2026 July 25/ 10:07: 43pm

         बनेपा/लायन्स क्लब अफ काभ्रेको ४७ औ वार्षिक साधारण सभा बाट लायन वर्ष २०२४÷२०२५ का लागि लायन ईश्वर महाजुको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ । 
           लायन सरिता पलाञ्चोके निवर्तमान अध्यक्ष, लायन सुरज श्रेष्ठ प्रथम उपाध्यक्ष, लायन निर्मला ताम्राकार बैदार द्धितिय उपाध्यक्ष, लायन सरोज तिमल्सिना तृतिय उपाध्यक्ष, लायन दिब्यश्वरी लाखे पोते श्रेष्ठ चौथो उपाध्यक्ष, लायन जयन्द्र बादे श्रेष्ठ सचिब, लायन विकास पन्त कोषाध्यक्ष, लायन राजेश्वरी श्रेष्ठ सह सचिब, लायन दुर्गा रञ्जीतककार सह कोषाध्यक्ष, लायन राजेन्द्र कोङ्गा श्रेष्ठ टेमर, लायन कृष्ण लाल श्रेष्ठ टेल टिवष्टर, लायन कौशलराज खड्का पिआरओ, सुरेशभक्त भोछिभोया लियो क्लब एड्भाइजर रहेका छन् । 
           क्लबले विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको छ । क्लबले प्रत्येक हप्ता मुटु परिक्षण क्लिनिक सञ्चालन, रक्तदान, स्टेश्नरी वितरण, सरसफाई कार्यक्रमहरु गर्दै आएको लायन ईश्वर महाजुले बताए । सामाजिक कार्यहरु आगामी दिनमा समेत निरन्तरता दिने महाजुले बताए ।