2026 August 24/ 07:17: 22am

बनेपा / संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहजिकरणमा बनेपा नगरपालिकामा नगरका जनप्रतिनिधीहरु तथा शाखा प्रमुखहरुलाई  विपद् जोखिम व्यवस्थापन सम्बन्धी दुइ दिने तालिम सम्पन्न भएको छ । 
तालिमको उद्घाटन नगर प्रमुख शान्ति रत्न शाक्यले गर्नु भएको थियो । नगरप्रमुख शान्ति रत्न शाक्यले नगरपालिका  पुर्व तयारी अबस्थामा रहि विपद ब्यबस्थापनमा लाग्ने बताउनु भयो । विपद ब्यबस्थापनका लागी कोषको स्थापना, ऐन निमार्ण लगाएतका कामहरुलाई अगाडी बढाउने शाक्यले बताउनु भयो । विपद भनेको थाहा दिएर आउदैन त्यसैले नगरपालिकाले विपद ब्यबस्थापनमा पुर्व तायरी गरिरहेको नगर प्रमुख शाक्यले बताउनु भयो । कार्यक्रममा उप प्रमुख विमला सापकोटाले कोरना, भुकम्प, बाढिपहिरो जस्ता ठुला विपदलाई सामना गर्दे आएको बताउनु भयो । यि सबै विपद अकास्मत आएकाले हामिले विपद ब्यबस्थापनको पुर्व तयारी अबस्थामा रहनु पर्ने सापकोटाले बताउनु भयो । विपद जोखिम न्युनिकरण तथा ब्यबस्थापनका लागी ऐनको ब्यबस्था, कोष स्थापना तथा सञ्चालन कार्यविधि, स्थानिय स्तरमा विपद सम्बन्धि नियमित बैठक, आपतकालिन खोज उद्धार र राहत सामाग्री तायरी अबस्थामा राख्नु पर्ने उप प्रमुख सापकोटाले बताउनु भयो । तालिममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, शाखा प्रमुखहरुको सहभागिता रहेको थियो । कार्यत्रमको उदेश्यका बारेमा राष्ट्रिय विपद जोखिम न्यनिकरण तथा ब्यबस्थापन प्राधिकरणका  उप कार्यकारी निर्देशक डा. गणेश कुमार जिजीले गर्नु भएको थियो । तालिमको सहजिकरण उप सचिब  चित्राङ्ग बराल, राष्ट्रिय विपद जोखिम न्यनिकरण तथा ब्यबस्थापन प्राधिकरण काठमाडौका श्याम लामा र यादब नेपालले गर्नु भएको थियो । तालिम शनिबार र आईतबार नगरपालिकामा सञ्चालन भएको थियो ।