2026 September 11/ 01:44: 54pm

दर्जन मुद्दा, ४२ पक्राउ पछि धरौटीमा

    धुलिखेल/२०८२ भाद्र २४ गते काभ्रेपलान्चोक जिल्लाका विभिन्न सरकारी तथा निजी संरचना भवन र सम्पत्ति माथि तोडफोड, आगजनी र लुटपाटमा संलग्नहरुको अनुसन्धान रोकिएको छ । अदालतमा दर्ता भएका मुद्दाहरुमा समेत प्रकृया अघि बढेको छैन । 
    फागुन २१ गते पछि बनेको सरकारले उक्त घटनामा संलग्नहरुको अनुसन्धान तत्काल अघि नबढाउन महान्यायाधिबक्ताको कार्यालय मार्फत सरकारी वकिल कार्यालयहरुमा पत्राचार गरेको थियो । उक्त घटनामा संलग्नहरुलाई कारवाही भएको छैन भने पीडितहरुले क्षतिपूर्ति समेत पाएका छैनन् । घटनामा संलग्नहरुको तथ्य र प्रमाण सहित दिएको किटानी जाहेरी हदम्याद सकिन लाग्दा प्रहरीले दर्ता गरेको हो । निर्वाचन सफल बनाउने एक मात्रै उद्देश्यलाई जिल्ला प्रहरी कार्यालयले अनुसन्धान थाति राखेको थियो । पीडितहरुले समयमा नै दिएको जाहेरी दर्ता नहुँदा पीडकहरुले उल्टो त्रासको वातावरण सिर्जना गरेको बताएका थिए । निर्वाचन सकिए लगत्तै प्रहरीले जाहेरी दर्ता गरी अदालत पठाई दिए पछि पीडकहरु आक्रोशित हुँदै सामाजिक सञ्जाल मार्फत समेत पीडितहरुलाई धम्कि दिन थालेका थिए । 
    जिल्लाको बनेपामा बनेपा नगरपालिका, इलाका प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, प्रहरी युनिट तथा विटहरु, युलेन्स स्कुल लगायतमा आगजनी गरिएको थियो । राजनीतिक दल नेकपा एमाले र नेपाली काँग्रेसको कार्यालयमा आगजनी गरिएको थियो । पनौतीमा पूर्व सांसद शिवप्रसाद हुमागाई, नगर प्रमुख रामशरण भण्डारी, उपप्रमुख गिता बञ्जारा, क्याप्टेन रामेश्वर थापा रामेश्वर थापा, गोपी थापा, वडा अध्यक्ष पुरुषोत्तम अधिकारी, पूर्व नगर प्रमुख भिम न्यौपाने, उनका छोराहरु दिपक न्यौपाने र विमल न्यौपानको घरमा तोडफोड, आगजनी र लुटपाट गरिएको थियो । 
    पनौती प्रहरी चौकी, प्रहरी विट र नगरपालिकामा पनि क्षति भएको थियो । कुशादेवी प्रहरी विट र वडा कार्यालयहरुमा ढुंगामुडा गरिएको थियो । धुलिखेलमा नगर प्रमुख अशोक ब्याञ्जुको घरमा आगजनी, लुटपाट र तोडफोड गरिएको थियो । प्रहरी विटमा आगजनी गरिएको थियो । २०८२ भदौ २५ गते कारागार कार्यालयमा कैदीहरुले आगजनी गरेका थिए । पाँचखाल, मण्डनदेउपुरको हिगुवापाटीमा रहेको प्रहरी चौकी र सवारी साधनमा आगजनी गरिएको थियो । पीडितहरुको तर्फबाट घटनामा संलग्न एक सय भन्दा धेरै विरुद्ध किटानी जाहेरी दर्ता गरिएको छ ।
    प्रहरीले शुरुमा बनेपा ९ लायकुबाट मण्डनदेउपुर ७ घर भएका सन्तोष श्रेष्ठ कटुवा पेस्तोल र ३६ राउण्ड गोली सहित २०८२ भाद्र २८ गते पक्राउ गरेको थियो । प्रहरीले उनलाई हतियारसहित पक्राउ गरेको भए पनि अभद्रमा मुद्दा दर्ता गरेको थियो । त्यस्तै बनेपा ९ नयाँबस्तिबाट हातहतियारको गोली राउण्ड सहित २०८२ भाद्र २८ र २९ गते प्रहरीले ७३० राउण्ड गोली फेला परेको थियो । २०८२ भदौं २४ गते इलाका प्रहरी कार्यालय बनेपाबाट लुटिएको गोली भएको पक्राउ परेकाहरुले बयान दिएका थिए । तर पनि प्रहरीले सबैलाई अभद्रमा मात्रै मुद्दा दर्ता गरेको थियो । प्रहरी आफै संकटग्रस्त अवस्थामा रहँदा रहँदै पनि प्रहरीले नागरिकको सुरक्षामा ध्यान केन्द्रित ग¥यो । निरन्तर ध्वंसात्मक आन्दोलनमा सक्रियहरुको खोजी गरी अनुसन्धान गरिरहेको प्रहरीले निर्वाचन लक्षित भन्दै गृहले जेनजी आन्दोलनमा संलग्न कसैलाई पनि तत्काल पक्राउ नगर्न र गरेको भए पनि छाड्न निर्देशन दिए पछि प्रहरी निश्क्रिय बनेको हो । 
    क्षति पुगेका अधिकांश प्रहरी कार्यालय स्थानीयको सक्रियतामा पुनर्निर्माण गरिएका छन् । ब्यक्तिका घरहरु पनि स्थानीयहरुको सहयोगमा पुनर्निर्माण शुरु गरिएको छ । राज्यका तर्फबाट कुनै सहयोग र क्षतिको राहत उपलब्ध गराएको छैन । अझै अधिकांश पीडितहरु आफन्तको साहरामा बसिरहेका छन् । 
    आन्दोलनका क्रममा २०८२ भदौ २३ र २४ गते प्रहरीले एसएलआर राइफलका जंगी राउण्ड १३, ब्याङ्क राउण्ड ४०, सर्टगनका रबर बुलेट ११ राउण्ड र ग्यास सेल ४६ राउण्ड प्रयोग गरेको तथ्यांक छ । त्यस क्रममा ६६१ जना प्रहरी परिचालन गरिएको थियो । जेन्जी आन्दोलनको क्रममा प्रहरीतर्फ पिकअप, डिस्कभर मोटरसाइकल, टाटा योद्धा गाडी र दुई वटा टीभीएस अपाचे मोटरसाइकलमा आगजनी तथा क्षति पुगेको थियो । प्रहरीले उक्त घटनामा संलग्नहरुलाई पक्राउ पनि ग¥यो । 
    पीडित परिवारले पनि किटानी जाहेरी दिए । तर राज्यले उनिहरुलाई अनुसन्धान गरी कारवाही गर्नुको सट्टा मुद्दा फिर्ता लिने प्रकृया शुरु ग¥यो । यसले अराजकता मच्चाउनेलाई मनोबल मात्रै बढाएको छैन पीडितहरु झनै पीडित भएका छन् । राज्यका निकायहरुलाई विभिन्न संघ संस्था तथा दाताहरुले सहयोग गरेका कारण तत्काल संचालनमा आउन सम्भव भयो । 
    ब्यक्तिका नीजि सम्पत्ति जलाउँदा भएको पीडा, क्षति राज्यले दोषिलाई कारवाही गरेर समेत उपलब्ध गराउन सकेको छैन । संलग्नहरु केहि बैदेशिक रोजगारमा जान असम्भव भए पछि मुद्दा फिर्ता लिईदिन अनुरोध गर्न थालेका छन् । 

यी मुद्दा दर्ता भए 
    निर्वाचन सकिए लगत्तै प्रहरीले पूर्व सांसद् शिवप्रसाद हुमागाई, उपप्रमुख गिता बञ्जारा, वडा अध्यक्ष पुरुषोत्तम अधिकारी, पूर्व नगर प्रमुख भिम न्यौपाने र छोरा दिपक न्यौपानेको आपराधिक उपद्रवको मुद्दा दर्ता गरेको छ । त्यस्तै धुलिखेलका नगर प्रमुख अशोक ब्याञ्जुको मुद्दा पनि दर्ता भएको छ । पार्टी कार्यालय जलेको मुद्दा दर्ता भएन । नगर प्रमुख रामशरण भण्डारीले जाहेरी नै दिएनन् । युलेन्स विद्यालयको काठमाडौमा जाहेरी दर्ता भएको छ । संलग्नहरु केहि फरार छन् । केहि हाजिरीमा छन् । केहि धरौटीमा छन् ।

मुद्दा नम्वर १ 

         २०८२ भाद्र २८ गते प्रहरीले हतियार सहित पक्राउ गरेको थियो । गोलिगठ्ठा सहित पक्राउ परेकाहरुलाई अभद्र ब्यवहारमा मुद्दा दर्ता गरिएको थियो । निम्न ब्यक्तिहरु पक्राउ परेका थिए । 
जिल्ला प्रशासन कार्यालय काभ्रेमा दर्ता गरिएको मुद्दा
१) सिराहा जिल्ला भगवानपुर गाउँपालिका २ का नरेशकुमार यादव (१० हजार धरौटीमा) 
२) ओखलुढुंगा कटुन्जे ४ का पासाङ तामाङ (१० हजार धरौटीमा)
३) संखुवासभा मकालु गाउँपालिकाका विकास राई (१० हजार धरौटीमा)
जिल्ला अदालत मार्फत 
१) सुशान्त लो, मकवानपुर बकैया गाउँपालिका ६ (१० हजार धरौटी पुनः पक्राउ )
२) अच्युत खड्का, बनेपा ९ (१० हजार धरौटी पुनः पक्राउ)
३) सिजन सुवाल, बनेपा ९ (१० हजार धरौटी पुनः पक्राउ )
४) तिमोथी तामाङ, तेमाल २ (१० हजार धरौटी पुनः पक्राउ )
५) सन्तोष श्रेष्ठ (१० हजार धरौटी)
६) प्रविण कार्की रामेछाप उमाकुण्ड गाउँपालिका (१० हजार धरौटी, पुनः पक्राउ )
७) महेशकुमार मुखिया, बारा बनौली सखुवा ८ (१० हजार धरौटी, पुनः पक्राउ )
८) सुबास गौतम, बनेपा ९ (१५ हजार धरौटी, पुनः पक्राउ) 

मुद्दा नम्वर २
अभियोग ः आपरधिक उपद्रव । इलाका प्रहरी कार्यालय बनेपा, ट्राफिक प्रहरी कार्यालय बनेपा र भवन भन्दा बाहिर राखिएका सवारी साधनहरु जलेर नष्ट भएको, प्रहरी चौकी पनौतीको भवन, पनौतीको सडक खण्डमा भएको प्रहरी विट, बनेपा चार दोवाटोमा रहेको प्रहरी विट, धुलिखेल बसपार्कमा रहेको प्रहरी विट तथा प्रहरीका संरचनामा क्षति पु¥याई हातहतियार लुटेको, लत्ताकपडा चोरी गरी आगजनी गरेको, प्रहरीको भण्डारकक्ष प्रवेश गरी भण्डारण कक्षको हातहतियारमा प्रयोग हुने गोली समेत लुटपाट गरिएको अभियोग छ । ५ करोड ४२ लाख ७६ हजार ४ सय ६८ रुपैया क्षति भएको उल्लेख छ । २०८२ मसिंर ८ गते अदालतमा उक्त अभियोग दर्ता गरिएको हो । 
पक्राउ पछि रिहा (धरौटीमा) 
१) साकार केसी, बनेपा, (९० हजार धरौटी)
२) अनिश सापकोटा, पनौती (६० हजार धरौटी) 
३) रविन्द्र परियार, पनौती (६० हजार धरौटी) 
४) अजय तामाङ (२० हजार धरौटी) 
५) समिर तामाङ (३० हजार धरौटी) 
६) सुबास तामाङ (३० हजार धरौटी) 
७) सुमन केसी (३० हजार धरौटी) 
८) ङेमा साँ मुक्तान (३० हजार धरौटी) 
९) रमेश तिमल्सिना (३० हजार धरौटी) 
१०) अभि शुद्धाकार (३० हजार धरौटी) 
११) भिम तामाङ (३० हजार धरौटी) 
१२) विशाल भ्लोन (३० हजार धरौटी) 

मुद्दा नम्वर ३ 

          पनौती नगरपालिका वडा नम्बर २ स्थित गोपी थापाले आफ्नै घरको कम्पाउण्डमा राखेको सिम्रिक एयरको हेलिकप्टर हानी नोक्सानी तथा क्षति पु¥याउने दुषित मनसायका साथ जेनजी समुहका नाममा हुलहुज्जत गरी प्रतिवादीहरु रवि धुसा समेतले धारिलो हातहतियार खुकुरी, बन्चरो, लाठी तथा पेट्रोल, वम, ग्याँस सिलिण्डर र अति प्रज्वलनशील पदार्थहरु समेत बोकि घरको मुल ढोका फोडेर घरभित्र पसी घरमा भएका दराज लकरहरु समेत फोडी नगद पैसा, गरगहना, लत्ताकपडा, ल्यापटप लगायतका सामाग्रीहरु डकैती गरी लगे । लैजान नसकेका सामानहरु त्यहि राखेर टिभी, दराज, खाट तथा अन्य महत्वपूर्ण सामानहरु, अन्नपात समेत भित्र नै राखेर प्रेट्रोल बम तथा सिलिण्डर बम समेत प्रयोग गरी विस्फोट गराई आगजनी गरी घर, घर नजिक राखिएको सिम्रिक एयरको हेलिकप्टर पुर्ण रुपमा जलाई नष्ट गरेको अभियोगमा उल्लेख छ । ज्यान जोगाउन छिमेकीको शरणमा बसेकी गोपी थापाले ९ करोड ४१ लाख रुपैयाँ क्षति भएकाले क्षतिपूर्ति सहित घटनामा संलग्नहरुलाई कारवाहीको माग गरेकी थिइन । संलग्नहरुलाई आपराधिक उपद्रव सम्वन्धी कसुरमा प्रहरीले अनुसन्धान गरे पनि अदालतले उक्त घटनाका सबैलाई धरौटीमा छाडेको छ । २०८२ साल मसिंर २२ गते जिल्ला सरकारी वकिल कार्यालय काभ्रेपलाञ्चोकले जिल्ला अदालतमा उक्त मुद्दा दर्ता गरेको थियो । 
पक्राउ पछि रिहा (धरौटी जनही १० हजार) 
१) रवि धुसा, २१ वर्ष, पनौती ७
२) लोकेश श्रेष्ठ, १८ वर्ष, मकवानपुर, हाल पनौती
३) अभिषेक नेपाली २७ वर्ष, पनौती २
४) श्याम तिमल्सिना, ३१ वर्ष, पनौती २
५) अजय खत्री, ३१ वर्ष, पनौती ८
६) केदार बस्नेत, ४२ वर्ष, पनौती ७
७) कोकिल थापा, ४३ वर्ष, पनौती ८
८) आईत देउला, ४३ वर्ष, पनौती ७
९) राम सापकोटा, ३१ वर्ष, पनौती ७
१०) दिपक खत्री, ४० वर्ष, पनौती १
११) विकास श्रेष्ठ, २१ वर्ष, पनौती ४

पछि अदालतमा उपस्थित
१) सुमनदेव चापागाई, ५४ वर्ष, भोजपुर हाल पनौती
२) गुणनिधी सापकोटा, ४५ वर्ष, पनौती २
३) गोपी हुमागाई, २५ वर्ष, पनौती १२
४) राजेन्द्र घिमिरे, २७ वर्ष, पनौती २
    

मुद्दा नम्वर ४
अभियोग ः आपराधिक उपद्रव । पाँचखाल प्रहरी चौकी भवनमा लुटपाट गरी आगजनी गरेको । प्रहरी प्रयोग गर्ने लत्ताकपडामा समेत आगजनी गरी हानिनोक्साी पु¥याएको । ५० लाख १८ हजार क्षति भएको । संलग्न ब्यक्तिहरु पक्राउ गरी मुद्दा दायर गरिएको छ । 
१) पाँचखाल ४ घर भएका १९ बर्षिय एलिज श्रेष्ठ (धरौटीमा) 
२) पर्सा पोखरिया नगरपालिका ९ का १९ बर्षिय अब्दुल कलाम मिँया तेली (धरौटीमा)
३) पाँचखाल १ का २४ बर्षिय अजय घिसिङ (फरार)

मुद्दा नम्वर ५ 
भक्तपुर प्रहरी समक्ष आफै आत्मसमर्पण गर्नेहरु (सबै धरौटीमा) 
१) भुम्लु–३ का ३४ वर्षीय रामशरण परियार
२) बनेपा–४ घर भई हाल भक्तपुर हनुमानघाट बस्ने ३२ वर्षीय रुपक परियार 
३) नमोबुद्ध–१ घर भई हाल बम्हायणी बस्ने २२ वर्षीय अमृत सुनुवार 
४) नमोबुद्ध–६ घर भई हाल भातेढिकुरमा बस्ने २२ वर्षीय विकास तामाङ 

मुद्दा नम्वर ६ 
प्रहरीको हत्यामा संलग्न अभियोगमा पक्राउ परेका 
१) युवराज क्याप्छ्याकी मगर, रोशी (पुर्पक्षका लागि थुनामा)