2026 July 26/ 08:22: 29pm

    बनेपा/पतंजली योग समितिद्वारा बनेपा नगरपालिका ३ नं. वडा नाला स्थित ठूलाचौर योग साधना केन्द्रमा १२ दिने योग उप–शिक्षक तालिमको आयोजना गरिएको छ । तालिमको उद्धघाटन पतंजली योग समिति बाग्मती प्रदेश प्रमुख ग्रोविन तौजलले गर्नुभएको थियो । ५० जना योग साधक साधिकाले भाग लिईरहनुभएको उक्त कार्यक्रममा पतंजली योग समिति बाग्मती प्रदेश सदस्य दमन कुमार श्रेष्ठ, पतंजली योग समिति काभ्रेका का.व. अध्यक्ष प्रकाश कायष्ठ, महिला समितिका अध्यक्ष अनु श्रेष्ठ, युवा नेपाल काभ्रेका अध्यक्ष रमेश श्रेष्ठ, महामन्त्रीद्वय मोहन कृष्ण श्रेष्ठ र कमला राजभण्डारी, संगठन मन्त्री श्याम श्रेष्ठ, महिला कोषाध्यक्ष निर्मला श्रेष्ठ र सदस्य द्धय जानकी कारञ्जीत र सुन्दर प्रसाद कारञ्जितले शुभकामना मन्तव्य राख्नुभएको थियो । 
त्यसैगरी सिन्धुपाल्चोक जिल्लाको बाह्रविसेमा पनि पतंजली योग समिति काभ्रेद्वारा ३ दिने योग शिविरको आयोजना गरिएको थियो । बाह्रबिसे नगरपालिकाको आयोजना तथा पतंजली योग समिति सिन्धुपाल्चोकको संयोजकत्वमा बाग्मती प्रदेश प्रुमख ग्रोविन तौजलेको अग्रसरतामा भएको उक्त योग शिविरमा बाह्रविसे नगरवासीहरुको उल्लेखनिय उपस्थिति रहेको थियो । शिविरको उद्घाटन बाह्रविसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेतले गर्नुभएको थियो र शिक्षक तालिमको उद्घाटन बाह्रविसे नगरपालिकाका उप–प्रमुख मन्जु तामाङ्गले गर्नुभएको थियो । शिविर तथा सह–योग शिक्षक तालिमको संचालन तथा व्यवस्थापन महिला पतंजली योग समिति सिन्धुपाल्चोकका अध्यक्ष कविता रावतले गर्नुभएको थियो भने उक्त शिक्षक तालिममा काभ्रेका योग प्रशिक्षकहरुबाट तालिम प्रदान गरिएको थियो ।