2024 September 11/ 09:22: 22pm

हाम्रो भेट सबैभन्दा पहिले भोजपुरमा भएको थियो । सबै भेट संयोग नै थियो । म भोजपुरमा कलेज पढ्थें । सदरमुकामै । मदन पार्टी कामले भोजपुर सदरमुकाम पुगेका थिए । साथमा पार्टीका मित्र अशोक राई पनि थिए । म र एकजना महिला साथी टुँडिखेलको बाटो भएर कतै जाँदै थिए । बाटोमा दुई अपरिचित भेट भयो । मेरा लागि अपरिचित । तर, मेरा साथीले अशोकलाई चिन्थे । उनीहरूले कुराकानी गरे । खासमा मेरा साथी मालेकै सेल्टरसँग जोडिएका थिए । अशोकसँग आउने नयाँ मान्छे पार्टीका कोही हुनुपर्छ भन्ने अनुमान ग¥यौं । अशोक र अपरिचित व्यक्ति जुन सेल्टरमा पुगे । म र साथी पनि त्यहीँ पुगे । कालो कालो वर्णको । ह्याट जस्तै पाराको टोपी लगाएका थिए । लामो–लामो जुँगा थिए । झट्ट हेर्दा फोर्समा काम गर्ने जस्तो । सामान्य मान्छेलाई यस्तै लाग्न सक्थ्यो । तर, अशोकसँग आउने पक्कै पार्टीको मान्छे हुनुपर्छ । हामीले अनुमान लगायौं । त्यो भेटमा सामान्य कुराकानी र चिनजान भयो । नयाँ मान्छेको नाम सागर रहेछ । भोजपुरेहरूले मदनलाई सागर भनेर चिने । अशोक र सागर मेरो डेरामा बिहानको सबेरै भेट्न पुगे । करिब डेढ घण्टा लामो राजनीति र पार्टीको कुरा गरे । अनि भुँईमा उज्यालो नखस्तै हिँडिहाले । सागरले पहिलो भोजपुर भ्रमणमा विद्यासँग दुई पटक भेटे । विशुद्ध पार्टी कामका लागि ।
    दोस्रो पटक मदन २०३७ फागुनमा फेरि भोजपुर पुगे । फागुन २१ गते पार्टीले सहिद दिवस मनाउने गथ्र्याे । त्यही कार्यक्रमका लागि भोजपुर आएका थिए । मदनले जुँगा पनि काटेछन् । अलि मोटाए जस्तो । पहिले भेटेका कार्यकर्ताका लागि पनि नयाँ लुक्स । पहिले भन्दा बिल्कुल फरक भएर आए । कार्यक्रम चाहिँ सदरमुकामभन्दा पर छिनामखु गाउँमा राखिएको थियो । हेमराज राईको घरमा । कार्यक्रम सकेर अशोक र मदन सदरमुकाम भएर फर्किए । मेरो डेरामा पसे । त्यहाँ पनि पार्टीकै कुरा भयो । भोजपुरको भेट पार्टी काममै सीमित भयो । मोरङको बाहुनी भन्ने ठाउँमा मेरो बुवाले केही जग्गा किन्नु भएको थियो । बुवाको मृत्यु पछि हाम्रो परिवार त्यहीँ बस्न थालेको थियो । परिवारको एकजना सदस्य मात्रै पहाडमा थिए । कलेजको पढाइले म पहाडमै बसेको थिएँ । मधेस झर्नु त छँदै थियो । मधेस र पहाड, उकालो ओरालो गरिरहन्थें । औपचारिक रूपमै प्रविणता प्रमाण–पत्र तहको पढाइ अवधि सकियो । । अब म मधेसमै बस्ने भएँ । घरमा पुरानै विषय तर नयाँ ढंगले फेरि प्रवेश पायो । बिहे । म सँग दुई उपाय थिए । परिवारले भनेकै ठाउँमा बिहे गर्ने एउटा उपाय थियो । यसो गर्दा पार्टीको सम्पर्क छोड्नुपथ्र्याे । त्यो अभियानलाई बिदा गर्नुपथ्र्याे । यो सुरक्षित र सजिलो उपाय । अर्काे पनि उपाय थियो । पार्टीलाई सूचना दिने । तर, पार्टीका सबै भूमिगत नेता–कार्यकर्तासँग नजिकको सम्पर्क र सम्बन्ध पनि थिएन । पार्टी भित्रै बिहेको सम्भावना कमजोर थियो । तर पनि मैले सूचना दिएँ । पार्टीको कार्यकर्ता व्यवस्थापन नीतिबारे थाहा थिएन । तर, महिला कार्यकर्तालाई जोगाएर राख्नुपर्छ भन्ने छलफल भयो या कुनै सोचका आधारमा निर्णय ग¥यो । बिहेको सूचनालाई सकारात्मक रूपमा लियो । र, पहिलो प्रस्ताव आयो । मदनको नाममा ।
    पढाईको औपचारिक कोर्स पूरा भए पछि म विराटनगर आएँ । पार्टीबाट प्रस्ताव भएकै थियो । त्यहाँ मदनसँग भेट भयो । कुराकानी भयो । अन्तर्मनमा कतै परिवारको स्वीकृतिमै बिहे गर्नुपर्छ भन्ने थियो । त्यो भेटमा यहि कुरा राखें तर यस्तो बिहेलाई परिवारले स्वीकार गर्दैन कि ? भन्ने भए पछि विषयले विश्राम पायो । सहमतिमै कुरा अगाडि नबढाउने भए । कुराकानी रोकिए पछि दोस्रो व्यक्तिको प्रस्ताव पनि आएन । समय पनि रोकिएन । ढिलै सही समय अघि बढिरह्यो । सात–आठ महिना बितिसकेको थियो । यही बेला मदनलाई पार्टीका तर्फबाट एउटा चिठी आयो । चिठीको व्यहोरा थियो । बिहेवारी जस्तो महत्वको विषयलाई एकैचोटि प्रस्ताव गर्ने र हुन्छ या हुँदैनमा निर्णय गरेर टुङ्ग्याउने होइन । यो विषयमा गम्भीरतापूर्वक सोच्नुपर्छ । पुनर्विचार गर्नुहोला । मदनले के सोचे कुन्नि ? फेरि दोस्रो चरणको कुराकानी अघि बढ्यो । मलाई हल्का तनाव जस्तै भएको थियो । घरमा नातेदारले प्रस्ताव ल्याइरहने । घरै जान मुस्किल । सेल्टर र पार्टी काममै व्यस्त । निर्णय गर्ने अवस्था बन्दै थियो । परिवारले भनेको, आमाले भनेको ठाउँमा बिहे गर्ने हो भने उद्देश्य बनाएर हिँडेको अभियान नै छाड्नुपर्ने भयो । गृहस्थीमा बित्ने भो बाँकी दिन । पार्टीको प्रस्ताव मानेर जाँदा आफ्नो अभियानले निरन्तरता पाउन सक्थ्यो । धमिलो धमिलो गरी मेरो विवेक खुल्यो । ठीकै छ, हुन्छ भन्ने संकेत दिएँ । ल, अब हुन्छ भन्ने निधो भयो । त्यसपछि पार्टी प्रक्रिया आदि इत्यादिले केही महिना बितेर गयो । दुवैले पार्र्टीलाई चिठी लेख्यौं । पार्टीमा छलफल चल्यो । प्रक्रिया पूरा गरेर पार्टीले स्वीकृति दियो । मिति र आयोजक पनि तोकिदियो । २०३९ साउन २४ गते । आयोजक नेकपा माले कोशी क्षेत्रीय कमिटी । त्यसपछि मदन पनि खुशी । मलाई पनि पार्टी राजनीति निरन्तर गर्न सकिने खुशी । निरन्तर राजनीतिमा सक्रिय भएकाले होला पार्टीका हरेक काममा मेरो उपस्थिती हुने गर्दथ्यो । पार्टी भुमिगत हुँदा मेरो सक्रियता त्यस्तै थियो । खुल्ला भए पछि पनि मेरो जिम्मेवारीवाट गर्नुपर्ने भूमिकामा कमी थिएन । 
    ४१ वर्षको हुनुहुन्थ्यो मदन । २०४८ साल असार १५ गते । दहि चिउरा खाने दिन । अहिले सरकारले उक्त दिन धान दिवसका रुपमा मनाउने गरेको छ । मेरो कान्छि छोरी निशाकुशम भण्डारीको जन्मदिन असार १५ गते हो । छोरी कराउँदै आईन् र भनिन मेरो जन्मदिन मनाई दिनुप¥यो । त्यतिबेलासम्म जन्मदिन मनाउने भन्ने चलन पनि थिएन । भर्खरै निर्वाचन सकिएको थियो । मदनले काठमाडौ जिल्ला निर्वाचन क्षेत्र नम्वर १ र ५ बाट चुनाव जित्नु भएको थियो । पहिला काठमाडौमा ५ वटा निर्वाचन क्षेत्र मात्रै थिए । अहिलेको संरचनाले पहाडमा निर्वाचन क्षेत्र घटेर तराई र काठमाडौमा बढेको छ । निर्वाचनमा लामो समय खटेका पार्टीका कार्यकर्ताहरु जो मदनका स्वयम्सेवकका रुपमा थिए । उनीहरुलाई घरमा बोलाएर एकदिन खाजा खुवाउनु पर्छ भन्ने सोचेको थिएँ । त्यो भन्दा अघि कहिल्यै मदनको जन्मदिन थाहा थिएन । नागरिकता पनि हेरेको थिईनँ । मागि विवाह हो । खास सोधखोज पनि थिएन । चुनावका बेला नागरिकताको फोटोकपी पेश गर्नु पर्ने रहेछ । तर पनि जन्मदिन कहिले हो ? थाहा थिएन । न्वारनको नाम पनि मोतिलाल भण्डारी रहेछ । पछि थाहा पाएँ । मैले छोरीको जन्मदिनको अवसर पारी एकैदिन निर्वाचनमा खटिएका स्वंयसेवकहरुलाई खाजा खुवाउने योजना बनाएर २०४८ असार १५ गते साँझ घरमा बोलाएँ । त्यहि खुशीमा थियौं हामी । कान्छी छोरी पनि खुशी भईन् । तर मदनले जिस्कँदै ब्यङ्ग गरेर भन्नुभयो– ‘मेरो पनि हिजो जन्मदिन थियो कसैले मनाई दिएन ।’
    काभ्रेले मलाई पुर्नताजगी गरायो । राष्ट्रपति हुनुअघि काभ्रेसँग मेरो विशेष सामीप्यता थियो । राष्ट्रपति हुँदा पनि भयो । साथीहरु नेपालमै पहिलो पटक ब्रम्हाको मुर्ति बनाएका छौं आईदिनु प¥यो भनेर निम्ता लिएर जानु भयो । मैले हुन्छ भनिदिएँ । सहभागी पनि भएँ । त्यसबाहेक विभिन्न कार्यक्रममा म सहभागि भएको छु । भुकम्पको समयमा अर्थात पार्टीले दिएका विभिन्न जिम्मेवारीहरुमा मैले सक्रियतापूर्वक काम गरेको थिएँ । अहिले धेरै साथीहरु यहाँ देखेको छु । भेट्न पाएँ । खुशी भएँ । मैले कुनै विषय विर्सिएको छैन । दायित्व भुलेको छैन । भर्खरै एमालेको निर्वाचन भएको थाहा पाएँ । निर्वाचितहरुलाई बधाई । एमाले विरुद्धको गठबन्धन हुँदा पनि गोकुल बास्कोटाले निर्वाचनमा जित्नु भयो । उहाँलाई पनि बधाई । सशक्त, विकासका लागि महत्वपूर्ण योगदान दिने युवा नेता बास्कोटाले जिल्लाका लागि पु¥याएको योगदान धेरै छ । धुलिखेल नगरपालिका, त्यसका प्रमुख अशोक ब्याञ्जु जसले धुलिखेललाई राष्ट्रिय र अन्र्तर्राष्ट्रिय स्तरमा विभिन्न योजना मार्फत चिनाउनु भयो । दिगो विकास लक्ष्यका लागि धुलिखेलले पुरा गरेका शर्तहरु महत्वपूर्ण छन् । 
    मदन बाँचुञ्जेल जन्मोत्सव मनाईएन । २०४८ असार १५ गते मदनले ब्यङ्ग गरेर भन्नु भएको त्यो कुरामा हामीले रमाईलो मात्रै ग¥यौं । २०४९ जेठ ३ गते उहाँको रहस्यमय निधन भयो । हामी र देशका कुनै पनि नागरिकले उहाँको मृत्युलाई सहज मानेका छैनौं । उहाँसँग हुनेहरुको पनि निधन भईसकेको छ । ढिलाचाँडो त्यसको रहस्य त खुल्ला नै । तर पनि त्यो घटना विर्सन सकिएको छैन । देशका लागि, एमालेका लागि र रास्ट्र र राष्ट्रियताका लागि त्यो ठुलो अभिशाप बन्न पुग्यो । तर पनि शोकलाई शक्तिमा बदल्दै नेकपा एमालेका कार्यकर्ताहरुले जनताको बहुदलीय जनवादलाई निरन्तर अगाडी बढाई रहेका छन् । मदनका ति विचार आज पनि उत्तिक्कै सान्दर्भिक छन् । महत्वपूर्ण छन् । साम्यवाद पुग्न ति विचार अत्यन्तै उत्सुक छन् । मदनप्रतिको सच्चा श्रद्धाञ्जली पनि त्यहि हो । २०५० असार १४ गते पहिलो पटक मदनको जन्मजयन्ती मनाईयो । म पहिलो संस्थापक सदस्य भएँ । बाँचुञ्जेल जन्मोत्सव नमनाएको मदनको जन्मजयन्ती त्यहि बेलाबाट शुरु भयो । काठमाडौ महानगरपालिकाको वडा नम्वर १ मा मदनको ४१ औ जन्मजयन्तीको अवसर पारेर गमलामा ४१ वटा विरुवा रोपण गरियो । पछिल्लो वर्ष बल्खुमा एमालेको केन्द्रिय कार्यालय निर्माणका लागि खरिद गरिएको जमिनमा इश्वर पोखरेल र प्रदिप नेपाल सहितको ब्यवस्थापनमा बृक्षारोपण गरिएको थियो । त्यस पछि विभिन्न समयमा विविध कार्यक्रमका साथ देशभर मदनको सम्झनामा जन्मजयन्ती मनाउन थालिएको छ । मदन जयन्तीका अवसरमा विविध कार्यक्रम आयोजना गरेकोमा काभ्रे जिल्लालाई धन्यवाद ।
    एमाले पार्टी अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा असार १४ गतेलाई राष्ट्रिय वृक्षारोपण दिवस घोषणा गरी हरेक वर्ष वृक्षारोपण गर्न शुरु गरिएको छ । मदन भण्डारीको जन्मजयन्तीसँग यसको सम्वन्ध छ कि ? जस्तो लाग्छ । हुन त मसँग उहाँको यस विषयमा कुराकानी भएको छैन तर मेरो मनले त्यहि भन्छ । असार १४ राष्ट्रिय वृक्षारोपण । उहाँको निधन पछिको पहिलो वर्ष वृक्षारोपण गरेर मनाउन शुरु गरिएको थियो । त्यहि दिनलाई स्मरण गर्दै सरकारले बृक्षारोपण वर्ष शुरु गरेकोमा धन्यवाद । मानव जीवनसँग प्रत्यक्ष सम्वन्ध राख्ने वनस्पतीको संरक्षण आवश्यक छ । कृषि प्रधान, जलश्रोतको धनी र हरियो वन नेपालको धन भन्ने नारा सानै देखि सुनिन्थ्यो । यसले मात्रै मुलुकलाई समृद्ध बनाउँन सक्दो रहेछ । वातावरण अनुकुल नहुँदा झेल्नु परेका समस्या, विश्वब्यापी मौषम अनुकुल तथा अन्य संकटहरुबाट बच्न, पानीको श्रोत बचाईराख्न पनि बृक्षारोपणलाई निरन्तर गरिराख्न र त्यसको संरक्षणमा ध्यान दिनु आवश्यक छ । 
    धुलिखेल नगरपालिका ११ मा निर्माण गरिएको मदनको शालिकमा पुग्ने अवसर पाएको थिईनँ । मदनको शालिकमा पुगेर माल्र्यापण गर्ने अवसर पाएँ । ३१ वर्ष पछि फेरी मैले ‘जिन्को बायोलयन’ नामक विरुवा रोपण गरें । मदनको तस्विरमा पनि माल्यार्पण गरें । मलाई खास बोल्न मन छैन । तर पनि मदनले त्यहि उमेरमा समाज, राष्ट्र र पार्टीलाई पु¥याएको योगदान, विचार र सिद्धान्त आज पर्यन्त उत्तिक्कै सम्झनयोग्य छ । कास्की जिल्लाको अधिबेशन सकेर काठमाडौमा हुने महिला भेलालाई सम्बोधन गर्न आउँदै गर्दा मदन र जीवराज आश्रित एउटै गाडीमा फर्कँदै गर्दा भएको दुखद् घटनाको पीडा अनेमसंघलाई पनि भयो । उहाँले सम्बोधन नगर्दै भएको घटनाले सधै असहज बनाई रह्यो । त्यतिबेला साहना प्रधान हुनुहुन्थ्यो अध्यक्ष । नेपालको कम्युनिष्ट आन्दोलन भित्रको टुटफुट, क्रान्तिकारी विचार निर्माण, नेकपा एमालेको निर्माण लगायतका विषयमा मदन भण्डारीले छोटो समयमा खेलेको भूमिका अविश्मरणीय छ । 
    देश निर्माण गर्न, साम्यवादसम्म पुग्न, देश र जनताको हितमा काम गर्न पार्टी पार्टी बीचको विवदा, पार्टी भित्रको विवाद अन्त्य गर्नु आवश्यक छ । आत्मकेन्द्रित नभई देश केन्द्रित सोच बनाउनु आवश्यक छ । दलाल पुँजिबादको दवदबा रहुन्जेल मुलुकको समृद्धि सम्भव छैन । त्यसैले मदनका विचारहरु देश र नेकपा एमालेको सम्पत्ति हो । त्यसको ब्यवहारतः प्रयोग भए मात्रै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ । सबैमा मेरो अनुरोध छ फुटेर हैन, जुटेर देशको रक्षा गरौं । विकास गरौं । समृद्ध बनाऔं । सुखी नेपाली, समृद्ध नेपालको निर्माणमा सबै जुटौं । जय देश । 


श्रीमती विद्यादेवी भण्डारी
पूर्व राष्ट्रपति