्नाको पसल गर्दै आएका सर्लाहीका एक परिवारका सदस्य १२ बर्षिय बालकमा साउन २५ गते कोरोना संक्रमण पुष्टि भयो । समुदायमा फैलदै गएको कोरोना संक्रमणको श्रोत पहिचान हुन सकेको छैन । तर सम्पर्कमा रहेका ब्यक्तिहरु मध्ये प्रहरीमा बाहेक अन्यमा कोरोना संक्रमण देखिएको छैन । मंगलबार धुलिखेल घर भई बानेश्वरमा बस्दै आएका ९२ बर्षिय बृद्धमा कोरोना संक्रमण देखियो । जन्मदिन मनाउन धुलिखेल आएका बृद्धलाई सोमबार साँझ स्वास्थ्यमा समस्या भएसँगै धुलिखेल अस्पताल लगिएको थियो । अस्पतालमा उपचारार्थ रहँदा उहाँमा कोरोना पोजेटिभ देखिएको हो । 
    साउन २८ गतेसम्मको तथ्याङ्कका आधारमा जिल्लामा कोरोना संक्रमण पुष्टि भएका नागरिकहरुको संख्या ५२ रहेको छ । जसमध्ये सबैभन्दा धेरै बनेपा नगरपालिकामा २३, पाँचखाल नगरपालिका ७, पनौती नगरपालिका ५, धुलिखेल नगरपालिका ५, रोशी गाउँपालिका ३, मण्डनदेउपुर नगरपालिका २, महाभारत गाउँपालिका २, बेथान्चोक गाउँपालिका १, भुम्लु गाउँपालिका २, तेमाल गाउँपालिका १ रहेका छन् । हालसम्म नमोबुद्ध नगरपालिका, चौरीदेउराली गाउँपालिका र खानीखोला गाउँपालिकाका नागरिकहरुमा संक्रमण देखिएको छैन । लिङ्ग र उमेरका आधारमा जिल्लामा महिला १०, पुरुष ४२ जनामा कोरोना देखिएको छ । जसमध्ये जेष्ठ नागरिक २, बालक १ रहेका छन् । जिल्लामा क्वारेन्टाईनको बेड संख्या ८ सय ५१ रहेको छ । क्वारेन्टाईनमा १ सय १७ जना रहेका छन् । १ हजार ८४ जना क्वारेन्टाईनमा बसेर फर्किसकेका छन् । २०७७ जेठ २३ पछि बैदेशिक रोजगारबाट ४ सय १६ जना फर्किएका छन् । 
संक्रमित क्षेत्र शिल
कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि जिल्ला स्थित संकट ब्यवस्थापन केन्द्र काभ्रेले कोरोना संक्रमण देखिएका ब्यक्तिहरु रहेको क्षेत्र शिल गर्ने निर्णय गरेको छ । संघीय प्रहरी इकाई कार्यालय जनागालमा कोरोना देखिए पछि शिल गरिएको हो । संघीय प्रहरी इकाईमा कार्यरत प्रहरी कर्मचारीहरु हरेक दिन घर आउने जाने भएकाले समुदाय स्तरमा कोरोना फैलन सक्ने भएकाले शिल गरिएको बताईएको छ । कार्यालय भित्र सबै प्रहरी कर्मचारीहरुका लागि क्वारेन्टाईनको ब्यवस्थापन गरिएको एसएसपी उमेशराज जोशीले बताउनु भयो । संक्रमण देखिएसँगै घर आउन रोक लगाईएको जोशीले बताउनु भयो । हालसम्म प्रहरी कार्यालयमा कार्यरत ४४ प्रहरीहरुको स्वाब संकलन गरि परिक्षण गरे पनि २१ जनाको मात्रै रिपोर्ट प्राप्त भएको छ । 
त्यस्तै बनेपा नगरपालिका वडा नम्वर ७ स्थित गोदामचोकमा कपडा पसल गरी बस्ने सर्लाहि जिल्ल्ला घर भएका परिवारका १२ बर्षिय सन्तानमा कोरोना पुष्टि भए सँगै बडा अध्यक्ष वर्ण शाक्यले उक्त क्षेत्रको गोदामचोक देखि धनेश्वर पुलसम्म सिल गर्ने निर्णय गर्नु भएको छ । जिल्ला स्थित संकट ब्यवस्थापन केन्द्रले काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न पालिकाहरुमा सञ्चालित क्वारेन्टिनहरुमा भारत तथा तेश्रो मुलुकबाट आएका नेपाली नागरिकहरुलाई जनस्वास्थ मापदण्ड बमोजिम १४ दिनसम्म राखी पिसिआर परिक्षणको नजिता आए पश्चात मात्र आप्mनो घर जाने अनुमति दिइने गरिएकोमा क्वारेन्टिनमा बस्दा सहज रुपमा समय व्यतित गर्न आवश्यक न्यूनतम सुविधाहरु इन्टरनेट÷टेलिभिजनको व्यवस्था मिलाउन सबै पालिकाहरुलाई अनुरोध गर्ने निर्णय गरेको छ । 
पाँचखाल नगरपालिका वडा नम्वर १ को अनेकोट क्षेत्रमा शिल गरिएको छ । गगले घर भएकी ५० बर्षिया महिलाको कोरोना संक्रमणका कारण निधन भएसँगै उक्त क्षेत्रमा शिल गरिएको हो । 
सेवा कटौती
बैठकले विश्वव्यापी रुपमा फैलिरहेको कोभिड १९ को संक्रमण नेपालमा पनि तिव्र रुपमा बढिरहेका सन्दर्भमा जिल्ला प्रशासन कार्यालयमा समेत सेवाग्राहीहरुको भिडभाड दिनानुदिन बढ्दै गइरहेको हुँदा संक्रमणको जोखिम बढ्न सक्ने देखिएकोले सोबाट बच्नका लागि जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोक, मालपोत कार्यालय, काभ्रेपलाञ्चोक र नापी कार्यालय काभ्रेपलाञ्चोकबाट दैनिक रुपमा प्रवाह हुने सेवाप्रवाहलाई २०७७ साल श्रावण २७ गते मंगलबारबाट अर्को व्यवस्था नभएसम्मका लागि धुलिखेल, पाँचखाल र पनौती नगरपालिकाका नागरिकहरुका लागि आईतबार, मंगलबार र विहिबार सेवा दिने निर्णय गरेको छ भने बनेपा, मण्डनदेउपुर र नमोबुद्ध नगरपालिकाका नागरिकहरुका लागि सोमबार, बुधबार र शुक्रबार सेवा दिने निर्णय गरेको छ । गाउँपालिकाका नागरिकहरुका लागि ६ दिन नै सेवा दिने निर्णय गरेको छ ।  
आईसोलेसन वार्ड बढाउने तयारी
बैठकले जिल्ला स्थित सबै नगरपालिकाहरुमा न्यूनतम १० दश वेडको आइसोलेशन भाद्र १ गते भित्र अनिवार्य रुपमा निर्माण गरिसक्न अनुरोध गरेको छ । त्यसैगरी धुलिखेल नगरपालिका स्थित धुलिखेलमा रहेको कोभिड लेभल ३ को धुलिखेल अस्पतालले ५० वेडको आइसोलेशन निर्माण गर्ने र बनेपा नगरपालिका रहेको शिर मेमोरियल अस्पतालले २० वेडको आइसोलेशन निर्माण गरी सोको जानकारी उपलिब्ध गराउन निर्देशन दिएको छ । जिल्लामा संक्रमण दर बढ्दै गएकाल २५ जना भन्दा बढी कुनै पनि कार्यक्रममा भेला, जम्मा तथा सभा समारोह गर्न नदिने गरेको निर्णयलाई थप कडाईका साथ कार्यान्वयन गर्ने निर्णय गरेको छ । 
काभ्रेमा कोरोना संक्रमणको स्थिति
२०७७ जेठ ३ गते 

२६ बर्ष, पुरुष – कागेश्वरी मनोहरा नगरपालिका ३, काठमाडौ
२०७७ जेठ २३  
२० बर्ष, महिला – रोशी गाउँपालिका वडा नम्वर २(गोदावरी नगरपालिका) 
    २१ वर्ष, पुरुष –  रोशी गाउँपालिका 
    २२ वर्ष, पुरुष – रोशी गाउँपालिका १०
    ३९ बर्ष, महिला– पनौती नगरपालिका
२०७७ असार १४ 
    २३ वर्ष, पुरुष – बेथान्चोक
२०७७ असार १७
    २४ वर्ष, महिला – बनेपा
    ३३ वर्ष, पुरुष – पाँचखाल ६
    ३६ वर्ष, पुरुष – पाँचखाल ९
२०७७ असार २१
२६ वर्ष, पुरुष – पाँचखाल
२९ वर्ष, पुरुष – पाँचखाल
२२ वर्ष, पुरुष – महाभारत
२८ वर्ष, पुरुष – बनेपा
२०७७ असार २४
    ३० वर्ष, पुरुष – धुलिखेल (उदपुर)
२०७७ असार २६
    ४० वर्ष, पुरुष – तेमाल ८ मेच्छे
    २६ वर्ष, पुरुष – पनौती ९
    ३४ वर्ष, महिला – बनेपा बुडोल
३० वर्ष, पुरुष – बनेपा १३, भैसेपाटी
२३ वर्ष, महिला – बनेपा (भोटमार्ग)
४९ वर्ष, महिला – पनौती २, कुशादेवी
२०७७ असार २९
    २७ वर्ष, पुरुष – मण्डनदेउपुर 
२३ वर्ष, पुरुष – पाँचखाल १०
२०७७ असार ३०
५३ वर्ष, महिला – महाभारत १
२०७७ साउन १
३९ वर्ष, पुरुष – पनौती बल्थली
२८ वर्ष, पुरुष – पनौती
२०७७ साउन ४
    २९ वर्ष, पुरुष – मण्डनदेउपुर 
२०७७ साउन १०
३२ वर्ष, पुरुष – भुम्लु
२०७७ साउन १६
    ३१ वर्ष, पुरुष – बनेपा ९
२०७७ साउन २०
    ३० वर्ष, पुरुष – बनेपा (संघीय प्रहरी) 
२०७७ साउन २१
    २५ वर्ष, महिला – बनेपा(दोलखा, संघीय प्रहरी)
    २० वर्ष, पुरुष – बनपा( ग्यारेज)
२०७७ साउन २२
    २९ वर्ष, पुरुष – बनेपा १
    ४६ वर्ष, महिला – धुलिखेल ७
२०७७ साउन २३
    ७३ वर्ष, पुरुष – धुलिखेल ९
२०७७ साउन २४
    ३० वर्ष, पुरुष – बनेपा (संघीय प्रहरी)
    ३५ वर्ष, पुरुष – बनेपा (संघीय प्रहरी)
३१ वर्ष, पुरुष – बनेपा (संघीय प्रहरी)
३६ वर्ष, पुरुष – बनेपा (संघीय प्रहरी)
५३ वर्ष, पुरुष – बनेपा (संघीय प्रहरी)
२३ वर्ष, महिला – बनेपा (शिरमेमोरियल अस्पताल)
२०७७ साउन २५
    १२ बर्ष, बालक– बनेपा (गोदामचोक) 
२०७७ साउन २६
    १९ बर्ष, पुरुष– भुम्लु 
    ४ प्रहरी– संघीय ३, जिल्ला प्रहरी १
    ५० वर्ष, महिला– पाँचखाल (निधन) 
२०७७ साउन २७
    संघीय प्रहरी – ३ 
    ९२ वर्ष, पुरुष– धुलिखेल

कुन पालिकामा कति संक्रमित
बनेपा नगरपालिका – २३
पाँचखाल नगरपालिका – ७
पनौती नगरपालिका – ५
धुलिखेल नगरपालिका – ५
रोशी गाउँपालिका – ३
मण्डनदेउपुर नगरपालिका – २ 
महाभारत गाउँपलिका – २
भुम्लु गाउँपालिका – २
बेथान्चोक गाउँपालिका – १
तेमाल गाउँपालिका – १
काठमाडौ – १ 
जम्मा संक्रमित – ५२ 


लिंग र उमेरका आधारमा संक्रमित 
महिला – १०
पुरुष – ४२
जेष्ठ नागरिक – २
बालक – १
समुदायमा रहेका संक्रमित – ३० 
बैदेशिक रोजगारबाट फर्किएका संक्रमित – २२ 

संक्रमण नदेखिएका पालिकाहरु
नमोबुद्ध नगरपालिका
चौरीदेउराली गाउँपालिका 
खानीखोला गाउँपालिका