ललितपुर/सञ्चारकर्मीद्वय मधुसुदन गुरागाई र नवराज बजगाई सम्मानित भएका छन । ललितपुरमा आयोजित नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको साधारण सभामा बागमती प्रदेश सभाकी उप–सभामुख अप्सरा चापागाईले बजगाईलाई सम्मान गरेकी हुन ।
नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको ५ औं वार्षिक साधारण सभा, नेपाल डेरी एसोसिएसन काठमाडौं जिल्ला समितिको दोश्रो र ललितपुर दुग्ध व्यवसायी समितिको १०औं वार्षिक सााधारणको अवसरमा बजगाईलाई सम्मान गरिएको हो । पत्रकारिताको माध्यमबाट समाज परिवर्तनमा योगदान पु-याएबापत संचारकर्मीद्वयलाई सम्मान गरिएको नेपाल डेरी एसोसियसन बागमती प्रदेशका अध्यक्ष टिकाप्रसाद घिमिरेले जानकारी दिए । कार्यक्रममा उप–सभामुख चापागाई, नेपाल डेरी एसोसियसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहाल, दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र कुमार यादव, डेरी एसोसिएसनका पुर्व अध्यक्ष सुमित केडियालगाएतले दोसल्ला र सम्मान पत्र प्रदान गरेका थिए ।









