2026 August 22/ 04:59: 38pm

    धुलिखेल/धुलिखेल अस्पतालले नसर्ने रोगहरु मध्ये मधुमेह रोगका बारेमा गरिरहेको अध्ययन र अनुसन्धानका बारेमा जानकारी गराएको छ । नर्सहरुले अगुवाई गरी नर्सहरुकै नियमित रेखदेखमा मधुमेहका विरामीहरुको उपचार सहज गराउने उद्देश्यले धुलिखेल अस्पतालले उक्त कार्यक्रमलाई विश्व मधुमेह एशोसिएसनको सहयोगमा कार्यक्रम संचालन गरिरहेको थियो । २०१८ फ्रेबुअरीमा शुरु भएको कार्यक्रमको समीक्षा र त्यसका भोगाईहरुको अनुभव आदान प्रदान गरिएको थियो । 
    स्वास्थ्य सेवा विभागका प्रमुख डा. फडिन्द्रप्रसाद बरालले नेपालमा सर्ने भन्दा नसर्ने रोगहरुका कारण नागरिकहरुको स्वास्थ्य दिनानुदिन विग्रदै गएकाले त्यसको रोकथामका लागि धुलिखेल अस्पतालले शुरु गरेको अभियान महत्वपूर्ण रहेको बताउनु भयो । उक्त अभियानलाई सार्थक र सफल बनाउन नेपाल सरकारले मातहतका निकाय तथा तीन तहका सरकारसँग समन्वय गर्ने डा. फडिन्द्र प्रसाद बरारले बताउनु भयो । ब्यक्तिको उपचारका लागि डाक्टर र नर्सहरुको समन्वय र सहकार्य सँगसँगै हुन सकेको अवस्थामा मात्रै ब्यक्ति स्वस्थ बन्ने र नर्सहरुको भूमिकामा बृद्धी हुने उहाँको भनाई थियो । अस्पतालका डा. विराज कर्माचार्यले समग्र अभियान र त्यसले पारेको प्रभावका बारेमा जानकारी गराउनु भएको थियो । मधुमेहले शरिरका विभिन्न अगहरुमा विस्तारै पु¥याएको असरका बारेमा कर्माचार्यले सबै नागरिकहरु सचेत हुन नियमित परिक्षणमा जोड दिनु भयो । 
    कार्यक्तममा डा. आभा श्रेष्ठले नेपालमा नसर्ने रोगहरु मध्ये मधुमेह पाँचौ नम्वरमा पर्ने भएकाले त्यसलाई न्यूनिकरण गर्न सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताउनु भयो । धुलिखेल अस्पतालले शुरु गरेको उक्त कार्यक्रमले जनचेतना फैलाउन, रोगको पहिचान र परिक्षणमा सहज भएको डा. आभा श्रेष्ठले बताउनु भयो । कार्यक्रमका बारेमा रविना श्रेष्ठ, रवि बज्राचार्य र सुविना मानन्धरले भएका अभ्यास र अनुभव बताउनु भएको थियो । बनेपा, पनौती र धुलिखेलका स्थानीय सरकारसँगको समन्वयमा समुदायमा भएका मधुमेह रोगका विरामीहरु र उनिहरुलाई नियमित गरिएको उपचारका बारेमा सोहि अवसरमा जानकारी गराईएको थियो । ७ हजार ८ सय ब्यक्तिहरुको परिक्षण गर्दा ७ सय ८५ जना ब्यक्तिहरुमा मधुमेह देखा परेको सोहि अवसरमा जानकारी गराईएको थियो । अभियानमा सहभागिहरुलाई प्रत्यक्ष तथा फोन र एसएमएस मार्फत नियमित परिक्षणमा राखिएको रविना श्रेष्ठले जानकारी दिनुभयो । 
    कार्यक्रममा मधुमेह रोग विशेषज्ञ डा. बुद्दबहादुर कार्की, नर्स इश्वरी खनाल, बनेपा नगरपालिका स्वास्थ्य शाखा प्रमुख शम्भुकुमार महत्तो, डा. डिना श्रेष्ठ, पत्रकार महासंघ काभ्रे शाखाका निवर्तनमा अध्यक्ष मोतीराम तिमल्सिना लगायतले अभियान सफल राम्रो भएकाले अझै प्रभावकारी बनाउन सबै पक्षको समन्वय र सहकार्य रहनु पर्ने बताउनु भयो ।