2026 May 01/ 05:31: 25pm

    बनेपा/मिलिनियम क्याम्पस तथा काभ्रे हेल्थ ट्रेनिङ्ग इन्ष्टिच्युट बनेपाले विजयादशमी तथा शुभ दिपावलीको अवसर पारी शुभकामना आदान प्रदान तथा नयाँ विद्यार्थीलाई स्वागत गरेको छ । 
    क्याम्पस प्रमुख विश्वनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका निमित्त प्रमुख नन्दराज अवस्थी प्रमुख अतिथी थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी अवस्थीले काभ्रे हेल्थ ट्रेनिङ्ग इन्ष्टिच्युटले प्राविधिक शिक्षामा पु¥याएको योगदानको चर्चा गरेका थिए । विगत लामो समय देखि काभ्रे हेल्थले सिएमए र अनमी विषयमा अध्यापन गराउँदै आएको छ । मिलिनियम एकेडेमी २०५६ साल देखि संचालनमा आएको छ । डाँडापारी र विकट क्षेत्रका विद्यार्थीहरुलाई सेवा पु¥याउँदै आएको मिलिनियममा गुणस्तरीय शिक्षा प्रदान हुँदै आएको छ । 
    कार्यक्रममा विशेष अतिथी नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतिराम तिमल्सिनाले विद्यार्थीहरुको अध्ययन गर्ने बानी हराउँदै गएकाले अध्ययन गर्ने खालको कक्षाहरुको विकास गर्न, कुलतमा लाग्ने बाटो बदल्न र विद्यार्थीहरुलाई ड्रप आउट हुनबाट रोक्नु पर्ने बताए । वडा अध्यक्ष वर्ण शाक्य, बनेपा नगरपालिका शिक्षा शाखा प्रमुख शिवराज त्रिपाठी, धुलिखेल शिक्षा शाखा प्रमुख रामशरण बजगाई, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सन्तमान तामाङ, युवा बचतका सचिव उदयराम कायश्थ, विन्धबासिनी माविका प्रअ डिल्लीराम भट्टराई लगायतले मन्तब्य राखेका थिए । सहायक क्याम्पस प्रमुख राजेन्द्र भण्डारीको स्वागत मन्तब्य राखेको कार्यक्रमको संचालन दिपक घिमीरेले गरेका थिए ।