बनेपा/शुलभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दशौ वार्षिक साधारण सभा कोभिड १९ को पालना गरी सामाजिक दुरीका साथ सम्पन्न भएको छ ।
सभाको उद्घाटन संस्थाका जेष्ठ सदस्य राधाकृष्ण तौजलेले गर्नु भएको थियो । प्रमुख अतिथी तौजलले कोभिड १९ को महामारीमा समेत सहकारीले सदस्यहरुलाई विभिन्न सुविधा दिएकोमा धन्यबाद दिनु भएको थियो । सहकारीको उदेश्य भनेको सदस्यहरुको आर्थिक, सामाजिक र सांस्कतिक जीबनस्तर सुधार्नु भएको तौजलेले बताउनु भयो । सहकारीले सदस्यहरुको हित र आबश्यकताका अधारमा पिछडिएका, गरिब र विपन्न सदस्यहरुमा मार्फत वित्तिय सेवा प्रदान गर्नुपर्ने तौजलले बताउनु भयो । सभामा संस्थाका अध्यक्ष विक्रम भैलले विश्वभरी देखिएको कोभिड १९ महामारीका कारण मानब सभ्यतामा समेत नकारात्मक असर परिरहेको बेला संस्थाले आफ्ना सदस्यहरुलाई दिनुपर्ने सेवा र सुविधालाई मध्यनजर गरी बन्दाबन्दीमा समेत कार्यलय सञ्चालन गरेको बताउनु भयो । सदस्यहरुको आर्थिक तथा भौतिक स्तरमा परेको असरलाई मध्यनजर राख्दै संस्थाले सम्पुर्ण कर्जामा शत प्रतिशत हर्जानामा र ब्याजमा ७ प्रतिशत छुट दिएको भैलले वताउनु भयो । संस्थाले आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तर दिदै आर्थिक वर्ष २०७६÷०७७ मा बनेपा नगरपालिका वडा नम्बर ११ मा रहेको अपाङ्ग अस्पताललाई ५० थान ब्ल्याङकेट प्रदान गरिएको र आगामी आर्थिक वर्षमा समेत निरन्तरता दिने भैलले बताउनु भयो ।
सभामा संस्थाका सचिव होमप्रसाद तिमल्सिनाले संस्थाको आफ्नै जग्गामा भवन निमार्ण कार्य शुरु गर्न लागिएको बताउनु भयो । संस्थाले आफ्ना कार्यहरु र सदस्यहरुलाई छिटो र छरितो सेवा प्रदान गर्नका लागी आर्थिक बर्ष २०७७÷०७८ मा बनेपा नगरपालिकाको भिमसेनस्थान मन्दिर जाने सहायक मार्गमा भवन बनाउन लागीएको तिमल्सिनाले वताउनु भयो । कोभिड १९ को महामारीमा समेत संस्थाले सदस्यहरुको हितलाई छुट दिएको बताउनु भयो । संस्थाका कोषाध्यक्ष दमनकुमार श्रेष्ठले संसथाको आर्थिक बर्ष २०७६÷०७७ मा कुल कारेबार २ अरब ८७ करोड ५३ लाख, शेयर पुँजी २ करोड ४० लाख ४९ हजार, बचत सकंलन ३६ करोड ५४ लाख ५७ हजार, ऋण लगानी ४४ करोड २१ लाख ६१ हजार र कुल नाफा १ करोड २२ लाख ५२ हजार ३ सय २८ रहेको सभामा जानकारी दिनुभयो । संस्थाको लेखा तथा सुपरिबेक्षण समितीको प्रतिबेदन संयोजक श्रीमती आरती श्रेष्ठले सभामा पेश गर्नु भएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष विक्रम भैलको सभापतित्वमा सम्पन्न भएको थियो ।





