
सन् १९९१ अर्थात वि.सं. २०४८ सालमा गैरनाफामुखी, स्वायत्त र सामुदायिक विश्वविद्यालयको रूपमा काठमाडौ विश्वविद्यालयको स्थापना भएको थियो । प्रारम्भमा गुणस्तरीय शिक्षाको रूपमा ख्याति कमाएको यसले स्थापनाकालदेखि नै ‘नेतृत्वको लागि गुणस्तरीय शिक्षा’ (Education for Leadership भन्ने मान्यता बोकी अघि बढिरहेको छ ।
विशेष गरेर नेपालको प्राविधिक र गुणस्तरीय उच्च शिक्षाका अभियन्ता प्रा.डा. सुरेशराज शर्मा जो विश्वविद्यालयको संस्थापक उपकुलपति हुनुहुन्छ । उहाँका अनन्य मित्र प्रा.डा. भद्रमान तुलाधर, प्रा.डा. सीताराम अधिकारी लगायतका शिक्षाप्रेमी असल मित्रहरुको साथ, सहयोग र समर्थनमा निजी–स्तरमा विश्वविद्यालय स्थापनाजस्तो कठिन मार्गमा उत्साहका साथ अघि बढ्नु भएको थियो ।
यो तथ्य यहाँ कहाँ किन स्मरणीय गरिएको हो भने हरेक Towering personality को कद उचाल्न मरेरे काँध थाप्ने, उसको व्यक्तित्व तिखार्न आफू गुमनाम नेपथ्यमा रहेर संभव सबै उपाय गर्ने अहं भूमिका रहेको हुन्छ भन्ने सभ्य सम्झाउनु हो । कृतज्ञहरुले यो सत्यको सदैव स्मरण गरिरहन्छन् भने कृतघ्नहरू अहङ्कारले चुलिएर आफूले टेकेको धर्तिमा लात्ति बजार्छन र कुनै दिन उठ्नै नसक्ने गरी पछारिन्छन् पनि ।
आफ्नो मुख्य धर्म –कर्म भुलेर विभुवन विश्वविद्यालय राजनीतिको चास्नीमा चुर्लुम्म डुबेको र नेपालको उच्च शिक्षाको क्रमशः गुणस्तरमा हसोन्मुख बन्दै गएको, समकक्षी अन्य प्रतिष्पर्धी मैदानमा देखा नै नपरेको र विश्वबजार नेपालको लागि सहज गन्तव्य भै नसकेको स्थापनाको करीब दुई दशकसम्म का.वि.वि.को ख्याति, प्रतिष्ठा, सञ्चालित सङ्काय, अवलम्बित र अभ्यास गरिएका प्रणाली सबै–सबै अनुकरणीय, प्रशंसनीय र विवाद रहीत थिए । आर्थिक रूपले सबल, सक्षम र गुणस्तरीय शिक्षाका पक्षपाती अभिभावकको पहिलो रोजाइको विश्वविद्यालय थियो का–वि–वि । अन्यथा अर्थ लाग्दैन भने का.वि.वि.को स्वर्णिम कालखण्ड थियो, त्यो समय ।
सन् १९९१ मा आइ.एस्सी.बाट अध्यापन गरेको का.वि.वि.ले. अहिले मानविकी, व्यवस्थापन, विज्ञान, वाणिज्य, चिकित्साशास्त्र, इञ्जिनियरिङ्ग लगायतका विषयमा, सङ्कायमा एम फिल. र पीएच. डी. सम्मको उपाधि प्रदान गर्दै आइरहेको छ । अध्येता, अनुसन्धानकर्ताहरुका अनुसार देश, काल र परिस्थिति अनुसार मात्रामा फरक परे पनि शिक्षा र आर्थिक वृद्धिका बीच सकारात्मक सम्बन्ध हुन्छ । नोबेल पुरस्कार विजेता टीएच सुल्ज (सन् १९६१) का अनुसार आर्थिक वृद्धिको मुख्य कारणहरूमध्ये श्रमिकहरूको शिक्षामा गरिएको सुधार र वैज्ञानिक उन्नति, प्राविधिक उन्नति (जो स्वयम् शिक्षाका परिणाम हुन) हो ।
यसै तथ्यलाई पुष्टि गर्दै अर्थशास्त्री डेनिसले यन् १९२४– सन् १९५७सम्मको अमेरिकाको आर्थिक वृद्धिमा श्रमिकहरुको शिक्षामा गएको प्रगतिको १३% योगदान रहेको नगएका थिए । कोलम्बिया विश्वविद्यालयका विख्यात अर्थशास्त्री प्रो.ज्याकोब मिन्सरको दश वर्षको मध्ययन क्अजययष्लिन, भ्हउभचष्भलअभ ७ भ्बचलष्लनक (सन् १९६४) विषयक अध्ययनले देखाए अनुसार विद्यालय÷विश्वविद्यालयको शिक्षाको अवधि एकवर्ष मात्र थपिदा पनि ती व्यक्तिको वार्षिक आम्दानी –५–१०% ले बढेको थियो ।
अर्थशास्त्री बेकरका अनुसार शिक्षित मानिसहरुको आम्दानी देशको औसत आम्दानी भन्दा जहिले पनि बढी हुन्छ । पछिल्लो समय गुणस्तर र विशेषज्ञतालाई प्राथमिकतामा राख्न थालिएकोले अग्रणी शिक्षा –अर्थशास्त्रीहरु रोबर्ट व्यारो, एरिक हुनुसेक र नजर वोसमैनका अनुसार शिक्षाको गुणस्तर र आर्थिक वृद्धिबीच प्रभावकारी सकारात्मक सम्बन्ध हुन्छ । उल्लेखित अध्ययन÷अनुसन्धानको तात्पर्य हुन्छ कि–शिक्षा एउटा यस्तो शक्तिशाली उपकरण हो जसले गरिबी न्यूनीकरण, असमानता कम गर्न र दिगो आर्थिक विकासका आधारहरु तयार गर्न अद्वितीय योगदान गर्दछ । यसको अलावा शिक्षाले समयसापेक्ष संज्ञान निर्माण र वितरण, लोक–तान्त्रिक अभ्यास र लोकतान्त्रिक संरचनाहरुलाई सुदृढ गर्न टेवा प्रदान गर्दछ । बढ्दो विश्वब्यापीकरणको राप र तापमा हाम्रो जस्तो देशले द्यचबष्ल म्चबष्ल को पासोमा पर्नु परेता पनि विकसित देशलाई भने द्यचबष्ल न्बष्ल को अनुपम लाभ प्रदान गरिरहेको छ ।
तसर्थ, व्यक्ति, समाज, जिल्ला, प्रदेश र संघ सबैलाई समुन्नत र समृद्ध बनाउने सर्वाधिक अचुक औषधी शिक्षा हो । यसले श्रेष्ठ एवम् गुणवत्ता माननीय पूँजीको निर्माण गर्दै विचारको विकास र सुशासनको परिपालना–मा अद्वितीय योगदान गर्दछ । देशको पछिल्लो प्रशासनिक विभाजन अनुसार वागमती प्रदेशमा पर्ने काभ्रेपलाञ्चोक जिल्ला १३९६ वर्ग कि.मी. मा फैलिएको मध्यपूर्वी पहाडी भूभागमा पर्ने जिल्ला मध्येको एक जिल्ला हो । जिल्लाको धरातलीय विविधतासँगै –हावापानीमा न्यूनाधिक अन्तर भएता पनि मूलतः न्यानो समशितोष्ण हावापानीको वाहुल्यता रहेको यस जिल्लाको जनसंख्या ३,६४,०३९ र वार्षिक जनसंख्या वृद्धिदर – ०.४६% रहेको छ । साक्षरता प्रतिशत भने ५५.६८% रहेको छ । जसमा पुरुषको साक्षरता प्रतिशत ८४.१४ र महिलाको साक्षरता प्रतिशत केवल ६५.६०% रहेको छ ।
शिक्षातर्फ केलाउने हो भने कुल साक्षर जनसंख्याको ४.८५% ले स्नातक वा सोसरह, १.६१% ने स्नातकोत्तर वा सोसरह वा सोभन्दा माथिको शिज्ञा हासिल गरेका छन् । व्यवस्थापन विषयमा (३९.६२%), शिक्षामा ( ३१.०२%), मानविकी तथा समाजशास्त्रमा (१०.३५%), विज्ञान प्रविधि विषयमा (५.८३%), स्वास्थ्य, चिकित्सा शास्त्रमा (४.७४%), इञ्जिनियरिङ्ग मा (१.०५%) र कृषि, वन, कानून, पशुविज्ञान, कम्प्यूटर विषयमा शैक्षिक उपाधि हासिल गर्नेको आँकडा १% भन्दा कम रहेबाट आफ्नै काखमा अवस्थित काभ्रेपलाञ्चोक जिल्लाले अपेक्षित लाभ लिन नसकेको र का .वि . वि.पनि यसतर्फ सजग हुन नसकेको देखिन्छ । चुहिएर÷पोखिएर पर्ने असर (कउष्िि यखभच भााभअत’) को कुरा अर्कै भयो ।
पछिल्लो जनगणना अनुसार काभ्रेपलाञ्चोक जिल्लामा १० वर्ष वा यो भन्दा माथिका ३,१२,१६१ जना मध्ये १,२९,०४१ अर्थात ७३.४०% आर्थिकरूपले सक्रिय र ८१,९२० जना अथीत २६.६०% आर्थिक रुपले निष्क्रिय जनसंख्या रहेको छ । आर्थिक रुपले सक्रिय मध्ये कृषिमा ६८.९२२, सामान्य पेसामा १४.६१%, व्यापार व्यवसायमा ४.६०% र अन्य पेसामा नगण्य प्रतिशतको संलग्नता रहेको तथ्य आँकडाले दर्शाउँछ । परम्परागत पेसाको आधुनिकीकरण, व्यवसायीकरण, प्रविधिकरण र कृषि पेसाबाट उद्योग, सेवा, व्यवसायिक क्षेत्रमा फड्को नमारी काभ्रेपलाञ्चोक जिल्ला समृद्धिको चरणमा प्रवेश नगर्ने भएकोले यतिखेर सम्मृद्धिको लागि ध्यान दिनुपर्ने मुख्य विषय भनेकै मानवीय पुँजी निर्माण हो । यो काम का. वि. वि. जस्ता गुणस्तरीय शिक्षामा समर्पित संस्थाहरुबाट मात्र संभव हुन्छ ।
मोटो रूपमा हेर्दा केही उच्च दत्त जनशक्ति उत्पादनमा का.वि.वि.को योगदान प्रशंसनीय रहेता पनि गौर गरेर नियाल्दा आफू अवस्थित जिल्लाको अनेकानेक विशेषता, संभाव्यता, साम्ध्येता र आवश्यकताको खोज, अध्ययन, अनुसन्धान र सोही अनुसारको योगदानमा काठमाडौ विश्वविद्यालयले चाहिने जति मात्रामा गंभीर बन्न नसकेको तथ्य सत्य हो । काभ्रेपलाञ्चोकको जिल्लाको पहिचानमा का.वि.वि. को जुन योगदान रहेको छ, त्यति योगदान समृद्धिको क्षेत्रमा रहेको छैन । यो सत्य अप्रिय लागे पनि सम्बधित सबैले आत्मसात् गर्नै पर्दछ । काभ्रेपलाञ्चोक बासीले पनि यस विषयमा काठमाडौ विश्वविद्यालयको ध्यानाकृष्ट गर्नुपर्दछ ।
गुणस्तरीय शिक्षाको विरासत वहन गर्दै आएको का.वि.वि.अहिले उपकुलपति चयनको प्रसव पीडामा छ । यस भन्दा अघि उपकुलपति चयन भन्दा यो पछिल्लो पटकको चयनको विषय अलि पेचिलो, अनि सकसपूर्ण र अलि दाउपेच पूर्ण बन्दै गएको हो कि भन्ने प्रतीत हुन्छ । क्रमशः खस्कँदो ख्याति, विद्यार्थी अभाव, बढ्दो शिक्षक, विद्यार्थी राजनीति, कमजोर नियन्त्रण प्रणाली, झाँगिदो आन्तरिक समस्या र कलह, सुशासनको पालनामा उदासिनता आदि जस्ता समस्याको मारमा परेको का.वि.वि.लाई अप्ठ्यारा रुपी चक्रव्युहमा पसेर त्यतै फस्ने अभिमन्यू नभएर आफ्नो दृढ आँट, साहस, सााहसिक र समन्वयकारी नेतृत्व क्षमता, पारदर्शी र आत्मानुशासनले परिपूर्ण भव्य व्यक्तित्व र समूहमा मिलेर काम गर्न र गराउन सक्ने कलाले निपुण काभ्रेलाई समेत अगाध माया गर्ने अभिमन्यूले मात्र समस्यै समस्याको खातले भरिएको चक्रव्यूह तोड्न सक्ने तथ्यलाई ख्याल गर्नुपर्ने देखिन्छ ।
का.वि.वि. को अबको नेतृत्व दूरदर्शी, साहसी, समयको पदचाप सहजै पहिल्याएर अनुशरण गर्न सक्ने, नातावाद, कृपावाद, लहैलहैवाद र आर्थिक लोभलालचबाट दश हात परै रहने, विश्वविद्यालयको मुख्य कार्य (अयचभ–ागलअतष्यल) मा किञ्चित सम्झौता नगरी विश्वविद्यालयको स्वायत्तता (ब्गतयलयmथ) रक्षाको लागि आवश्यक परे पद नै दाउमा लाउन सक्ने, सीमित घेरामा मात्र नरमाएर सबै सीमा र बन्धन पार गरेर विश्व ज्ञानगङ्गामा डुबुल्की मार्न सक्ने, दिनानुदिन गुम्दो का.वि. वि. को साखलाई पुनस्थापित गर्न दृढसंकल्पित हुने नेतृत्व का वि.वि.को अहिलेको पहिलो आवश्यकता हो । अनेक तिकडमले पद हत्याएर केवल पदमा बस्ने मात्र नभएर दिनरात काममा जुटी विश्वविद्यालयलाई विश्वस्तरमा नै स्थापित गर्न पहल गर्ने नेतृत्व का.वि. वि. र यसका शुभेच्छुकहरुले अपेक्षा गरेको विषय हो ।
नीति, विधि र सादगीपनमा रहेर प्रविधिको अधिकतम प्रयोगबाट ज्ञानको क्षेत्रमा भएको पछिल्लो विकास क्रमलाई समयमा नै सहजै आत्मसात गर्दै सोलाई पाठ्यक्रममा समावेश गरी बदलिँदो समयको मागलाई सम्वोधन गर्न सक्ने, तपसिलका विषयमा नअल्झत पूर्णरूपले शौक्षक अनुष्ठानमा खट्न सक्ने, काभ्रेपलाञ्चोक जिल्लालाई आफ्नै कर्म÷जन्मभूमि सरह मानी यसको समृद्धिको पथमा प्राज्ञिक योगदान गर्न सक्ने, निरन्तर अध्ययन, विश्लेषणमा सरिक भइ विचार प्रवाह गरी प्राज्ञहरुकाबीच छाइरहन सक्ने सुयोग्य व्यक्तिलाई उपकुलपतिको रुपमा का.वि.वि.ले वरण गरी पछि पछुताउन नपर्ने मार्ग पक्रन सक्नु पर्दछ ।
का.वि.वि.को उपकुलपति पद दीर्घकालीन महत्व राख्ने अति सम्मानित र गरिमामय कार्यकारी प्राज्ञिक पदमा उपयुक्त व्यक्ति छनौट गर्नुपर्ने विशेष घडीमा का.वि.वि.को संस्थागत समुन्नति र काभ्रेपलाञ्चोक जिल्लाको समन्यायिक समृद्धिको चाहना राख्ने राजनीतिक दल, नेता, सामाजिक संघ, संस्था र अभियन्ता, सञ्चारकर्मी, पेसाकर्मी, शिक्षासेवी, प्राज्ञिक सबैले राजनीतिक दाउपेच र अन्य क्षणिक स्वार्थ र सोचभन्दा माथि उठेर प्रतिस्पर्धामा सहभागी सबै विद्वतवर्गप्रति सम्मान जाहेर गर्दै काभ्रेपलाञ्चोक जिल्ला र आम काभ्रेपलाञ्चोकबासीको अन्तहृदयको आवाज सुन्दै अन्य जिल्ला र क्षेत्रका व्यक्तिले आफ्नो ठाउँ र गाउँबासीलाई माथि पुर्याउन गर्ने गरेको मरिहत्तेबाट पाठ सिक्दै स्वच्छ, पारदर्शी, उत्कृस्टतामा आधारित निश्पक्ष छनौट प्रणाली र स्वस्थ प्रतिस्पर्धाको माध्यमबाट काभ्रेली छोरा वा छोरीलाई सो प्रक्रियामा सफल तुल्याउन आ–आफ्नो ठाउँबाट योगदान गरी का.वि.वि. र काभ्रेपलाञ्चोक जिल्लाप्रति न्याय गर्न सक्नु पर्दछ ।
अन्तमा,
शिक्षा र समृद्धिका बीच प्रत्यक्ष सकारात्मक सम्बन्ध हुने तथ्यलाई मध्यनजर गर्दै काभ्रेको समृद्धिमा का. वि. वि. को अनुलनीय योगदान हुन सक्ने तथ्यलाई आत्मसात् गर्दै सोही अनुसारको सक्षम नेतृत्व चयनमा प्रभावकारी भूमिका खेल्न काभ्रेपलाञ्चोकबासीहरु, जागरुक हुनुपर्दछ । अस्तु ।