2026 May 02/ 04:46: 22am

    बनेपा/नेपाल पत्रकार महासंघ काभ्रेपलान्चोक शाखाले आफ्नो स्थापना दिवसको अवसरमा सामाजिक कार्य गर्दै महर्षी मुद्गल सान्दिपनी गुरुकुलम्लाई खाद्यान्न सहयोग प्रदान गरेको छ । महासंघको ७१ औ स्थापना दिवसको अवसर पारी उक्त कार्यक्रम आयोजना गरिएको हो । 
    पनौती नगरपालिका वडा नं. ५ मा अवस्थित गुरुकुलमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष विनोद न्यौपानेको नेतृत्वमा उक्त सहयोग हस्तान्तरण गरिएको हो । कार्यक्रममा महासंघका पूर्व अध्यक्षहरू ईश्वरी ओझा, महेश पौडेल, नारायण सापकोटा, मोतीराम तिमल्सिना लगायतको उपस्थिति रहेको थियो ।
    त्यसैगरी प्रेस चौतारी नेपाल का अध्यक्ष केदार तिमल्सिना, पूर्व अध्यक्ष भुवन रायमाझी, नेपाल प्रेस युनियन का अध्यक्ष एवं महासंघका सचिव नगेन्द्र अधिकारी, उपाध्यक्ष कपिल कोईराला, कोषाध्यक्ष केशवराज पोडेल लगायत कार्यसमितिका सदस्य तथा अन्य क्रियाशील सञ्चारकर्मीहरूको पनि सहभागिता रहेको थियो ।
    कार्यक्रममा श्री बिन्ध्यवासिनी आध्यात्मिक प्रतिष्ठान श्रीखण्डपुरका गुरुकुल संयोजक रामप्रसाद तिमल्सिना र सञ्चालक बद्रीप्रसाद तिमल्सिना लगायतको उपस्थिति रहेको थियो । संस्थापक परमाध्यक्ष श्रोत्रिय ब्रह्मनिष्ठ अनन्त श्री विभूषित स्वामी श्रीनिःशेषानन्द महाराज को मार्गदर्शनमा सञ्चालन भइरहेको उक्त गुरुकुलमा अध्ययनरत विद्यार्थीहरूको सहयोगार्थ खाद्यान्न सामग्री उपलब्ध गराइएको महासंघले जनाएको छ । महासंघले स्थापना दिवसलाई केवल औपचारिक कार्यक्रममा सीमित नराखी सामाजिक सेवासँग जोड्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।