पनौती/ पनौतीमा रहेको सुन्दरबस्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औ बार्षिकोत्सव नगरपालिका प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । अध्यक्ष प्रमिला खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
सभामा बोल्दै नगर प्रमुख भण्डारीले सहकारीलाई सबै सदस्यहरुको विश्वासयोग्य बनाउन नागरिकहरुले बचत, ऋण र शेयर पुँजीको अवस्था हेरेर सचालक, लेखा समिति तथा त्यसको पृष्ठभूमी हेरेर मात्रै कारोवार गर्न सदस्यहरुलाई अनुरोध गर्नु भयो । पुर्व उप सचिव हरि बशिस्ठले सबै सहकारीहरु उस्तै हुन् कि भन्ने भ्रम फैलाउन लागेका केहि तत्वहरुका कारण सबै सहकारी संकटमा परेको बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, सहकारीकर्मीहरु, शेयर सदस्यहरुको सहभागिता रहेको थियो । सभामा उत्कृष्ट बचतकर्ताहरु हिरामाया तामाङ, रोशनी श्रेष्ठ, हरिमाया श्रेष्ठ, भिमसेन थापा, लक्ष्मी श्रेष्ठ, शोभालक्ष्मी कर्माचार्यलाई सम्मान गरिएको थियो ।
त्यस्तै उत्कृष्ट कर्मचारी सरिता सापकोटा र भगवती श्रेष्ठ सम्मानित भए भने उत्कृष्ट ऋणी प्रेमबहादुर श्रेष्ठ, रेखा गौतम लगायतलाई सम्मान गरिएको थियो । प्रवन्धक रोशन चौलागाईका अनुसार सहकारीले चुक्ता पुँजी २ करोड ४ लाख ३० हजार अन्र्तगत २० करोड ६६ लाख ८८ हजार बचत गरी २५ करोड ६५ लाख लगानी गरेको बताउनु भयो । सहकारीले शेयर सदस्यहरुको जीवन समृद्ध बनाउन विभिन्न कार्यक्रमहरु संचालन गरिएको अध्यक्ष प्रमिला खड्काले बताउनु भयो ।









