जिल्लामा ६ हजार ९ सय ८ कृषक परिवारले सरकारी अनुदान प्राप्त गरेका छन् । १२ हजार ३ सय ७९ परिवारले कृषि प्रयोजनमा विमा गरेका छन् । ३० हजार ७ सय ५६ कृषक परिवारले ऋण आवश्यकता भएको बताएका छन् । ९ हजार ६ सय २९ परिवारले कृषि प्रयोजनका लागि बैंकबाट ऋण प्राप्त गरेका छन् । जिल्लामा कुल ९१ हजार ४ सय २८ घर परिवार छन् ।
मोतीराम तिमल्सिना
धुलिखेल
नेपालका प्रत्येक स्थानीय तहको कृषि संरचना, गतिविधि तथा कृषि उत्पादन सम्बन्धी विवरण संकलनका लागि राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय कृषि गणना २०७८ संचालन गरेको थियो । नेपालमा यस्तो कृषि गणना पहिलो पटक २०१८ सालमा भएको थियो । प्रत्येक दश–दश वर्षमा कृषि गणना हुँदै आएको छ । पछिल्लो कृषि गणना २०७८ यही क्रमको सातौं गणना हो । २०७८ सालको यो कृषि गणनाले नेपालको इतिहासमा ६० वर्षको अवधि पुरा गरी संघीय ढाँचा अनुसारका स्थानीय तहसम्मका कृषि सम्बन्धी तथ्याङ्कहरु उपलब्ध गराएको छ ।
गणनामा कृषकले चलन गरेको जग्गाको आकार (नाप), जग्गाको उपभोग र उपयोग बाली, बाली लागेको क्षेत्रफल र उत्पादन, सिँचाइको विवरण, कृषि सामग्री र औजारको उपयोग, पाल्तु पन्छीको संख्या, सहायक कृषि क्रियाकलाप सम्बन्धी विवरण, कृषि कार्यमा संलग्न जनशक्ति, कृषिवन, कृषि ऋण, वीमा, अनुदान, कृषि कार्यमा जलवायु परिवर्तनको प्रभाव, कृषिमा हरित गृह÷टनेल पद्दतिको प्रयोग, माटो परिक्षण, कृषि बजारको पहुँच, फोहरको व्यवस्थापन जस्ता विविध विषयहरुमा तथ्याङ्क संकलन गरी विषयहरु सम्बन्धी महत्वपूर्ण नतिजा प्रकाशित गरेको थियो । जिल्लामा बृहत्त कृषि महोत्सवको आयोजना भईरहेका बखत सर्वसाधारणहरुका लागि र सरोकारवाला निकायहरुका लागि समेत जानकारी दिने उद्देश्यले हामीले तथ्याङ्क कार्यालयले सार्वजनिक गरेका कृषि र पशुपालनका केहि तथ्याङ्कहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्काे गरेका छौं ।
जिल्लामा कुल ९१ हजार ४ सय २८ घर परिवार छन् । जसमध्ये ६९ हजार ९ सय ४१ घर परिवार कृषि पेशामा संलग्न छन् । जसबाट ३५ हजार ३ सय ५७ हेक्टर जमिन कृषकहरुले चलन गरेका छन् । १ लाख ९५ हजार १ सय ९३ कित्ता जमिन कृषिमा रहँदा औषत कित्ता संख्या २.८ रहेको छ । जसमा ७ हजार ७ सय १४ हेक्टर मात्रै सिंचाई भएको छ । राष्ट्रिय कृषिगणना २०७८ अनुसार जिल्लामा रहेका कृषक ६९ हजार ९ सय ४१ घर परिवार मध्ये ५८ हजार १ सय ९६ घर परिवार पशुपालनमा संलग्न छन् । पशुपालनमा सबैभन्दा बढी २७ हजार ७ सय २२ कृषक परिवारले ५८ हजार ५ सय ५ वटा राँगा र भैंसी पालेका छन् । २५ हजार ८ सय ४ कृषकहरुले ५४ हजार ५ सय १६ वटा गाई र गोरु पालेका छन् । ३५ हजार ९ सय ९९ कृषक परिवारले कुखरा पालिरहेका छन् । स्थानीय तह अन्तरगत पनौती नगरपालिका पशुपन्छी पालनमा अग्रस्थानमा रहेको छ । पनौतीमा मात्रै ३ हजार ९ जना कृषक परिवारले ६ हजार ९ सय ५ वटा राँगा भैसी र २ हजार ५ सय २० कृषक परिवारले १ लाख ६६ हजार कुखुरा पालेका छन् ।
जिल्लामा सबैभन्दा बढी खाद्यान्न बाली २९,३३८.७ हेक्टरमा लगाएका छन् । कन्दमुल बाली ५८१४ हेक्टर, तेल बालि ५६७५ हेक्टर, तरकारी बाली ३४०३ हेक्टर, कोसे दाल बाली ३०५४ हेक्टर अन्य अस्थायी बाली १४५६ हेक्टरमा लगाईएको छ । जिल्लामा मुख्य अस्थायी बालीहरुमा धान ६६१७.५ हेक्टर, मकै १७६१८ हेक्टर, कोदो २१६२ हेक्टर, गहुँ १५६३.८ हेक्टर, जौ ७०४.४ हेक्टर र फापर ६२३.२ हेक्टरमा खेती गरिएको देखिएको छ ।
जिल्लामा ५००३४ कृषक परिवारले स्थायी बाली बगैंचाको रुपमा २४७७.२ हेक्टरमा, छरिएको बोट संख्या फल लाग्ने उमेरका २६८९९८ र फल नलाग्ने उमेरका १४५३३५ विरुवा लगाएका छन् । बगैंचाको रुपमा स्थायी बाली लगाएको फल नलाग्ने उमेरका १७७०.६ हेक्टर तथा फल लाग्ने उमेरका ७०६.६ हेक्टरले जिल्लामा स्थायी बालीको खेती बढदै गएको छ । जिल्लामा बगंैचाको रुपमा लगाईएको स्थायी बालीको क्षेत्रफल, बोट संख्या, छरिएर रहेको बोट संख्या फल लाग्ने र फल नलाग्ने उमेरका स्थानीय तह अनुसारको विवरण तथा मुख्य स्थायी बाली सुन्तला, जुनार, कागती, आँप, केरा र स्याउको बगैचाको रुपमा लगाइएको क्षेत्रफल, बोट संख्या तथा छरिएका बोट संख्या र खेती गर्ने कृषक परिवार संख्या समेत गणनामा समावेश गरिएको छ ।
जिल्लामा कृषि सामाग्री, बीउविजन, विषदी, मल तथा कृषि सामाग्रीहरुको मुख्य बालीहरुमा प्रयोग गर्ने कृषकहरुको परिवार थोरै छ । स्थानीय जातका विउविजन प्रयोग गर्ने कृषक परिवार १२ हजार १ सय २१, उन्नत जातको विउ विजन प्रयोग गर्ने कृषक परिवार ४ हजार ६ सय ६५ र हाईव्रिड प्रयोग गर्ने १३ हजार ६ सय ६९ परिवार छन् । कृषकहरु मध्ये १४ हजार ३ सय ८८ परिवारले किटनाशक विषादी प्रयोग गर्छन भने स्थानीय जैविक मल प्रयोग गर्ने कृषकहरुको परिवार ४ हजार ४ सय ३५ रहेको छ । खनिज तथा रासायनिक मल प्रयोग गर्ने कृषक परिवारको संख्या २ हजार ८ सय ४७ र दुबै प्रयोग गर्ने कृषकहरुको संख्या २२ हजार ९ सय ७४ रहेको छ ।
कृषि औजार तथा साधन प्रयोग गरेका कृषक परिवारको संख्या धेरै भएको छ । ११ हजार ८ सय ६५ परिवारमा फलामे हलो, २९ हजार ७ सय ६३ घर परिवारमा पावर ट्रिलर तथा मिनी ट्रिलर, १० हजार २ सय ६ घर परिवारमा ट्रयाक्टर र ४ हजार ९ सय ४६ घर परिवारमा थ्रेसर रहेको छ । कृषि औजार तथा साधन प्रयोग गर्ने कृषकहरुको संख्या बढिरहेको छ । कृषिमा स्थायी कामदार, अस्थायी कामदार, पर्ममार ठेक्कामा लगाईएको कामदारहरु पनि छन् । २ सय ३ घर परिवारले कामदार प्रयोग गरेर कृषि गरिरहेका छन् । जसमा ३ सय ५१ जना स्थायी कामदार छन् । पुरुष २ सय २५ र महिला १ सय २६ जना रहेका छन् । अस्थायी कामदार प्रयोग गरेर खेती गर्ने कृषक परिवारको संख्या ४७ हजार ४ सय ९२ रहेको छ । जिल्लामा जम्मा ६ हजार ९ सय ८ कृषक परिवारले सरकारी अनुदान प्राप्त गरेका छन् । १२ हजार ३ सय ७९ परिवारले कृषि प्रयोजनमा विमा गरेका छन् । ३० हजार ७ सय ५६ कृषक परिवारले ऋण आवश्यकता भएको बताएका छन् । ९ हजार ६ सय २९ परिवारले कृषि प्रयोजनका लागि बैंकबाट ऋण प्राप्त गरेका छन् ।









