2026 July 27/ 05:22: 51pm

बल्थली/पनौती नगरपालिका वडा नम्बर ११ बल्थलीमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरिएको छ । 
शुभ दिपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसर पारेर वडा कार्यालयले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा पुर्वमन्त्री एवं काभ्रे क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गोकुल बास्कोटाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै सांसद बास्कोटाले चाडपर्वले सकारात्मक सोचको विकास गर्दै एकतावद्ध हुन सघाउने विश्वास लिएका छन । कार्यक्रममा पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी, उप–प्रमुख गीता बञ्जारा, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य, शिक्षा शाखा प्रमुख प्रणराज न्यौपानेको उपस्थिती रहेको थियो । यस्तै नेकपा एमालेका नेता एवं पुर्व जिविस सदस्य कुमार थापा, नेकपा एमाले पनौती नगर कमिटी अध्यक्ष सुरेश हुमागाँई, नेपाली कांग्रेस वडा सभापति पुरुषोत्तम हुमागाँई, नेकपा एमाले वडा कमिटी अध्यक्ष नवराज थापा, माओवादी केन्द्रका केशव हुमागाई, राप्रपाका रामहरी थापा, रेडक्रस उपशाखा बल्थलीका सभापति मुकुन्द अर्याल, विभिन्न विद्यालयका प्रधानाध्यापक, संघ संस्थाका प्रमुख एवं प्रतिनिधि र वडावासीको उपस्थिती रहेको थियो । लड्केश्वर आधारभुत विद्यालय कोलभञ्ज्याङमा भएको कार्यक्रममा पनौती नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष विपिन लामाको सभापतित्व रहेको थियो ।