2026 September 07/ 03:08: 57am

    बनेपा/भोटेकोशी नदीमा आएको अप्रत्याशित बाढीबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि नेपाली कांग्रेस बनेपा नगर कार्यसमितिले २ लाख २३ हजार ३ सय ६४ रुपैयाँ सहयोग संकलन गरेको छ ।
    नेपाली कांग्रेस बनेपा नगर कार्यसमितिले स्थापना गरेको राहत कोषमा नगरअन्तर्गत विभिन्न तह र पदमा रहेका ५४ जना नेता तथा कार्यकर्ताबाट उक्त रकम संकलन गरिएको हो । संकलित रकम नेपाली कांग्रेस केन्द्रीय विपत् कोषमा जम्मा गरिएको नगर सभापति महेश कुमार कर्माचार्यले जानकारी दिए । नगर सभापति कर्माचार्यका अनुसार केन्द्रीय उपसभापति विश्वप्रकाश शर्माको रोहबरमा उक्त रकम केन्द्रीय विपत् कोषमा जम्मा गरिएको हो । केन्द्रीय विपत् कोषमार्फत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रकम उपलब्ध गराउने उद्देश्यले सहयोग संकलन गरिएको उनले बताए । 
    विपदमा परेका परिवारलाई राहत तथा सहयोग पु¥याउने उद्देश्यले कांग्रेस बनेपा नगर कार्यसमितिले आफ्ना नेता तथा कार्यकर्ताबाट स्वेच्छिक रूपमा सहयोग संकलन गरेको जनाएको छ । राहत कोषमा सबैभन्दा बढी नगर सभापति महेश कुमार कर्माचार्यले २५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका छन् । बनेपा नगरपालिका वडा नं. २ का नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले संयुक्त रूपमा २० हजार ५ सय ५ रुपैयाँ सहयोग गरेका छन् । त्यस्तै नगर उपसभापति हरिशरण घिमिरे र जिल्ला सदस्य तथा बनेपा वडा नं. १४ का अध्यक्ष टुल्कु लामाले ५ हजार ५ सय ५५ रुपैयाँका दरले सहयोग गरेका छन् । नगर उपसभापति नीलम श्रेष्ठ, वडा सभापतिहरू तथा विभिन्न तहमा रहेका नेता–कार्यकर्ताले समेत राहत कोषमा सहयोग गरेका छन् ।
    नगर कार्यसमितिका अनुसार राहत कोषमा सहयोग गर्नेहरूमा पार्टीका पदाधिकारी, वडा सभापति, जिल्ला सदस्य, महासमिति सदस्य, महिला नेतृ, युवा नेता, जनप्रतिनिधि तथा क्रियाशील सदस्यहरू रहेका छन् । नगर सभापति कर्माचार्यले विपद्को समयमा मानवीय सेवाका लागि पार्टीका नेता तथा कार्यकर्ताले आफ्नो क्षमताअनुसार गरेको सहयोग महत्वपूर्ण रहेको बताए । उनले विपद्मा परेका परिवारलाई तत्काल राहत उपलब्ध गराउन सहयोग पुगोस् भन्ने उद्देश्यले रकम केन्द्रीय विपत् कोषमा हस्तान्तरण गरिएको बताए ।

५४ जनाले गरे सहयोग 
    राहत कोषमा सहयोग गर्नेमा महेश कुमार कर्माचार्य, गोपाल श्रेष्ठ, योगराज दाहाल, रूपचन्द्र थापा, नवराज घिमिरे, महेन्द्र बिष्ट, राजु श्रेष्ठ, नीलम श्रेष्ठ, श्यामचन्द्र श्रेष्ठ, श्यामबहादुर कार्की, राजेन्द्र जोशी, नकुल केशी, टुल्कु लामा, हरी श्रेष्ठ, देबराज थापा, हरिशरण घिमिरे, राजेन्द्र थापा, निरञ्जन थापा, विश्वराम मानन्धर, धर्म मानन्धर, शुभलक्ष्मी मानन्धर, मनिषा तामाङ, हिटलर शाक्य, प्रेमकुमार कर्माचार्य, बुद्धशरण मानन्धर, रमेश दाहाल, नीमा दोर्जे तामाङ, बनेपा–२ का कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरू, त्रिरत्न राजबाहक, शान्तिरत्न शाक्य, जंगबहादुर महत, जयराम थापा, पीताम्बर दुलाल, रामेश्वरी मानन्धर, रामबाबु बस्नेत, सोनी बाज्राचार्य, रामप्यारी श्रेष्ठ, उत्तम मानन्धर, बेनगोपाल तौजले, गंगालाल प्रजापति, रोशन लामा, गौतम तामाङ, सरोज लामा, भुवनसिंह तामाङ, स्वयम्काजी पोटे, मुकुन्द बजगाई, महेश कायस्थ, सुनीता परियार, दिवाकर दाहाल, सुशील गुरुङ, जीवन मगराती, गुणप्रसाद दाहाल (राजु), विज्ञान श्रेष्ठ र भरत दाहाल रहेका छन् । कांग्रेस बनेपा नगर कार्यसमितिले विपद्का बेला संकलित सहयोगले प्रभावित परिवारको राहतमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।