रवि/साना किसान कृषि सहकारी संस्था लि को १४ औ वार्षिक साधारण सभा प्रदेश सभासद लक्ष्मण लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रममा संस्थाको आ.व २०७४÷०७५ को वार्षिक आय १ करोड ९ लाख, शेयर पुजीं ६० लाख ८० हजार, खर्च ९६ लाख २७ हजार रहेको जानकारी गराईएको थियो भने सहकारीको नाफा १० लाख ७८ हजार रहेको सभामा पेश गरिएको थियो । कार्यक्रममा मल ब्यबस्थापन विषेशज्ञ डा. गोविन्द पोखरेल, धुलिखेल नगरपालिकाका उप प्रमुख विमला शर्मा, सेतिबेदी दुग्ध उत्पादक सहकारी संस्था लि का अध्यक्ष चर्तुभुज तिमल्सिना लगाएतका ब्यक्तिहरुले सहकारीका बारेमा मन्तब्य राखेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष देवप्रसाद कोईरालाको सभापतित्वमा सम्पन्न भएको थियो ।









