2026 July 28/ 01:14: 12am

    पनौती/सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. पनौती ४, टौखालको कुशादेवी सेवा केन्द्रले पनौती नगरपालिकासंँगको समन्वय र भेटेरिनरी अस्पताल एवं पशु सेवा विज्ञ केन्द्र धुलिखेलको प्राविधिक सहयोगमा पशु वस्तु (गाई तथा भैसीहरु) माहामारीको रुपमा देखिएको लम्पि स्किन रोग सम्वन्धि अभिमुखिकरण कार्यक्रम संस्थाको कुशादेवी सेवा केन्द्रका ब्यवस्थापन उप समिति संयोजक चित्रबहादुर थापाको सभापतित्वमा पनौती नगर उप–प्रमुख गीता बन्जाराको  प्रमुख आतिथ्यता तथा पनौती नगरपालिका वडा नम्वर २ का वडाध्यक्ष पुरुषोत्तम अधिकारी र वडा नम्वर ३ वडा अध्यक्ष विष्णुप्रसाद सापकोटाको आतिथ्यतामा सम्पन्न भएको थियो । 
    भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्राविधिकले कृषकहरुलाई लम्पी स्किन रोगको विशेष गरि गाईमा देखिएको छ । पनौती नगरपालिका पशुपंक्षी शाखाका प्रमुख लिलानाथ सापकोटाले पनौती नगरपालिका भित्र हाल सम्म २१८५ पशुमा संक्रमण र १७३ पशु वस्तुको क्षतीभएको साथै नगरले रोग नियन्त्रणका लागि दिन रात खोप अभियान साथै उपचार र रोकथामका लागि तिब्र रुपमा कार्य गरिरहेको जानकारी गराउँदै संक्रमणमा कमि हुँदै गएको बताए । अभिमुखिकरण कार्यक्रममा कुशादेवी क्षेत्रका १ सय ७० जना पशुपालक कृषक सदस्यहरुको उपस्थिति रहेको थियो ।