2026 August 19/ 04:45: 27pm

धुलिखेलमा ५०, बनेपामा ६५, पा“चखालमा ३०, नमोबुद्धमा ८ बेडको क्वारेन्टाईन

       सरकारले देशभर नागरिकको सुरक्षाका लागि आव्हान गरेको ‘लकडाउन’ अधिकांश स्थानमा अटेर गरिएको छ । समुहमा जम्मा भएर हिड्ने, कतैकतै चिया होटलहरु संचालन गरी भिडभाड गर्ने तथा सवारी साधन संचालन गरी ‘लकडाउन’ ो उल्लंघन गरेका हुन् । 
    ‘लकडाउन’ कार्यान्वयन गर्न अधिकांश जिल्लाहरुले कफ्र्यु घोषणा गरेका छन् । ‘हामीले विशेष अवस्थामा प्रयोग गरिने स्थानीय प्रशासन ऐन अनुसार लकडाउन कार्यान्वयनको आब्हान गरेका छौं’–प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले भन्नुभयो–‘जनता घरबाट बाहिर ननिस्किकन सहयोग पु¥याउनु पर्छ । यो सबै नागरिकको सुरक्षाका लागि हो ।’ शहरी क्षेत्रमा ‘लकडाउन’ उल्लंघन गर्नेहरुको संख्या धेरै छ । गाउँमा अझै त्यसको प्रभाव छैन । नागरिकहरुले ‘लकडाउन’ गरेर सुरक्षित हुने भन्दा पनि समुहमा जम्मा भएर भिडभाड गर्नु रमाईलो मानिरहेका छन् । ‘लकडाउन’ सरकारले नागरिकहरुको सुरक्षाका लागि आब्हान गरेको हो । ‘लकडाउन’ मानेनन् भने कफ्र्यु समेत लगाउने तयारीमा सरकार पुगेको छ । 

धमाधम क्वारेन्टाईन
    स्थानीय सरकारको सहयोगमा नेपाली सेनाले क्वारेन्टाईन निर्माण गरिरहेको छ । धुलिखेल नगरपालिकाको सहयोगमा सञ्जीवनी नमुना माविमा ५० बेडको क्वारेन्टाईन निर्माण गरेको विष्णु दल गण धुलिखेलले बनेपामा नगरपालिका र रेडक्रसको सहयोगमा रेडक्रस तालिम केन्द्रमा ६५ बेडको क्वारेन्टाईन निर्माण गरेको छ । पोलिटेक्निक स्कुल र अन्य क्षेत्रमा थप क्वारेन्टाईनको निर्माण शुरु भएको छ । नेपाली सेनाले एक सय शैयाको क्वारेन्टाईन निर्माण गरेको छ । त्यसैगरी पाँचखाल नगरपालिकाले पनि समाजकल्याण चोकमा ३० बेडको क्वारेन्टाइन निर्माण गरेको छ । त्यस्तै नमोबुद्ध नगरपालिकाले पनि ८ बेडको क्वारेन्टाइन निर्माण गरेको छ । 
    जिल्ला सुरक्षा समितिको बैठकले सबै नागरिकहरुलाई घर भित्रै बस्न अनुरोध गर्दै सरकारले गरेको निर्णय मान्न अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले सुरक्षा समितिको बैठकले अत्यावश्यक सेवाका लागि सवारी साधन र ब्यक्तिको पास उपलब्ध गराउने निर्णय गरेको जानकारी दिदै ‘लकडाउन’को कार्यान्वयन गर्न र अटेर गरे कानुन अनसार कारवाही गर्ने चेतावनी दिनु भएको छ । प्रहरीले लकडाउन कार्यान्वयन गर्न बनेपा र आसपासका क्षेत्रमा माईकिङ्ग गरिरहेको छ । जिल्ला सुरक्षा समितिले लकडाउनको अनुगमन गरिरहेको छ । 
    धुलिखेल नगरपालिकामा सोमबार ५० शैयाको क्वारेन्टाईन तयार गरिएको विष्णु दल गण धुलिखेलका गणपति कर्णेल सुबास खड्काले जानकारी दिनुभयो । नगर प्रमुख अशोक ब्याञ्जुले क्वारेन्टाईनका लागि आवश्यक पर्ने अन्य थप सहयोग नगरपालिकाले उपलब्ध गराईदिने जानकारी दिनु भयो । बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिं बादे श्रेष्ठले बनेपाको रेडक्रस तालिम केन्द्रमा ६५ शैयाको क्वारेन्टाईन निर्माणका लागि विष्णु दल गण धुलिखेललाई अनुरोध गरिएको बताउनु भयो । थप शैयाका लागि नगरपालिकाले पोलिटेक्निकल स्कुल र अन्य क्षेत्रमा तयारी गरेको छ । गणपति कर्णेल सुवास खड्काले शैया निर्माणका कार्य अन्य क्षेत्रमा पनि शुरु गरिएको बताउनु भयो ।     जिल्ला प्रहरी प्रमुख एसपी रविकुमार पौड्यालले सरकारको निर्णय कार्यान्वयन गराउन मातहतका सबै चौकीहरुलाई निर्देशन दिएको र अनुगमन पनि भईरहेको बताउनु भएको छ ।
    लकडाउनको उल्लंघन गर्दै स्थानीयहरु चोकचोकमा जम्मा भएका छन् । धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार व्याञ्जूले सञ्जीवनी नमूना बिद्यालयमा नगरपालिका, जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, प्रहरी लगायतको सहयोगमा निर्माण थालिएको जानकारी दिनुभयो । धुलिखेल अस्पतालमा आइसोलेसन कक्ष तयार भइसकेको जानकारी दिनुभयो । धुलिखेल अस्पतालमा सामान्य उपचारमा रहेका तीन सय बिरामीलाई घरमा पठाएर त्यहाँ पनि खाली गर्न लागि बताउनुभयो । अस्पतालमा  पाँच सय बेड छन ती मध्ये तीन सय वटा कोरोनाका बिरामी आए भने उपचार गराउने गरी प्रबन्ध मिलाउन लागेका छौँ । उहाँले उपचारका लागि मेडिकल टिम बनाइ आवश्यक परे थप ५० बेडको क्वारेन्टाइन बनाउने तयारी थालेको जानकारी दिनुभयो । धुलिखेल नगरपालिकाले नगरपालिका भित्र र नगरपालिका बाहिरबाट नगरपालिका भित्रने क्रममा हुन सक्ने सम्भावित क्षेत्रहरुमा सुरक्षा अपनाउँदै स्वास्थ्य सुरक्षाप्रति संवेदनशील हुने वातावरण बनाउन सतर्क रहने विषयमा विभिन्न निर्णयहरु गरी कार्यान्वयनमा जुटेको ब्याञ्जुले जानकारी दिनुभयो । ‘आम नागरिकलाई सचेत सुरक्षित र संयमित रहन, संघीय तथा प्रदेश सरकारका निर्णयहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न, अत्यावश्यक बाहेकका पसल तथा बजार बन्द गर्न, यातायात क्षेत्रमा भीडभाड नियन्त्रणका लागि अनुरोध गरेको थियो । नगरको विपद् व्यवस्थापन समितिले क्वारेन्टाइन सेवाका लागि समुदाय तथा होटल, बिद्यालयका भवनहरु तथा अन्य उपयुक्त स्थानहरु प्रयोग गर्ने, चोक चोकमा मानिस जम्मा हुन नदिन जनप्रतिनिधि, प्रहरी तथा सरोकारवाला निकायबाट अनुगमन तथा सन्देश प्रवाह गर्ने, अत्यावश्यक सेवा बाहेक अन्य सेवा प्रवाह नगर्ने, सवै स्थानिय तहले अत्याबश्यक अबस्था बाहेक सर्वसाधारणलाई घरबाहिर ननिस्कन सुचना प्रवाहका लागि अनुरोध गर्ने निर्णय गरेको थियो ।
     संक्रमण रोक्न स्वास्थ्य कार्यालयले माघ २६ गते पालिकाका स्वास्थ्य संयोजकहरुसँग आरआरटी बैठक बसी पालिकाहरुलाई सम्भावित महामारीलाई मध्यनजर गरी स्थानीय तहका स्वास्थ्य संस्थाहरुलाई पूर्व तयारी अवस्थामा रहन आवश्यक सावधानी अपनाउने जानकारी मुलक र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्रकुमार झाले बताउनु भयो । स्थानीय तहका स्वास्थ्य संस्थाहरुलाई आवश्यक औषधी लगायत अन्य सामाग्री यथासिघ्र पूर्व तयारी अवस्थामा राखी स्वास्थ्य कार्यालयसंँग समन्वय गरी समन्वयात्मक ढंगबाट अगाडी बढन निर्देशन दिईएको थियो । फागुन ६ गते बैठकबाट आफु बच्न र अरुलाई बचाउन सावधानी अपनाउने तथा यथासिघ्र पूर्व तयारी अवस्थामा राखी अन्य इन्फुन्जा ज्वरो, रुघाखोकी, निमोनिया जस्ता सरुवा रोगको तयारी अवस्थामा रहने साथै कोभिड–१९ लाई मध्यनजर गरी धुलिखेल अस्पताललाई पूर्व तयारी अवस्थामा रहन र बनाई स्वास्थ्य कार्यालय सँग पारस्परिक समन्वय गर्ने निर्णय गरेको छ । 
    फागुन १३ गते स्वास्थ्य कार्यालयका प्रमुख नरेन्द्रकुमार झाको अध्यक्षतामा आरआरटी समितिको हरेक पालिकाका संयोजक, सह संयोजकहरुसँग बैठक बसी जनप्रतिनिधिहरुसँग कोभिड–१९ सँग सम्बन्धि जनचेतनामूलक कार्यक्रम संचालन गर्दै स्वास्थ्य शिक्षा सामाग्री तयारी गरि वितरण गर्ने निर्णय गरेको छ ।