सामुहिक ब्रतबन्ध सम्पन्न
बनेपा/बनेपामा रहेको शाक्य परिवारहरुको संस्था दिपंकर भगवान बुद्धका २ वटा भवनको उद्घाटन बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादेले गर्नु भएको छ ।
वादेले सबै धर्म र जातको परम्परा जोगाउनु नै अहिलेको मुख्य चुनौती रहेको बताउनु भयो । धर्म सबैले मान्छन तर धर्म र सँस्कृति आ–आफ्नो भएकाले सबै धर्म समान रहेकाले समाजमा पनि सोहि अनुसारको सस्कृति र परम्परा चलेको बताउनु भयो । बनेपा नगरपालिका अहिले बृहत भएको छ सागाँ नाला, बास्ंडोल, नाला साविक बनेपा का आ आफ्नौ महत्व र मन्दिर रहेकाले सबैले आफ्नो परम्परा अनुसार मानेको बताउनु भयो । साविक बनेपामा ८ वटा गणेश मन्दिर, ८ वटा ढुङ्गे धारा, ८ वटा ईनार, ८ वटा डबली र ८ वटा ढोका, ८ वटा पोखरी रहेकाले छुट्टै महत्व रहेको बताउनु भयो । नगरपालिकाले भौतिक विकास सगै धर्म संस्कृति को समेत जर्गेना गर्दे अहिले पुरानै शैलिमा पुन निमार्ण गरिएको बताउनु भयो । कार्यक्रमका विशेष अतिथी बनेपा नगरपालिका उप प्रमुख रेखा सापकोटा दाहालले निर्वाचनका समयमा गरेका प्रतिबद्धताहरु पुरा गरेको बताउनु भयो । विना विवाद रहित र हामिले हाम्रो कार्यकाल सम्पन्न लागीरहेका छौ उपप्रमुख दाहालले भन्नु भयो । नगर बासी, जनप्रतिनिधी, उपभोक्ता समितीहरु सहयोगले धेरै विकासका काम सम्पन्न गरेका छौ भने बनेपा नगरलाई किशोरी मैत्री नगरपालिका घोषणको अन्तिम तयारीमा रहेको दाहालले बताउनु भयो । कार्यक्रममा बनेपा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेतीले नगरपालिकाले दिएको अनुदानको सहि सदुपयो भएको र सबै बुद्धका अनुयायी भएकाले सोहि अनुसार गर्न शुभकामना दिनु भएको थियो । बनेपा नगरपालिकाका वडा नम्बर ७ का वडा अध्यक्ष तथा संघका अध्यक्ष वर्ण शाक्यले शाक्य परिवारहरुको भवन निर्माण सम्पन्न गरेको बताउनु भयो । २०७४ साल माघ ८ गते शिल्यान्य भएको भवन २०७८ माघमा सम्पन्न भएको बताउनु भयो । आफुले निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार काम पुरा गरेको बताउनुभयो । सडक ढल, मन्दिर गुठी भवन विद्यालय, खानेपानि लगाएतका भौतिक निमार्ण सम्पन्नको चरणमा रहेको बताउनु भयो । ७ नम्बर वडामा अब १ किलोमिटर मात्रै बाटो पिच बाकी रहेकाले यहि आर्थिक वर्ष भित्र सम्पन्न हुने बताउनु भयो । शाक्यले बनेपा नगरपालिका भित्र शाक्य परिवारका १०० घरपरिवार रहेको, उक्त परिवार प्रत्येक वर्ष भेला भई सामुहिक ब्रतबन्ध ५÷५ वर्षमा गर्ने, भोज गर्ने, आफ्नो रितिरिवाज अनुसारको पुजा विधी गर्दे आएको बताउनु भयो । उक्त भवन निमार्ण बन्नु मात्रै नभई यसको संरक्षण गर्न चुनौती रहेकाले हाम्रो पुस्ताहरुलाई समेत बताउदै जानु पर्ने बताउनु भयो । कार्यक्रममा शाक्यले यस वर्ष शाक्य परिवारका २५ जना बटुकहरुको सामुहीक चुडाकर्म गरिएको बताउनु भयो । शाक्यले समाजमा विद्यमान विकृति, विसंगति, तडकभडक न्यूनीकरण गर्ने उद्देश्यले संघले सामूहिक ब्रतबन्ध र सामूहिक भोजको आयोजना गरेको बताउनुभयो । शाक्य परिवारभित्र कसैले एकल भोज गरेमा संघले कारवाही गर्ने समेत चुडाकर्म संघका अध्यक्ष वर्ण शाक्यले बताउनुभयो । संघको आर्थिक प्रतिवेदन सघंका कोषाध्यक्ष सुमेश शाक्यले राख्नु भएको थियो । नगरपालिका बाट २ वटा भवनका लागी ३८ लाख प्राप्त भएको र शाक्य परिवार तथा विभिन्न सघं सस्थाबाट ६६ लाख प्राप्त भएको बताउनु भयो ।
कार्यक्रममा नगरपालिकाका वडा अध्यक्षहरु, नेकपा एमाले बनेपा नगरकमिटी अध्यक्ष रत्नकुश रञ्जित, नेपाली काग्रेसका सभापति महेश कर्मचार्य तथा शाक्य परिवारका सदस्यहरुको सहभागिता रहेको थियो ।









