2026 August 21/ 12:54: 06pm

ललितपूर, ८ असोज शिक्षाका विभिन्न मुद्धाहरुमा केन्द्रित रहेर नेपालमा भोलि देखि २ दिने अन्तराष्ट्रिय सम्मेलन शुरु हुदैछ । असोज ९ र १० गते संचालन हुने बाहौ बिनियल सम्मेलन (12th Biennial Conference), Comparative Education Society of Asia (CESA) र काठमाण्डौ विश्वविद्यालयले आयोजना गरेका हुन् । उक्त सम्मलेनमा नेपाल लगायत अन्य १८ देशहरुबाट शिक्षा क्षेत्रमा करिब २०० वटा अनुसन्धानमुलक कार्यपत्र प्रस्तुत गर्नेछन् । "शिक्षामा विविधताको मूल्य: विभिन्न संस्कृतीहरु बिच औपचारिक र अनौपचारिक शिक्षा” विषयक उक्त सम्मेलनमा शिक्षाका दर्शन र संस्कृतिहरु, एसियामा शिक्षाका नयाा अभ्यासहरु, पाठ्यक्रम विकास, शिक्षा प्रणालीका वित्तिय संरचना, विद्यालय शासन, शिक्षामा असमान पहुाच र सहभागिता, सिकाई प्रविधिको प्रयोग, शिक्षा र दिगो विकास, शिक्षा र बजार, कोभिड १९ले निम्ताएका शिक्षामा चुनौतिहरु, आजीवन शिक्षा, शिक्षामा राजनितिक समाजिकीकरण जस्ता विषयहरुमा छलफल हुनेछ । यस सम्मलेलनमा नेपाल र नेपाल बाहिरका करिब ३ सय जना सहभागीहरु रहने आयोजकले बताएका छन् ।