बनेपा/काभ्रे ईलेक्ट्रिोनिक सघंको विशेष साधारण सभाबाट कमल अधिकारी अध्यक्ष पदमा चयन हुनु भएको छ ।
संघको सचिव मनोज कुँवर, कोषाध्यक्ष रामेश्वर आचार्य सदस्यहरुमा सरोज लामा, प्रतिमा पौड्याल, पूर्णराम तुलाधर, हुद्धराज तिमल्सिना र राजकुमार मैनाली रहनु भएको छ । विशेष साधारणसभाको प्रमुख अतिथी बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्य रहनु भएको थियो । प्रमुख अतिथी शाक्यलाई निर्वाचित पद्यादिकारीहरुलाई प्रमाण पत्र वितरण गर्नु भएको थियो । कार्यक्रममा शाक्यले बनेपा नगरलाई सफा र सुन्दर बनाउन सबै संघ संस्था ब्यबयासी र नगरबासीको दायित्व भएकाले नगरपालिकाले सबै पक्ष सँग समन्वय गर्ने बताउनु भयो । नगरले अब्यबस्थीत फुटपाथ, पार्किङ्ग र फोहोरमैला ब्यबस्थापनका कामहरु ब्यबस्थीत गर्न शुरु गरेको बताउनु भयो । लामो समय देखी बनेपा डुबान हुदै आएकोमा केहि सुधार भएको समेत नगर प्रमुख शाक्यले बताउनु भयो ।
कार्यक्रममा काभ्रे उद्योग बाणिज्य सघंका उपाध्यक्ष कैलाश पलाञ्चोके, नेपाल पत्रकार महासंघका उपाध्यक्ष रमेश न्यौपाने लगायतले शुभकामना राख्नु भएको थियो । कार्यक्रम संघका अध्यक्ष नरेशराज कायस्थको सभापतित्वमा सम्पन्न भएको थियो ।





