2026 May 26/ 12:20: 57am

              धुलिखेल/नेकपा एमाले धुलिखेल नगर कमिटीले नेपाल कम्युनिष्ट पार्टी एमाले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३३ औँ स्मृति दिवस मनाएको छ । 
            काभ्रे भञ्याङ्गमा रहेको मदन भण्डारीको  शालिकमा माल्यापर्ण गर्दै मदन–आश्रितको राजनीतिक योगदान र विचारधाराका बारेमा चर्चा गरिएको थियो ।  धुलिखेल नगर कमिटी अध्यक्ष बिष्णु धितालको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी नेकपा एमाले केन्द्रिय सदस्य अशोक ब्यान्जु रहेका थिए । 
उक्त स्मृती कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष राजन भुर्तेल, उपाध्यक्ष देवसागर लामा, सचिब राजकुमार सापकोटा, वागमति प्रदेश सचिवालय सदय हरिशरण दाहाल, विभिन्न नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । 
           कार्यक्रमका प्रमुख अतिथी ब्याञ्जुले मदन भण्डारीले देखाएको जनमुखी राजनीति, राष्ट्रिय स्वाभिमान र लोकतान्त्रिक प्रतिबद्धता आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए । जिल्ला अध्यक्ष राजन भुर्तेलले मदन भण्डारीले प्रतिपादन गरेका सिद्धान्त, बिचार र आर्दशलाई पच्छयाउदै नेकपा एमालेलाई बलियो शक्तिका रुपमा स्थापित गर्ने त्यसको असल कार्यकर्ताको रुपमा हामि सधै रहिरहने प्रतिबद्धता ब्यक्त गरेका थिए । नेपालमा भण्डारीले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पु¥याउनको महत्व भुमिका खेल्नु भएको भुर्तेलले बताए । विक्रम संवत् २०५० जेठ ३ गते चितवनको दासढुंगामा सवारी दुर्घटनामा परेर मदन भण्डारी र जीवराज आश्रितको निधन भएको थियो । भण्डारीलाई एमालेले ‘जनताको बहुदलीय जनवाद’का प्रवर्तकका रूपमा सम्मान गर्दै आएको छ ।