2026 October 09/ 04:33: 22am

    धुलिखेल/प्यासिफिक हस्पिटालिटी एन्ड कुलिनरी एकेडेमी (एज्ऋब्) र ओपल ग्लोबल स्किल्स एकेडेमी (इउब िन्यिदब िक्पष्ििक ब्अबमझथ) को संयुक्त आयोजनामा धुलिखेलस्थित हिमालय दृश्य रिसोर्टमा बनेपाका शैक्षिक परामर्शदाताहरूसँग ‘मीट एन्ड ग्रीट’ आयोजना गरिएको छ । 
    अन्तरक्रिया कार्यक्रममा विद्यार्थीहरूलाई वैदेशिक अध्ययन वा रोजगारीमा पठाउनुअघि सीपसहितको शिक्षा दिनुको महत्व, व्यावहारिक सीपका विषय तथा विद्यार्थीहरूलाई दक्ष बनाएर पठाउँदा हुने सहजताका बारेमा छलफल गरिएको थियो । कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष भुवन रायमाझी, फेकनका अध्यक्ष पदम लामा, प्यासिफिक हस्पिटालिटी एन्ड कुलिनरी एकेडेमी र ओपल ग्लोबल स्किल्स एकेडेमीका तर्फबाट सुनिता केसी, सरिना श्रेष्ठ, मनिषा श्रेष्ठ र रामकाजी थापा लगायतले विद्यार्थीहरू केवल सैद्धान्तिक ज्ञानमा मात्र सीमित नभई व्यावहारिक र सीपमूलक अध्ययनसहित वैदेशिक यात्रामा निस्कँदा उनीहरूको भविष्य सुरक्षित हुने र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्न सहज हुने विचार व्यक्त गरे ।
    प्यासिफिक हस्पिटालिटी एन्ड कुलिनरी एकेडेमी र ओपल ग्लोबल स्किल्स एकेडेमीले विशेष गरी वैदेशिक अध्ययन, रोजगारी तथा स्थानीय बजारलाई लक्षित गरी व्यावहारिक र सीपमूलक तालिमहरू प्रदान गर्दै आएका छन् । प्यासिफिक हस्पिटालिटी एन्ड कुलिनरी एकेडेमीले मुख्य गरी हस्पिटालिटी (आतिथ्य) र कुलिनरी आट्र्स (पाक शिक्षा र कुकिङ) सम्बन्धी सीपहरू सिकाउँछ । कमर्सियल कुक तथा सेफ तालिम व्यावसायिक कुकिङ, विभिन्न देशका खाना (इन्डियन, चाइनिज, कन्टिनेन्टल) तयार पार्ने सीप, किचन व्यवस्थापन र हाइजिन र खाद्य सुरक्षाका विषयमा तालिम प्रदान गर्छ । छोटो र लामो अवधीका तालिमहरुले विद्यार्थीहरुलाई अष्ट्रेलिया लगायतका देशमा जाने वितिक्कै रोजगारको अवसर हुनेछ । 
    बेकरी तथा पेस्ट्री अन्र्तगत पाउरोटी, केक, पेस्ट्री तथा बेकिङ सम्बन्धी व्यावहारिक सीप प्रदान गरिनेछ । पिज्जा मेकिङमा व्यावसायिक रूपमा पिज्जाको डो बनाउने, सस तथा टोपिङ तयार पार्ने सीप प्रदान गरिनेछ । चकलेट मेकिङमा विभिन्न प्रकारका आर्टिसन चकलेट बनाउने र डेकोरेसन गर्ने सीप प्रदान गरिनेछ भने फूड एन्ड बेभरेज सर्भिस अन्तर््गत रेस्टुरेन्ट तथा होटेलमा सर्भिस दिने र ग्राहक व्यवस्थापन गर्ने सीप प्रदान गरिनेछ । 
    त्यस्तै ओपल ग्लोबल स्किल्स एकेडेमीले केयरगिभिङ, नर्सिङ तयारी, ब्युटी र आईटी र बिजनेस सम्बन्धी रोजगारमूलक सीपहरू प्रदान गर्छ । केयरगिभर तथा एज्ड केयर अन्र्तगत वृद्धवृद्धा, बालबालिका तथा अशक्त व्यक्तिहरूको हेरचाह गर्ने व्यावसायिक सीप (जापान, अस्ट्रेलिया, युरोप जानेहरूका लागि उपयोगी) हुनेछन् । चाइल्ड केयरमा साना बालबालिकाको स्याहारसुसार र प्रारम्भिक बालविकास सम्बन्धी सीप प्रदान हुनेछ । ब्युटी तथा कस्मेटोलोजीमा मेकअप आर्टिसन र ब्युटिसियन सीप, नेल आर्ट, हेयर कटिङ, स्टाइलिस र केमिकल्सरकलर सम्बन्धी सीप प्रदान गरिनेछ । 
    आइल्यास एक्स्टेन्सन तथा माइक्रोब्लेडिङ, स्वास्थ्य र नर्सिङ तयारी तथा भाषा परीक्षा तयारी गराईनेछ । डेटा एनालिटिक्स र एकाउन्टिङ, डेटा एनालिटिक्स सीप, व्यावसायिक एकाउन्टिङ र सफ्टवेयर प्रयोग गर्ने सीप प्रदान गरिनेछ ।