आर्थिक वर्ष २०७९/८०को वार्षिक बजेट १ अर्व ५५ करोड २४ लाख
बनेपा÷ बनेपा नगगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८०का लागी १ अर्व ५५ करोड २४ लाखको बजेट सार्वजानीक गरेको छ ।
नगरपालिकाको १० औ नगर अधिबेशनमा नगर प्रमुख शान्तिरत्न शाक्यले निति तथा कार्यक्रम र बजेट तथा आर्थिक बिद्येय उप प्रमुख विमला सापकोटाले प्रस्तुत गर्नु भएको थियो । नगरपालिकाको आन्तिरक आय ३३ करोड, वागमती प्रदेश, संघिय सरकार बाट गरी कुल बजेट १ अर्व ५५ करोड २४ लाख रुपँयाको बजेट ल्याएको हो ।
नगरले बनेपा नगरपालिकाको स्वामित्वमा रहेको बसपार्कमा नगर विकास कोषस“गको लागत सहभागितामा बहुतले सवारी पार्किङ स्थल ९ःगतिष्क्तयचभथ एबचपष्लन० निर्माण गरी पार्किङ व्यवस्थापन सहित आय अभिवृद्धि गर्ने, आन्तरिक आयको दीगो अभिवृद्धिका लागि नगरपालिकाको स्वामित्वमा रहेका सम्पति बहालमा वा लिजमा दिने,नीतिलाई व्यवहारिक र प्रभावकारी बनाई कार्यान्वयन गरीने,कर, शुल्क तथा आन्तरिक आयलाई प्रभावकारी बनाउन उद्योग बाणीज्य संघ, सहकारी संस्था तथा अन्य सरोकारवाला व्यावसायिक क्षेत्रसंगको सहकार्यलाई अझ प्रभावकारी बनाइने जनाएको छ ।
अरनिको राजमार्गका तीनदोबाटो र चारदोबाटो लगायतका व्यस्त क्षेत्रमा आकाशेपुल निर्माणका लागि सम्बन्धित निकायमा पहल गरीने र ट्राफिक लाईटको ब्यबस्थापन गरिने जनाएको छ । हाम्रो विद्यालय हाम्रो सपना भन्ने आदर्श वाक्य पुरा गर्न नगर क्षेत्रभित्रका चार वटा आधारभूत तथा माध्यमिक विद्यालयलाई
नमूना विद्यालयका ?पमा विकास गर्न आवश्यक प्रबन्ध मिलाइने, बाल तथा मातृ मृत्युदर न्यूनीकरणका लागि उपयुक्त बर्थिङ सेन्टर स्थापना र सञ्चालन लगायतका कार्यक्रमहरु विस्तार गरीने छ । बनेपा नगरपालिकाभित्र स्थायी बसोबास भएका व्यक्तिहरुका लागि सञ्चालित मोतीबिन्दुको निःशुल्क शल्यक्रियाका लागि रेयुकाइ आ“खा अस्पतालस“ग भएको सहकार्यलाई निरन्तरता दिइने , बनेपामा रहेको ब्लड बैंकको सेवालाई सरल र अत्याधुनिक सुविधा सम्पन्न गर्न तथा नगरबासीहरुले सुलभ दरमा रगत प्राप्त गर्ने वातावरण मिलाउन आवश्यक पहल गरीने छ । महिलालाई स्तन तथा पाठेघरको क्यान्सरबाट जोगाउन जनचेतनामूलक कार्यक्रम र उपचारात्मक विधिलाई प्रश्रय जेष्ठ नागरीकहरुका अनुभव साटासाट गर्ने र फुर्सदको समय व्यतित गर्ने प्रयोजनका लागि जेष्ठ नागरीक आराम तथा
भेटघाट गृह निर्माण गर्ने कार्यक्रम बनाई कार्यान्वयन आरम्भ गरीने छ ।
बनेपा नगर क्षेत्रभित्रका नगरकोट,बासुकी पार्क, गोशाइस्थान, चप्लेटी, लामागाउ“, मगर गाउ“,आशापुरी, नागीडा“डा, का“शी भञ्ज्या·, खावा गुठी जस्ता स्थलह?लाई जोड्ने ट्रेकिङ्ग रुट निर्माण, पिकनिक स्पट विकास र होमस्टे सञ्चालन जस्ता
कार्यक्रम मार्फत बनेपामा आन्तरिक तथा बाह्य पर्यटन आगमनको दर अभिवृद्धिका लागि सम्बद्ध निकायहरुस“गको समन्वयमा आवश्यक कार्यक्रम ल्याइने छ । पुरातात्विक तथा ऐतिहासिक मठमन्दिर, देवायलय, गुम्बा आदिको संरक्षण, सम्बर्धन र प्रचार प्रसारका लागि उपयुक्त कार्यक्रम तर्जुमा गरीने छ । योजना छनौट गर्दा पर्यटकीय पूर्वाधारका कार्यक्रमलाई विशेष प्राथमिकता दिइनेछ हाम्रो रहर सफा शहर, भन्ने नारालाई व्यापक रुपमा प्रचार प्रसार गरी आफूले उत्पादन गरेको फोहोर आफ्रनै घर आ“गन भित्रै व्यवस्थापन गर्न उत्प्रेरित गर्ने कार्यक्रम तत्कालै बाट कार्यान्वयनमा ल्याइने छ । सार्वजनिक स्थानमा फोहोर निस्कासन कार्यको अनुगमन गरी जथाभावी फोहोर विसर्जन गर्ने व्यक्तिलाई कडा कानूनी कारवाही हुने व्यवस्था मिलाइने छ । जैविक र अजैविक फोहोर श्रोतमै (घरघरमै) वर्गीकरण गरी घरायसी जैविक फोहोर व्यवस्थापनका लागि गड्यौला
खेती, कौशी खेती र फोहरबाट मल बनाउने प्रविधिको अनुशिक्षण र अभ्यासका लागि आवश्यक उपकरण सहयोग गर्ने वातावरण मिलाइने छ । आफ्नो घर पसल वा उद्योगबाट उत्पादित फोहोर निस्कासन गर्नु परेमा नगरपालिकाले निर्धारण गरेको मापदण्ड अनुरुप वर्गीकरण गरी निर्धारित विधि र समयमा मात्र निस्कासन गर्ने प्रणाली निर्माण गरीने र हरेक वडामा वडा भित्रको फोहोर संकलन केन्द्र स्थापना गर्ने वातावरण मिलाउने जनाएको छ । फोहोर प्रशोधन केन्द्र निर्माणका लागि पूर्वाधार तयार गर्न आवश्यक प्रबन्ध मिलाइने छ । साथै फोहोर ब्यवस्थापनमा आधुनिक प्रविधि स्थापना गर्न आवश्यक कार्ययोजना निर्माण गरीनेछ ।
वस्ती विकासका लागि जग्गा विकास गर्दा अनिवार्य रुपमा नगरपालिका संग अनुमति लिनु पर्नेछ । अनुमति विना विकास गरीएका जग्गाह?मा घरहरुको नक्सापास नगरीने नीतिलाई निरन्तरता दिई प्रभावकारी कार्यान्वयनको वातावरण मिलाइने छ । जग्गा विकास गरीएका जग्गामा विकास शुल्क लिईनेछ । जग्गा विकास कार्यक्रम मार्फत व्यवस्थित बस्ती विकासको नीति लिइनेछ । नेपाल सरकारको नीति अनुसार गुठी जग्गा व्यवस्थापन गर्ने नीति लिइने छ । नगरपालिकाको पूर्व स्वीकृति लिई बाटो कायम भई घर भवन निर्माण भई सकेका तर लगत कट्टा नभएका बाटाहरुको लगत कट्टाका लागि सम्बन्धित निकायसंग समन्वय गरीने छ ।
भूमीहिन तथा सुकुम्बासीहरुको व्यवस्थापनका लागि नेपाल सरकारले अगाडी सारेका कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने वातावरण मिलाइने छ । नगर क्षेत्रभित्रका सबै जग्गाह?को डिजिटल नापीका लागि सम्बन्धित निकायमा पहल गरीने छ । बनेपा नगरपालिकाका लागि पा“चवर्षे गुरुयोजना तर्जुमा गरी कार्यान्वयनको वातावरण मिलाइने छ । नगरपालिकाका योजना तथा कार्यक्रमहरु तर्जुमा र कार्यान्वयनमा परामर्श दिन विज्ञ समूह गठन गरीपुण्यमाता करिडोर निर्माणको कार्यलाई निरन्तरता दिन उपयुक्त वातावरण बनाइने छ । साथै चण्डेश्वरी, चसी खोला,का“ध खोला लगायतका नगरभित्रका आवश्यकता पहिचान गरीएका खोलाको दा“याबा“या किनारमा हरित बेल्ट सहित करिडोर निर्माणका लागि अध्ययन गरी कार्यान्वयनको वातावरण मिलाइने नगर प्रमुख शान्ति रत्न शाक्यले बताउनु भयो । हामि निर्वाचित भएपछि बनेपा डुबान नहुने गरी काम गरेको, सडक बत्तीलाई प्राथमिकता दिईएको, सरसफाईलाई प्राथमिकतामा राखी काम गरेको शाक्यले बताउनु भयो ।









