2026 July 26/ 05:57: 31pm

बनेपा/उग्रतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २० औ वार्षिक साधारण सभा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
संस्थाका अध्यक्ष पुर्ण पलाञ्चोकेको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रम सञ्चालन सञ्चालक सदस्य दिब्यश्वरी लाखे पोटेले गर्नु भएको थियो । संस्थाको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन सचिव दियेशरत्न शाक्यले आर्थिक प्रतिबेदन कोषाध्यक्ष लक्ष्मीलाल राजभण्डारीले र लेखा तथा सुपरिबेक्षण समितीको प्रतिबेदन संयोजक शान्तिराज कायस्थले सभामा प्रस्तुत गर्नु भएको थियो । संस्थाको शेयर पँुजीं ५ करोड २६ लाख ६१ हजार, कुल निक्षेप ७६ करोड ४८ लाख ५१ हजार, कुल आम्दानी ११ करोड ७७ लाख ७३ हजार, ऋण लगानी ७२ करोड ८९ लाख ६२ हजार रहेको जनाएको छ । कार्यक्रममा संस्थामा आबद्ध ८० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई नगद ५ हजार, उत्कृष्ट ऋणी, बचत कर्ता, शेयर सदस्यहरुलाई सहित सम्मान गरेको थियो । संस्थाले विभिन्न सामाजिक कार्यहरु गर्दे सदस्यलाई आत्मनिर्भर बनाउने सिपमुलक तालिम प्रदान गर्दे आएको संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्ण भक्त थापाले जानकारी दिनु भयो ।