2026 July 24/ 05:21: 08pm

            बनेपा/सुर्यविनायक नगरपालिकाको आयोजनामा भएको नगरस्तरीय तेक्वान्दो प्रतियोगितामा बनेपा नगरपालिका प्रथम भएको छ । 
जसमा बनेपा नगरपालिकाले ६ वटा स्वर्ण पदक, २ वटा रजत र १ वटा कास्य पदक हासिल गरी प्रथम भएको हो । प्रतियोगितामा बनेपा लगायत दर्जन भन्दा बढी नगरपालिकाको सहभागिता रहेको थियो । प्रतियोगितालाई बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य उप–प्रमुख विमला सापकोटा प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाई, आईटिएफ तेक्वान्दो एकेडेमीका उपाध्यक्ष तथा टिम मेनेजर नरेशराज कायस्थ लगायतले खेलाडीहरुलाई बधाई तथा शुभकामना प्रदान गरेका थिए । आयोजक सुर्यविनायक नगरपालिकाले खेलाडीहरुले ट्रफि तथा प्रमाणपत्र वितरण प्रदान गरेको थियो । प्रतियोगितामा उत्कृष्ट खेलाडीहरु साजन तामाङ, पुर्णिका कार्की, विराज घिसिङ, निरक ठकुरी, कञ्चन रायमाझी, कौशल आलेमगर र रमेश मोक्तानले विभिन्न पदक जितेको टिम मेनेजर नरेशराज कायस्थले बताए ।