बनेपा/ धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिको २२ औ वार्षिक साधारण सभा धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्यान्जुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
प्रमुख अतिथी ब्यान्जुले धुलिखेल नगरलाई स्वच्छ खानेपानी वितरण गरिएको वताउनु भयो । काभ्रे एकिकृत खानेपानीको काम अन्तिम चरणमा पुगेको र पानी बनेपा पनौती नगरपालिकामा आईसकेको र धुलिखेलमा कनेक्सनको काम शुरु गरिएको बताउनु भयो । धुलिखेल नगरपालिकाका जनताहरुलाई १ घर १ धारा वितरण गर्ने अभियान अन्तिम चरणमा पुगेको बताउनु भयो । एकिकृत खानेपानीले नछोएको ठाँउमा अन्य मुहानको संरक्षण र डिपबोरिङ मार्फत खानेपानी नगरबासीलाई खुवाउदै आएको ब्यान्जुले बताउनु भयो । नगरमा खानेपानी सगै विकासका कामहरु तिब्र गतिले सञ्चालन भएको र एकिकृत खानेपानि सगै एकिकृत फोहोर ब्यबस्थापन, करिडोर जस्ता योजना शुरु गरिएको ब्यान्जुले बताउनु भयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, एसपि चक्रराज जोशी, धुलिखेल नगरपालिका उप प्रमुख निरञ्जन जंगम, नगरपालिकाका संस्थापक नगर प्रमुख बेल प्रसाद श्रेष्ठ, धुलिखेल उद्योग वाणिज्य सघंका अध्यक्ष मन्जु कोजु, वडा नम्बर ३ का वडा अध्यक्ष गणेश आचार्य, वडा नम्बर ७ का वडा अध्यक्ष रोमी ब्यान्जु नेकपा एमाले धुलिखेल नगरकमीटी अध्यक्ष दयाराम महत लगाएतले शुभकामना राख्नु भएको थियो ।
सभामा समितिको वार्षिक प्रतिबेदन सचिब श्याम दर्शन गणेजु, आर्थिक प्रतिबेदन कोषाध्यक्ष प्रभात कुमार श्रेष्ठले सभामा राख्नु भएको थियो । सभामा ३ हजार ३ सय २९ सदस्य रहेका छन् भने कुल आय २ करोड १५ लाख ६ हजार रहेको छ भने ब्यय तर्फ १ करोड ९३ लाख ८१ हजार ६ सय रहेको जनाएको छ । समितिका अध्यक्ष तथा कार्यक्रमका सभापति कृष्ण भुषण खोजू श्रेष्ठले समितिले कार्यक्रम तथा योजनाहरु बनाउँदा समितिको विद्यानको परिधी भित्र रहि अगाडी बढाएको वताउनु भयो ।









